
सुनसरी । सुनसरी–४ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद दीपक कुमार साहलाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बनाउने प्रक्रिया अघि बढेको छ।
प्रधानमन्त्री बालेन शाहले रिक्त रहेको मन्त्रालयको जिम्मेवारी सम्हाल्न साहको नाम सिफारिस गरेका हुन्। प्रधानमन्त्रीको सिफारिसपत्र राष्ट्रपति कार्यालय, शीतल निवासमा पुगिसकेको छ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी यादवले आजै पदबाट राजीनामा दिएपछि उक्त मन्त्रालय नेतृत्वविहीन बनेको थियो। त्यसपछि प्रधानमन्त्री शाहले साहलाई नयाँ मन्त्रीका रूपमा सिफारिस गरेका हुन्।
राष्ट्रपति कार्यालयका अनुसार साहको पद तथा गोपनीयताको शपथ आज साँझ ५ः३० बजे आयोजना हुनेछ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले मन्त्री नियुक्त गर्ने संवैधानिक व्यवस्थाअनुसार साहको नियुक्ति हुने बताइएको छ।