• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्रदेश २ मा रोगको भन्दा भोकको चिन्ता बढ्यो

  • वीरगंज संजाल
  • १ जेष्ठ २०७८, शनिबार १७:५६
  • ३२३७

    वीरगंज | कोरोना संक्रमणको दोस्रो लहरबाट प्रदेश २ मा दिनहुँ सयौँको संख्यामा संक्रमित थपिँदै गएका छन् । मृत्यु हुनेको संख्यामा पनि दैनिक वृद्धि हुँदै गइरहेको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रदेश २ को ८ वटै जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । दुई साताभन्दा लामो समयदेखि स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाका कारण निम्न तथा मध्यम वर्गीय समुदाय नराम्ररी प्रभावित हुन थालेको छ ।

    निषेधाज्ञाका कारण घर बाहिर गएर काम गर्न सक्ने अवस्था नरहेपछि मजदुर वर्गलाई दैनिक खर्च चलाउनसमेत समस्या हुन थालेको छ । अर्कोतिर, मन्दिर अगाडि बसेर भीख माग्ने र फोहोर सामग्री संकलन गर्दै कवाडखानामा बेचेर गुजारा चलाउँदै आएकालाई समेत यतिबेला निकै समस्या देखिएको छ । उनीहरु रोगले भन्दा पनि भोकले मरिने चिन्तामा छन् ।

    प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाम वडा नम्बर ७ मा जमिरिया देवी धर्मशालामा लामो समयदेखि कुष्ठ रोगीहरु बसोबास गर्दै आएका छन् । सो भवन कुष्ठ रोगीहरुकै लागि निर्माण गरिएको हो । विगत ४ दशकभन्दा लामो समयदेखि धनुषा जिल्लामा कुष्ठ रोगीलाई समाजबाट बहिष्कार गरिन्थ्यो । स्थानीय जमिरिया देवीले आफ्नो नाममा कुष्ठरोगीहरुकै लागि सो धर्मशाला निर्माण गरेको हो ।

    उक्त धर्मशालालाई स्थानीयवासीले ‘कोढीया समाज’ पनि भन्ने गर्छन् । अहिले यो धर्मशालामा बालबालिकासहित करिब ३० जना बसोबास गर्दै आईरहेका छन् । उनीहरु सामान्य अवस्थामा भीख मागेर वा फोहोर संकलन गरेर कवाडखानामा बेच्दै जीविकोपार्जन गर्दै आए पनि निषेधाज्ञाका कारण हातमुख जोर्नकै लागि अहिले समस्यामा परेका छन् ।

    मागेर दुई छाक टार्नेहरुलाई बसोबासका लागि समस्या नभए पनि दानापानीको चिन्ताले सताउन थालेको छ ।
    पोहोर कोरोना संक्रमणको त्रासकै कारण लगाइएको निषेधाज्ञामा विभिन्न दाता तथा स्थानीय सरकार, प्रदेश सरकारले राहत बाँडेकोले उनीहरुलाई समस्या भएको थिएन । तर यसपाली निषेधाज्ञा लागेको दुई साताभन्दा लामो समय बिते पनि अहिलेसम्म कसैले सहयोग उपलब्ध नगराएका कारण यो समुदाय समस्यामा परेको हो ।

    ठेलामा सामान ओसारपसार गरेर परिवारको गुजारा चलाउँदै आएका मजदूर वर्ग होस् या रिक्सा चलाएर गुजारा चलाउँदै आएका वर्ग होस्, निषेधाज्ञाका कारण आम्दानी ठप्प हुँदा घर खर्च चलाउनकै लागि समस्यामा परेका छन् ।सामान्य अवस्थामा ४५ वर्षीय सुरेश सदा दिनहुँ फोहोरमा फालिएको प्लाष्टिक, प्लाष्टिकका बोतल लगायतका सामग्री जम्मा गरेर कवाड़मा बिक्री गर्थे । दैनिक ५०/६० रुपैयाँसम्म कमाउने सदाले निषेधाज्ञाका कारण त्यो आम्दानी गुमाएका छन् ।

    जमिरिया देवी धर्मशालामा सदाकी श्रीमती, भान्जी र बहिनी छन् । उनी श्रीमती अशक्त छिन् । उनी दिनभर भीख मागेर ल्याउँथिन् । सदाले प्यास्टिकजन्य सामान संकलन गरेर बेच्ने र उनकी श्रीमतीले भीख मागेर ल्याएको केही रकमले उनीहरुको चार जनाको परिवार पालिँदै आएको थियो । ‘निषेधाज्ञा लागेपछि आम्दानीको बाटो बन्द छ,’ सदाले भने, ‘दुई छाक टार्न समस्या भएको छ ।’५३ वर्षीय बेचन मण्डलले केही दिन अगाडिमात्रै आफ्नी ९५ वर्षीय आमा र १८ वर्षीय छोरालाई गुमाए । आमाको काजकिरियामा बसेका बेचन शोकमा रहँदासमेत चार जनाको परिवारलाई दैनिक दुईछाक कसरी टार्ने भन्ने चिन्तामा छन् ।

    कवाड़ीको काम गर्दै आएका बेचन पछिल्लो समय निषेधाज्ञाका कारण काम बन्द भएपछि परिवार पाल्नै समस्या भएको बताउँछन् ।
    जमिरिया देवी धर्मशालामा भीख मागेर गुजारा चलाउने दुई वृद्धा जगतोरिया देवी र चाइना देवी पनि निषेधाज्ञाका कारण संकटमा परेको बताउँछन् । ७५ वर्षीय जगतोरिया देवीले भनिन्, ‘पेटले त निषेधाज्ञा छ भनेर मान्दैन, भिख माग्न पनि समस्या छ, बाहिर निस्किँदा प्रहरीले लखेट्छ । हामीले हाम्रो पेट कसरी भर्ने ?’

    जमिरिया देवी धर्मशालामा बसोबास गर्दै आएकाहरु रोगले भन्दा पनि भोकले मरिने चिन्तामा छन् ।जनकपुरधाम उपमहानगरपालिका–७ का वडा अध्यक्ष जानकीराम साहले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनले निषेधाज्ञालाई लम्ब्याउँदै गर्दा समस्या उत्पन्न हुन थालेको बताउँछन् । निषेधाज्ञा लम्बिदै गएमा वडा कार्यालयबाटै भए पनि उनीहरुका लागि राहत व्यवस्था उपलब्ध गराउने उनले बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग
  • वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड
  • ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी
  • आज सोमवारको राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    आज सोमवारको राशिफल

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    News

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    News

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    News

    आज सोमवारको राशिफल

    News

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑