अमेरिकामा उडन तस्तरीसँग जोडिएको एउटा घटना बाहिर आएको छ, जसले सबैलाई हैरान पनि बनाएको छ। यसको भिडियो निकै भाइरलसमेत भएको छ। जसमा अमेरिकी जहाज युएसएस ओमाहाबाट उडन तस्तरी देखिएको छ।गोलो आकारको यो वस्तुपछि समुद्रभित्र गएको छ। जहाजबाट उडन तस्तरी देख्ने अमेरिकी नौसेनका कर्मचारी रहेको जनाइएको छ। यो भिडियो रेकर्डिङ युएसएस ओमाहामा भएको क्यामराले कैद गरेको थियो। जुन जहाज सन् २०१९ मा सेन टियागोको किनारामा रहेको थियो।
भिडियोमा दुई क्रु मेम्बरले ओहो यो त समुुद्रमा गयो, यो उडन तस्तरी जस्तो देखिने वस्तु पहिले समुद्रमाथि नियन्त्रित उडान गर्दैछ, अनि फेरि पानीमा जान्छ र अचानक गायब हुन्छ । उक्त भिडियो इन्भेस्टिगेटिम फिल्म मेकर जेरेमी कार्बेलले गत शुक्रबार मिस्ट्री वायर्समा जारी गरेका थिए । उनले आफ्नो ट्वीटर एकाउण्टमा पनि यो भिडियो पोस्ट गरेका छन् ।
नौसेनाका पूर्व लेफ्टिनेन्ट रायन ग्रेब्सले यसलाई अज्ञात हवाई घटना बताएका छन् । यसले राष्ट्रिय सुरक्षामा खतरा हुनसक्ने पनि उनले बताएका छन्। ग्रेब्सले यसका बारेमा एउटा अन्तर्वार्ता पनि गरेका छन् जुन आइतबार अनएअर भएको छ ।ग्रेब्स तथा उनका सहकर्मीले सन् २०१५ तथा २०१७ मा सुरक्षित हवाई क्षेत्रमा उडन तस्तरी जस्तो वस्तु सयकडौं पटक देखिएको बताएका छन् । यसका साथै उनले यसै समयमा फ्लोरिडाको ज्याक्सनवालमा यसको रेकर्डिङ पनि गरेका छन् । उडन तस्तरीका कैयौं भिडियो बाहिर आएपछि यसको जाँचको मागसमेत भएको छ ।
सिनेटर मार्को रुबियो इन्टेलिजेन्स कमिटिको अध्यक्ष भएका बेला उनले यसबारेमा जाँच गर्नुपर्ने माग गरेका थिए। उनले राष्ट्रिय सुरक्षाका निर्देशकसँग पनि यसका बारेमा एउटा रिर्पोट तयार गर्न भनेका थिए । एक पूर्व सरकारी अधिकारीका अनुसार जुन चिज देखिएको बताइएको छ वास्तवमा त्यो उडन तस्तरी हो कि होइन साथै यो कहाँबाट आयो त्यो कुराको समेत ज्ञात छैन ।जुन भिडियो जारी भएको छ त्यसमा देखिएको दृष्य सन् २०१९ को हो जुन बेला युएसएस ओमाहा दक्षिणी क्यालिफोर्नियाको किनाराको प्रतिबन्धित स्थानमा थियो । तर, यो भिडियो भने शुक्रबार १४ मे का दिन मात्र बाहिर आएको छ ।
यस भिडियोसँग सम्बन्धित तस्वीर भने अप्रिल महिनामा नै जारी गरिएको थियो । जब अमेरिकी रक्षा विभागको मुख्यालय पेन्टागनले यस्तो तस्वीर तथा भिडियो पुष्टि गरेको थियो । जसमा एउटा अज्ञात वस्तु सन् २०१९ मा क्यालिफोर्नियाको किनारमा नौसेनाको युद्धपोतमाथि उडिरहेको देखिएको थियो । यसको भिडियो त्यहाँ स्थित कर्मचारीले बनाएका थिए । तर, यसका बारेमा अन्य कुनै पनि जानकारी शेयर गरिएको थिएन । तर, नौसेनाको प्रवक्ताले उक्त भिडियो नौसेनाको कर्मचारीले लिएको भने पुष्टि गरेका छन् ।