बिरगंज ।संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध मोर्चाबन्दी गरेका विपक्षी दलहरू अदालत जानेका भएका छन् ।प्रधानमन्त्री ओलीको कदमविरुद्ध विपक्षी दलहरू नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्ष, जनता समाजवादी पार्टी नेपालको (उपेन्द्र यादव–बाबुराम भट्टराई) पक्ष र राष्ट्रिय जनमोर्चाले मोर्चाबन्दी गरेका हुन् ।
प्रधानमन्त्री र राष्ट्रपतिको संसद विघटनको कदमबाट मुलुक नयाँ राजनीतिक ध्रुवीकरण र जटिलतातर्फ धकेलिएको निष्कर्ष विपक्षी गठबन्धनले निकालेको छ । संसद विघटनविरुद्ध कानुनी उपचार खोज्दै उनीहरूले आइतबार (भोलि) सर्वोच्च अदालत जाने तयारी गरेका छन् ।
विपक्षी गठबन्धनको शनिबार संसद भवन नयाँ बानेश्वरमा बसेको संयुक्त बैठकले असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी कार्यका विरुद्ध एक भई प्रतिवाद गर्ने निर्णय गरेको छ । उनीहरूले संसद विघटनविरुद्ध राजनीतिक र कानुनी प्रतिवाद गर्ने निर्णय गरेको हो ।