• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ओलीको विकल्प खोज्न विपक्षीलाई २७ दिनको ‘होमवर्क’

  • वीरगंज संजाल
  • ३ जेष्ठ २०७८, सोमबार १९:११
  • २६४५

    विपक्षी दल नेपाली काँग्रेस र माओवादी केन्द्रका नेताहरुमा गठबन्धन सरकार बनाउने आश अझै जीवितै छ । यही आशालाई जगाउन शुक्रबार काँग्रेस, माओवादी र जसपा (उपेन्द्र यादव) पक्षबीच देउवा निवास बूढानीलकण्ठमा छलफल भएको थियो ।

    बैशाख २७ गते विश्वासको मत गुमाएर प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएपछि काँग्रेस र माओवादीले नयाँ सरकार निर्माणको भगीरथ प्रयत्न गरेका थिए । तर, त्यसबाट काँग्रेस–माओवादी गठबन्धनलाई सफलता हात लागेन । बैशाख ३० गते केपी ओली फेरि संविधानको धारा ७६(३) अनुसार प्रधानमन्त्रीमा नियुक्त भए ।

    काँग्रेस र माओवादीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमतको सरकार बनाउन बैशाख २६ देखि ३० गतेसम्म गरेको प्रयास खेर गयो ।

    अल्पमतको प्रधानमन्त्रीका रुपमा विहीबार प्रधानमन्त्रीको पदभार सम्हालेका ओलीले अब २७ तीनभित्र प्रतिनिधिसभामा विश्वासको मत लिइसक्नुपर्छ । यसबीचमा जेठ १५ गते नै संसदबाट नीति तथा कार्यक्रम र बजेट पारित गर्नुपर्नेछ ।

    प्रधानमन्त्री ओलीले जेठभित्र विश्वासको मत पाएनन् भने संविधानको धारा ७६ (५) अनुसार प्रतिनिधिसभामा बहुमत सिद्ध गर्न सक्ने संसद सदस्यले प्रधानमन्त्रीका लागि दाबी पेस गर्न सक्छ । त्यतिबेला कसरी सत्ता आफ्नो हातमा पार्ने भन्ने रणनीति बनाउन अहिले विपक्षीहरु लागेका छन् ।

    ओलीलाई अब विश्वासको मत पुग्न नदिने र संविधानको धारा ७६(५) अनुसारको सरकार बन्दा खेरि उनलाई रोक्ने काँग्रेस र माओवादीको रणनीति देखिन्छ । प्रधानमन्त्रीले संसद अधिवेशन आह्वान गरेर विश्वासको मतका लागि प्रस्ताव राखेमा त्यसलाई विफल पार्ने विपक्षीको रणनीति छ ।

    विपक्षीको रणनीति चिर्दै प्रधानमन्त्री ओलीले विश्वासको मत प्राप्त गरे भने उनले पूरै कार्यकाल सरकार चलाउन पाउनेछन् । उनले विश्वासको मत जुटाउन सकेनन् भने धारा ७६ (५) अनुसार नयाँ सरकार बन्न सक्ने काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणको विश्वास छ । उनी भन्छन्, ‘त्यो अवस्थामा नेपाली काँग्रेस माओवादी केन्द्र र जसपामा नयाँ समझदारी विकास भए नयाँ सरकार बन्छ, काँग्रेस विपक्षी दल भएकाले ओलीको विकल्प खोज्ने खुला नीति नै छ ।’

    यस्तै माओवादी नेता वर्षमान पुनले पनि सरकारको प्रस्तुती हेरेर रणनीति बनाउने बताए । उनले भने, ‘सरकार कसरी प्रस्तुत हुन्छ, त्यसरी नै हामी रणनीति बनाउँछौं, ओलीलाई साथ समर्थन हुने कुरो भएन ।’

    प्रधानमन्त्री विश्वासको मत लिन असफल भएपछि नयाँ सरकार दिन काँग्रेसले प्रयत्न गर्ने खाणको भनाइ छ । ‘सरकार मुलुकको हितका लागि काम गरोस्, त्यसका लागि हामी निरन्तर घच्घच्याइरहन्छौं । प्रधानमन्त्री असफल भएपछि नयाँ सरकार दिने क्रममा हामीले प्रयत्न गर्छौँ, खाण भन्छन्, ‘तर हाम्रो मात्रै प्रयत्नले हुँदैन । हाम्रो प्रयत्नमा सार्थक सहयोग गर्ने जुट्नपर्छ र हामीले जुटाउनुपर्छ ।’

    यसअघि काँग्रेस र माओवादीबीच सामञ्जयता र समन्वय भए पनि जसपाको सिंगो घटकलाई समेट्ने परिस्थिति निर्माण हुन नसक्दा सरकार बनाउन नसकिएको उनले बताए ।

    ‘जसपासँग हामीले ७६(२) मा तालमेल गर्न सकेनौं । तर, ७६ (५) मा तालमेल हुँदैन भन्ने अनुमान नगरौं’ काँग्रेस नेता खाण भन्छन्, ‘राजनीतिमा आज नमिलेको कुरा भोलि मिल्न सक्छ ।’

    खाणको बुझाइमा संविधानको धारा ७६ को उपधारा २ भन्दा उपधारा ५ विपक्षीका लागि सरकार बनाउन सहज छ । उनी भन्छन् ‘सिंगो जसपाले साथ दिँदा सरकार बन्छ । त्यो भएन भने पनि माधव नेपाल पक्षमा २० जना जति सांसदले हस्ताक्षर गरिदिए पनि उपधारा ५ अनुसार सरकार बनाउन संख्या पुग्छ ।’

    माधव पक्षसँग कति भर पर्ने ?

    केपी ओलीलाई सत्ताच्युत गर्न सामूहिक राजीनामा दिन तम्सिएर अन्तिममा रोकिएको एमालेको झलनाथ–माधव पक्ष भने यतिबेला पार्टी विवाद मिलाउन सम्वादमा छ । ओली–नेपालवीच पार्टी विवाद मिलाउन वार्ता जारी छ । यसका लागि कार्यदलसमेत बनिसकेको छ ।

    एमालेभित्रको विवाद मिलाउन सकेको खण्डमा जसपाको ठाकुर–महतो पक्षका १५ सांसदलाई साथमा लिएर ओलीले विश्वासको मत सिद्ध गर्ने सम्भावना पनि देखिन्छ ।

    संसद विघटन हुने आशंका

    माओवादी केन्द्रका संसदीय दलका प्रमुख सचेतक  देव गुरुङ भने केपी ओली विश्वासको मत लिनेभन्दा पनि संसद विघटनको तयारीमा रहेको दाबी गर्छन् । ‘के विश्वासको मत लिन्थे ।  संविधानको पालना गर्ने भए पो हुन्थ्यो’ गुरुङ भन्छन्, ‘संविधानको पालना नगर्नेसँग के संवैधानिक प्रवाधानका कुरा गर्नु ?’

    सेटिङ मिलाएर कोभिड–१९ को नाजायज फाइदा उठाउँदै लोकतन्त्र सिध्याउन लागिएको गुरुङको आरोप छ । ‘अहिले कोभिड–१९ का केस र बन्दी प्रत्यक्षीकरणका केस बाहेक अदालतले अरु मुद्दा हेर्दैन भनिएको छ, अब लकडाउनले गर्दा सडकको विषय पनि रहेन,’ गुरुङले भने, ‘यहीबेला हो फासीवादी चरित्र भएकाहरुले मुभ गर्ने ।’

    यसलाई रोक्न र ओलीको विकल्प दिन विपक्षी दलका लागि ३० दिनको ‘होमवर्क’ भएको गुरुङको भनाइ छ ।

    काँग्रेस नेता एनपी साउदले पनि ओली सरकारको विकल्प जहाँसम्म खोज्न सकिन्छ, सबैलाई साथमा लिएर अगाडि बढ्ने बताए । ‘यो ३० दिनमा पनि ओलीको विकल्प दिन थप प्रयत्न गरिन्छ’ उनले भने, ‘अहिले ठोस रणनीति बनिनसके पनि शुक्रबार यस विषयमा विपक्षी दलबीच सैद्धान्तिक सहमति भएको छ ।’

    विपक्षी नेताहरुले होमवर्कका लागि ३० दिन छ भने पनि तीन दिन बितिसकेको छ र अब २७ दिन मात्र बाँकी छ । यसवीचमा जसपाको महन्थ–राजेन्द्र पक्ष मिल्नेतिर भन्दा पनि फुट्ने दिशातिर अघि बढिरहेकाले विपक्षीले सोचेजस्तै सजिलो गरी बहुमत जुट्ने स्थिति अहिलेसम्म देखिइसकेको छैन ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार
  • पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु
  • सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड
  • सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    News

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    News

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    News

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    News

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑