वीरगंज । प्रतिनिधिसभा विघटनको विरोधमा रहेका विपक्षी दलहरुले विघटनविरुद्ध सर्वोच्च अदातलमा रिट दर्ताको तयारी गरेका छन्।नेपाली कांग्रेस, माओवादी केन्द्र लगायत विपक्षी गठवन्धमा रहेका पाँच दलले रिट दर्ताका लागि सांसदहरुको हस्तक्षर र नागरिकताको प्रमाणपत्र संकलन गरेका गरेका छन्।
संविधानको धारा ७६ को उपधारा ५ अनुसार सरकार गठनका लागि सांसद शेरबहादुर देउवाको समर्थन गरेका १ सय ४९ जना सांसदको नागरिकता र हस्ताक्षर गरिएको नेताहरुको भनाइ छ।
रिट दर्ताका लागि आज विपक्षी नेता देउवालाई समर्थन गर्ने सांसदहरु सर्वोच्च जाने तयारी भएको नेताहरूले बताएका छन्। आइतबार रीट निवेदन लेख्ने, सांसदहरुको नागरिकता, परिचयपत्र र हस्ताक्षर जुटाउने लगायतका कामले गर्दा नभ्याइएको रीट आज अदालत खुल्नासाथ पेश हुने जनाइएको छ।