वीरगञ्ज । शुक्रबार नारायणीमा गरिएको परिक्षणमा थप १ सय जनामा कोरोनाभाइरस अर्थात कोभिड-१९ सङ्क्रमण पुष्टि भएको छ ।
अस्पतालस्थित प्रयोशालमा विभिन्न स्थानबाट आएका २ सय ८८ जनाको थ्रोट स्वाबको नमुनालाई पिसिआर प्रविधिबाट परिक्षण गर्दा ४१ महिलासहित थप १ सय जनामा सङ्क्रमण पुष्टि भएको हो ।
अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दास अनुसार सङ्क्रमण पुष्टि हुनेमा पर्साका सबैभन्दा धेरै ७५ जना रहेका छन् । त्यस्तै बाराका १६, रौतहटका ५, सर्लाहीका ३ र धनगढीका १ जना रहेका छन् ।
विगत केहि दिनदेखि पर्सामा घट्न थालेको सङ्क्रमित थपिने दर शुक्रबार बढेको हो ।