वीरगंज | सरकारले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष प्रतिनिधिसभा विघटनको सिफारिस गरेको छ। मध्यरातमा बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधसभा विघटनको सिफारिससँगै मध्यावधि निर्वाचनको घोषणा समेत गरेको हो।
संविधानको धारा ७६(५) बमोजिम राष्ट्रपतिले सरकार गठन गर्न आह्वान गरेकोमा प्रधानमन्त्री पदमा वहालवाला प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दाबी प्रस्तुत गरेका थिए। तर, राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै उम्मेदवारको दाबी नपुगेको ठहर गरेपछि लगत्तै बसकेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा विघटनको सिफारिस गर्ने निर्णय गरेको हो।
प्रतिनिधिसभा विघटनसँगै सरकारले मध्यावधि निर्वाचनको मिति समेत तय गरेको छ। सरकारले कार्तिक २६ र मंसिर ३ गते निर्वाचन गराउन सिफारिस गरेको हो।