• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    नेपालका केही संक्रमितमा भेटियो आँखा बिगार्ने ‘कालो ढुसी’(ब्लैक फंगस)

  • वीरगंज संजाल
  • ६ जेष्ठ २०७८, बिहीबार ०८:१३
  • ३७६५

    वीरगञ्जका । वैशाखको तेस्रो साता वीरगञ्जका ६७ वर्षीय पुरुष स्वासप्रश्वासको समस्या लिएर एक निजी अस्पतालमा भर्ना भए । एन्टिजेन परीक्षण गर्दा कोरोना संक्रमण देखियो । मधुमेहका बिरामीसमेत भएकाले चिकित्सकहरुले तत्काल आईसीयूमा राखेर उपचार थाले । तर संक्रमितको अवस्थामा सुधार आएन ।

    अस्पताल भर्ना भएको सातौं दिन उनको देब्रे आँखा एक्कासी सुनिएको जस्तो देखियो । सुगरको मात्रा पनि ह्वात्तै बढ्यो । आँखा दुःख्ने, सुनिने हुँदाहुँदै रगत जस्तो तरल पदार्थ आउन थाल्यो । उपचारकै क्रममा १० औं दिनमा उनको मृत्यु भयो ।

    ‘कोभिडका बिरामीलाई प्रयोग गरिने सबै औषधि उनलाई दिएका थियौं, तर स्वास्थ्यमा सुधार आइरहेको थिएन,’ उपचारमा संलग्न चिकित्सक डा. उदयनारायण सिंहले भने, ‘सातौं दिनमा आँखा सुनिने, आँखाबाट रगतजस्तो तरल पदार्थ आउने भयो र अस्पताल भर्ना भएको १० औं दिनमा उनलाई गुमाउनुपर्‍यो ।’

    ‘रोग प्रतिरोधात्मक क्षमता कमजोर बन्दा अपरट्यूनिस्टिक इन्फेक्सन हुन गयो’ उनले अघि भने ।

    डा. सिंहका अनुसार मृतकमा देखिएको लक्षण ‘म्यूकर माइकोसिस’ रोगसँग शतप्रतिशत मिल्दो थियो ।

    म्यूकर माइकोसिसलाई फंगल इन्फेक्सन पनि भनिन्छ । निकै विरल देखिने यो सङ्क्रमण सामान्यतया माटो, बोटविरुवा, मल र कुहिएका फलफूल तथा तरकारीमा हुने म्युकोर भनिने ढुसीसँगको संसर्गबाट सर्ने गर्ने चिकित्सकहरू बताउँछन् ।

    पछिल्लो समय कोरोना महामारीले तहसनहस बनाएको भारतमा ‘कालो ढुसी’ भनिने एउटा दुर्लभ प्रकृतिको सङक्रमण कोभिड-१९ बाट निको भएका बिरामीहरूमा भेटिएका थिए ।महाराष्ट्रमा मात्र दुई हजारभन्दा धेरैमा यो समस्या देखिएको छ । मुम्बईस्थित ग्लोबल अस्पतालका डाक्टर मिलिण्ड नवालेखेले अलजाजिरालाई बताएअनुसार दैनिक २०/२५ बिरामी यही समस्या लिएर आउँछन् ।

    वीरगञ्जका ६७ वर्षीय पुरुष देखिएको संक्रमण ‘म्यूकर माइकोसिस’ हो वा होइन भन्ने पुष्टि हुन पाएन । ‘स्वास्थ्यमा सुधार आएपछि आँखामा देखा परेका फंगस जाँच गर्ने तयारी भइरहेको थियो,’ डा. सिंह भन्छन् ।

    वीरगञ्जस्थित नारायणी अस्पतालका जनरल फिजिसियन डा. निरज सिंह भने अरू बिरामीमा पनि यस्तो समस्या देखिएको बताउँछन् ।

    डा. सिंहका अनुसार कोरोना संक्रमण भएका बाराका एक व्यक्ति होम आइसोलेसनमा बसेका थिए । डा. सिंहकै सल्लाह अनुसार औषधि पनि सेवन गरिरहेका थिए । सुगरको मात्र धेरै बढेपछि डाक्टर सिंहलाई भेट्न आए । भन्छन्, ‘मुख बाङ्गो देखेपछि मैले म्यूकर माइकोसिस हो कि भनेर शंका गरेँ ।’

    म्यूकर माइकोसिसको आशंकामा अस्पतालमा भर्ना गरेर उपचार थालेका सिंहले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगै आग्रह गरेर औषधि मगाएका थिए । ‘औषधिले काम नगेपछि थप उपचारका लागि काठमाडौं पठाएँ’ नारायणी अस्पतालका डा. सिंह भन्छन्, ‘उपचारका क्रममा मृत्यु भएको खबर सुनें ।’

    उनका अनुसार अर्का व्यक्तिमा पनि त्यस्तै समस्या देखिएको थियो, तर परीक्षण गर्न नपाई मृत्यु भयो । एक व्यक्ति भने उपचारपछि सञ्चो भएर घर फर्किएको र अर्का एकलाई म्यूकर माइकोसिसको आशंकामा काठमाडौं रेफर गरेको उनले सुनाए ।

    डा. सिंहका अनुसार मधुमेह, क्यान्सर, किड्नी, स्टेरोइड औषधि प्रयोग गर्ने बिरामीमा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता कम हुने भएकाले अपरट्यूनिस्टिक इन्फेक्सन हुन्छ। जसले सुगर बढ्ने, सास फेर्न असहज हुने, आँखा सुनिने, दुख्ने, धमिलो देख्ने तथा आँखाबाट रगत जस्तो तरल पदार्थ बग्ने जस्तो लक्षण देखिन्छ ।

    यो म्यूकर माइकोसिस रोग हो । म्यूकर माइकोसिसका कारण आँखा सुनिने आँखा सुनिने, दुख्ने, धमिलो देख्ने तथा आँखाबाट रगत जस्तो तरल पदार्थ बग्ने भएका कारण समयमै उपचार नगर्दा आँखाको ज्योति नै गुम्ने खतरा रहेको उनी बताउँछन् ।

    मन्त्रालय भन्छ : खबर आएको छ, औषधि जोहो गर्दैछौं

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि कोरोना संक्रमितहरुमा म्यूकर माइकोसिस देखिएको पुष्टि गरे । ‘काठमाडौंमा पनि यस्ता बिरामी भेटिएको रिपोर्ट आएको भन्दै मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतम भन्छन्, ‘बिरामीलाई स्टेरोइड औषधि प्रयोग गर्दा फंगल इन्फेक्सन हुन्छ र यस्तो लक्षण देखिन्छ ।’

    म्यूकर माइकोसिस भएका बिरामीलाई कालाजारका बिरामीलाई दिइने औषधि चलाउनुपर्छ । ‘यो औषधि उपलब्ध गर्न अहिले गाह्रो छ’ मन्त्रालयका प्रवक्ता डा. गौतम भन्छन्, ‘मन्त्रालयले यो औषधिको जोहो गर्न लागि परेको छ ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन
  • दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन
  • आज आइतबारको राशिफल
  • जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    News

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    News

    आज आइतबारको राशिफल

    News

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    News

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑