• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्रथम मिस नेपाल रुबीको मनमा खड्किएको त्यो प्रश्न, जुन आजसम्म पनि रहस्य नै…

  • वीरगंज संजाल
  • ४ जेष्ठ २०७८, मंगलवार १४:२७
  • ५८७३

    वीरगंज । मिस नेपालको सुरुआत रुबी राणा शाहबाट भएको थियो । विस २०५१ (सन् १९९४)मा मिस नेपाल बनेकी रुबी नेपालकी प्रथम मिस नेपाल हुन् । मिस नेपालले यो लामो यात्रा तय गरिरहँदा आज मिस नेपालकी सुन्दरीहरु ‘मिस वल्र्ड’, ‘मिस युनिभर्स’जस्ता अन्तर्राष्ट्रिय प्लेटफमका कारण विश्वभरबाट माया र सम्मान पाउन थालेका छन् ।तर, रुबी राणाले सुरुगर्दा यात्रा त्यति सजिलो कहाँ थियो र ? त्यसैले त होला उनले आफ्नै देशबाट पनि सोचेको जस्तो माया र सम्मान पाउन नसकेको गुनासो गर्ने गरेकी छिन् ।

    हालै उनले २७ वर्ष अघिको आफूले भोग्नु परेको एउटा नमिठो घटना सेयर गरेकी छिन् । उनले आफ्नो सामाजिक सञ्जालमा मिस वल्र्ड १९९५ ऐश्वर्या राय बच्चन, नेपालका तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीसँगको आफ्नो एउटा फोटो सेयर गरेकी छिन् । यो फोटो उनले यतिकै सेयर गरेकी होइनन्, योसँग उनको २७ वर्षदेखि मनमै खड्किरहेको एउटा प्रश्न र नमिठो सम्झना जोडिएको छ । आजसम्म पनि बिर्सन नसकेको त्यो नमिठो सम्झनालाई रुबी यसरी शब्दमा वयान गर्छिन् “यो तस्बीर त्यति बेलाका सम्माननीय प्रधानमन्त्री मनमोहन अधिकारीज्यु, विश्व सुन्दरी र पेप्सीकोलाकी ब्रान्ड एम्बेसडर रहेकी ऐश्वर्य राय र म प्रथम सुन्दरी (रुबी राणा)को हो ।”

    त्यो दिन रुबी एकदमै खुशी थिइन । खुशी नहुन् पनि कसरी ? उनी ‘उकाली ओराली’ गीतकी गीतकार सुन्दर अनि आफ्नी प्यारी र सम्पूर्ण जनताकी प्रिय रानीलाई भेट्न जाँदै थिइन् । तर, जब उनी त्यहाँ पुगिन्, उनीप्रति देखाइएको व्यवहार र अर्काकी देशकी छोरीलाई काखा अनि आफूलाई पाखा गरेको त्यो व्यवहारले अघिसम्म हाँसिरहेको उनका आँखाबाट आसुका धारा बग्न थाले ।“त्यही दिन हाम्रो, म रुबी राणा शाह अनि विश्व सुन्दरी ऐश्वर्या रायको बडा महारानी ऐश्वर्य राज्य लक्ष्मी शाहसँगको दबारमा दर्शन भेटको कार्यक्रम तय भएको थियो । एकदमै खुशी लागेको थियो रानीसँग भेट्न र कुराकानी गर्न पाउने अपेक्षाले,” रुबी अगाडि थप्छिन्, “तर एक्कासी मलाई आयोजकबाट तिमी जानुपर्दैन रानीले विश्व सुन्दरीलाई मात्र दर्शन टक्राउने भनेपछि मनै खिन्न बनायो । म असमन्जसमा परेँ ! किन र ? यहि प्रश्न थियो मनमा । “खै ! थाहा भएन ।”

    किन होला आफ्नै देशको रानीलाई भेट्न नपाएको भन्ने उनको मनमा उब्जिएको प्रश्नको उत्तर उनले आजसम्म पनि पाएकी छैनन् । आफ्नै माइतीमा छोरीलाई प्रवेश निषेधाज्ञा गरे जस्तो हिन भावनाले उनलाई आफ्नो ताजको महत्व र चमक धमिलो लाग्न थालेको थियो ।बडामहारानीसँगको भेटपछि उनीहरुको भेट तत्कालीन प्रधानमन्त्री अधिकारी दम्पतीसँग थियो । त्यहीँबाट भारी मन गरेर उनीहरु बालुवाटारस्थित प्रधानमन्त्री निवासमा गए ।

    तर, प्रधानमन्त्री र उनकी श्रीमतीले गरेको आदर सत्कार र रमाइलो कुराकानीले उनको मन प्रफुल्लित भयो । “अभिभावक जस्तो व्यवहारले म आफूलाई छोरी जस्तो अनुभव हुन थाल्यो । उहाँले भन्नुभयो, हामी देशवासीहरु एकदमै खुशी छौं तिमीलाई नेपाल सुन्दरी देख्न पाउँदा । नेपालको यो प्रथम प्रयास हो । निरन्तरता जारी रहोस ।”यसरी २७ वर्षदेखि मनमा खड्किरहेको तीतो घटनालाई रुबी राणा शाहले सोमबार साँझ आफ्नो फेसबुक वालामा पोस्ट गरिन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन
  • दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन
  • आज आइतबारको राशिफल
  • जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    News

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    News

    आज आइतबारको राशिफल

    News

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    News

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑