• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    भदौ २ कोशी पीडितको कालो दिन, ११ वर्ष बित्दा पनि राहतको पर्खाइ

  • वीरगंज संजाल
  • Aug 19, 2019, 5:01 pm
  • ५३५१

    सुनसरी : नेपालको सबैभन्दा ठूलो नदी सप्तकोशी नदीको पूर्वी तटबन्ध फुटेको सोमबार (आज) ११ वर्ष पूरा भएको छ।  विनाशकारी बाढी आएको र करोडौँको धनजन क्षति भएको घटना अझै पनि पीडितले सम्झिरहेका छन्।

    विसं २०६५ भदौ २ गते १३ बजेर २६ मिनेट जाँदा आजैका दिन कोशीनदीको पूर्वी तटबन्धको मूल फुटेर गाउँमा पानी पस्दा सुनसरीको तत्कालीन पश्चिम कुशाहा, श्रीपुरजब्दी र हरिपुर गाविस पूर्णरुपमा तथा लौकही गाविस आंशिकरुपमा प्रभावित भएका थिए।

    घटना सम्झँदै त्रसित हुने स्थानीयवासीको जनजीविका घटना भएको ११ वर्ष बितिसक्दासमेत पूर्वअवस्थामा फर्कन सकेको छैन। सुनसरीको साविक पश्चिम कुशाहा गाविस–४ स्थित कोशी नदीको पूर्वी तटबन्धकोे स्पर नम्बर १२ दशमलव १० तथा स्पर नम्बर नम्बर १२ दशमलव ९० बीचमा पानीको धक्काले फुटेर विनाशकारी बाढी गाउँमा पसेपछि त्यहाँका स्थानीय विस्थापित भएका थिए।

    कोशीको भङ्गालो गाउँमा पसेकाले ७ हजार ५६३ परिवारका ४२ हजार ७६५ जना स्थानीय विस्थापित भएको दिन भदौ २ गते ११ वर्ष पूरा भएको छ। तर विस्थापित भएका कोशीपीडितको जनजीविका अझै पूर्वावस्थामा फर्कन नसकेर अधुरै छ। बाढीबाट क्षति भएको जग्गा अहिलेसम्म पूर्ण अवस्थामा आउन नसकेको तथा सरकारले घोषणा गरेको राहत पूर्णरुपमा समेत पाउन नसकेको गुनासो स्थानीयवासीको छ।

    यो दिनलाई कोशी बाढीपीडितले कालो दिनका रुपमा लिँदै आएका छन्। अहिले पनि कोशीमा पानी बढेको हल्ला सुन्दा उनीहरुलाई त्रास उत्पन्न हुने गरेको छ। सुनसरीको कोशी बाढीपीडितको राहत, क्षतिपू्र्ति तथा पुनःस्थापनाका विषयमा २०६५ पुस १ गते तत्कालीन गृहमन्त्री र पीडितपक्षसंँग वार्ताको भएको थियो। त्यही वार्ताका आधारमा उपप्रधानमन्त्रीस्तरीय पुस २२ गतेको निर्णयबाट सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा एक एकाइ गठन गरेको थियो।

    त्यसको केही समयपछि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले देशवासीको नाममा सम्बोधन गर्ने क्रममा कोशी बाढीपीडितको समस्या समाधानका लागि एक उच्चस्तरीय कार्यदल गठन गर्ने गरेको प्रतिबद्धताअनुसार विसं २०६५ फागुन २२ गते मन्त्रिपरिषद्को निर्णयबाट तत्कालीन सभासद् नन्दनकुमार दत्तको संयोजकत्वमा २० सदस्यीय कोशी बाढीपीडित व्यवस्थापन उच्चस्तरीय कार्यदल गठन गरेको थियो।

    सो कार्यदलले यर्थात् प्रतिवेदन तयार पारेर सरकारलाई बुझाएको ११ वर्ष बित्दासमेत कार्यदलको प्रतिवेदन पूर्णरुपमा कार्यान्वन नभएको बाढीपीडितको गुनासो छ। कार्यदलको उक्त प्रतिवेदनले रातो, पहेँलो र हरियो भनी वर्गीकरण गरिएको छ।

    यसरी रातो क्षेत्रमा पर्ने पीडित परिवारमध्येबाट जग्गा सुधार कार्यका लागि ट्र्याक्टर खरीद गर्न चाहनेलाई निरब्याजी ऋण उपलब्ध गराउने, विभिन्न बैंक तथा वित्तीय संस्थाबाट बाँध फुट्नुअघि पीडितले लिएको सम्पूर्ण ऋण मिनाहा गर्ने, बाढीपीडित परिवारलाई मुलुकभर निःशुल्क स्वास्थ्योपचारको व्यवस्था तीन वर्षका लागि उपलब्ध गराउने, वैदेशिक तथा स्वदेशिक रोजगारीमा बाढीपीडित परिवारका बेरोजगार युवायुवतीलाई प्राथमिकता दिइने उल्लेख छ।

    यसैगरी वैदेशिक रोजगारीमा सरकारी कोटा उपलब्ध गराई निःशुल्करुपमा पठाउने व्यवस्था मिलाउने, बाँध फुटाउने (तारजाली झिक्ने, ढुङ्गा निकाल्ने) व्यक्तिको बाढीपीडित संघर्ष समितिको सहयोगमा पहिचान गरी दोषीउपर कारवाहीको प्रक्रिया अगाडि बढाउने, बाढीपीडित परिवारका विद्यार्थीलाई तीन वर्षका लागि नेपालभर सरकारी तथा गैरसरकारी विद्यालय तथा क्याम्पसमा निःशुल्क अध्ययन तथा पाठ्यपुस्तकको व्यवस्था गर्ने, बाढीपीडित क्षेत्रको सम्पूर्ण क्षतिपूर्ति तथा राहत नेपाल सरकारले यथाशीघ्र निर्णय गरी बाढीपीडितलाई उपलब्ध गराउने, बाढीपीडित क्षेत्रमा भएका जग्गामा जग्गा सुधार कार्यक्रमका साथै सतह सिँचाइको व्यवस्था प्राथमिकताका साथ गर्ने, बाढीका कारण कतिपय उद्योगधन्दा, व्यवसाय र पशुपालन व्यवसायमा क्षति भएकामा सोको यथार्थ मूल्यांकन गरी क्षतिपूर्ति उपलब्ध गराउनेलगायतका विषयवस्तु प्रतिवेदनमा उल्लेख गरिए पनि अहिलेसम्म आंशिकरुपमा मात्रै पूरा भएको जनाएको छ।

    सिफारिशमा सहायता उपलब्ध हुनुपर्ने तथा सो घटनाको छानबिन गरी दोषी माथि कारवाही गर्नुपर्ने उल्लेख थियो। तर, को थियो दोषी न त छानबिन भएको छ, न त कसैलाई कारवाही नै भएको छ। यसरी सरकारको निर्णय नै पूर्णरुपमा कार्यान्वयन भएको छैन भने अर्काेतिर नियमितरुपमा उब्जाउ हुने खेतमा बालुवा नै बालुवा भएको र भंगालोले खण्डखण्ड र खाल्डो परेकाले ११ वर्षदेखि अधिकांश कृषकले पूर्णरुपमा खेतीपाती गर्न पाएको छैन।

    फाट्टफुट्टरुपमा कोशी कटानका कारण बगरमा परवल खेती गरे पनि अहिलेसम्म त्यो क्षेत्रमा अन्य बाली उब्जाउ हुन नसकेको र आफूहरुले पाउने राहतसमेत पाउन नसकेको कोशीपीडित संघर्ष समितिका पूर्वध्यक्ष पञ्चनारायाण मण्डलले गुनासो गरे। एघार वर्ष अगाडि कोशी भत्किँदा विस्थापित र पीडित बनेका पुनःस्थापित भएपछि उनीहरुको दैनिक दिनचर्यामा विस्तारै सुधार हुँदै गएको देखिन्छ।

    कोशी कटान विस्थापित भएको दुई वर्षपछि सुकुम्बासीदेखि जग्गा भएका बाढीपीडित विसं २०६७ साउन सम्ममा पुनःस्थापित भएको थियो। विस्थापित भएका कोशी पीडितमध्ये केही विस्थापित भएको चार महीनादेखि दुई वर्षसम्ममा सुकुम्बासीदेखि जग्गा भएकासमेत पुनःस्थापित भए तर, बगाएको घर, जग्गा र सम्पत्ति पुनःस्थापित हुन नसकेको स्थानीय टङ्कनाथ झाले बताए। कोशी बाढीपीडितले अझै पनि आफूहरुले पूर्ण राहतको महशुस गर्न नसकेको गुनासो गरिरहेका छन्।

    सुनसरीको कोशी बाढीपीडितको अवस्था ११ वर्ष बित्दासमेत पारिवारिक अवस्था दयनीय रहेको छ। एघार वर्ष अगाडि कोशी भत्किँदा विस्थापित र पीडित बनेका पुनःस्थापित भए पनि दैनिक दिनचर्यामा खासै सुधार देखिएको छैन। सरकारले कोशीपीडितका लागि ११ वर्षको अवधिमा २ अर्बभन्दा बढी खर्च गरिएको अवस्था छ। तर, त्यसको प्रभावकारी अनुगमन नगरिएकाले कोशीपीडित सन्तुष्ट नभएको पाइएको छ।

    सरकारले कृषि, शिक्षा, स्वास्थ्य, पशु, आवास, पुनःस्थापना, पुनर्वास र राहतलगायतको शीर्षक गरेर सहयोग गरेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ। विभिन्न शीर्षकमा राहत वितरण गरेको भए पनि प्रभावकारी अनुगमन नभएका कारणले केही कोशीपीडित करोडपतिसमेत बनेका छन् भने केही अझै राहतको पर्खाईमा बसेका छन्। केहीले भने विराटनगर, इटहरी, इनरुवा र शहरी क्षेत्रमा घरजग्गा जोडेका छन्।

    कति बाढीपीडित अझै पनि एकछाक खाएपछि अर्को छाक टार्न समस्यामा रहेका छन्। कतिले छोराछोरी पढाउने कुरा त परैको कुरा भएको गुनासो गरिरहेका छन्। केहीले पढाउन नसकेर १४ वर्षदेखि २० वर्षमुनिका छोराछोरीलाई राजधानी काठमाडौँ तथा विभिन्न शहर र भारतको शहरमा कमाउन र रोजगारीमा पठाएको स्थानीवासी अशोक मेहताले बताए। त्यसैले कोशी बाढीपीडितसँगको सम्झौता तत्काल कार्यान्वयन गर्नु जरुरी देखिन्छ। अहिले मुलुकभर नै वर्षा र बाढीको त्रासका कारणले जनजीवन प्रभावित बनेको छ।

    लगातारको वर्षाका कारणले देशभरकै जनजीवन प्रभावित बनेका बेला सुनसरीका पूर्वबाढीपीडित अझैसम्म राहतको प्रतिक्षामा रहेका छन्। घर जग्गा हुनेले त घर पुनःनिर्माण गर्न सरकारको राहतको ३० क्युबी काठ र २० हजार रुपैयाँ पनि पाए तर जो सुकुम्बासी बाढीपीडित ती सुविधाबाट बञ्चितठ र २० हजार रुपैयाँ पनि पाए तर जो सुकुम्बासी बाढीपीडित ती सुविधाबाट बञ्चित रहेका छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने
  • आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट
  • वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन
  • मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    आसिफको शतक र गुल्शनको अर्धशतकमा नेपालको बलियो योगफल

    गुल्मीमा जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु

    मधेशमा कृषि र इन्जिनियरिङ क्याम्पस सञ्चालनको तयारी: शिक्षामन्त्री पोखरेल

    लायन्स क्लब अफ बिरगंज मेट्रो सिटीद्धारा भोटेकोशी-त्रिशुली बाढीका मृतकप्रति श्रद्धाञ्जली सभा सम्पन्न ।

    सीएमए संघको २३औं वार्षिकोत्सवमा रक्तदान, १ महिला सहित २८ जनाले गरे रक्तदान

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    News

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    News

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    News

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    News

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑