वीरगञ्ज । वीरगंजमा कोरोना संक्रमित दिनहु बढदै गएको छ। वीरगञ्जमा गरिएको पछिल्लो परीक्षणमा थप १ सय ५० जनामा कोरोना भाइरस संक्रमण पुस्टि भएको छ । पर्सा, बारा लगायतका विभिन्न जिल्लाबाट संकलन गरेर ल्याइएको २ सय ८८ वटा स्वाबलाई परिक्षण गर्दा ४१ महिलासहित १ सय ५० जनामा संक्रमण पुष्टि भएको नारायणी अस्पतालले जनाएको हो ।
संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै पर्सा जिल्लाका बासिन्दा छन् । पर्सामा कुल १ सय १० जनामा संक्रमण पुष्टि भएको नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले जानकारी दिए । त्यसैगरी बाराका ३३, रौतहटका ४, सर्लाहीका २ र धनुषाका १ जनामा पनि संक्रमण पुष्टि भएको उनले बताए ।
डा. दास अनुसार थपिएका संक्रमितहरु ६ वर्षदेखि ८२ वर्ष उमेर समूहसम्मको रहेका छन् भने उनीहरुको सिटि भ्यालु १५.४ देखि ३४.२ सम्म रहेको छ ।वीरगंजमा नारायणी अस्पतालको चरम लापरवाहीका कारण भयावह बन्दै कोरोना अवस्था