वीरगञ्ज, २१ बैशाख । कोरोनाको दोस्रो भेरियन्टको बढेसँगै बारा जिल्लामा पनि अनिश्चितकालिन निषेधाज्ञा लगाईएको छ ।
जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र र पालिका प्रमुखहरु बीचे मंगलबार भएको संयुक्त बैठकले बैशाख २३ गते बिहान ६ बजेबाट लागु हुने गरी अनिश्चितकालिन निषेधाज्ञा लागु गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्सामा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले संक्रामक रोग ऐन २०२० को दफा २ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम जारी गरेका हुन् ।
जारी आदेशानुसार अति आवश्यक काम बाहेक घर बाहिर ननिस्कन र निस्कनै परे जनस्वास्थ्यका मापदण्ड अपनाई मात्र निस्कन निर्देश गरिएको छ । यस्तै, खाद्यान्न, सागसब्जी, माछामासु, औषधी उपकरण बिक्री गर्ने बाहेकका पसल शनिबार बाहेक प्रत्येक दिन बिहान ६ बजेदेखि ११ बजेसम्म मात्र स्वास्थ्यका मापदण्ड अपनाई सन्चालन गर्न भनिएको छ ।
दैनिक उपभोग्य वस्तुको बिक्रीका लागि सम्बन्धित स्थानीय तहले तोकेका ठाउँमा भिडभाड नगरी संन्चालन गर्नुपर्ने जारी आदेशमा उल्लेख छ । साथै, हाटबजार,मेला, जात्रा, जस्ता भिडभाड हुे कार्यक्रम सन्चालनमा रोक लगाइएको छ ।
अत्यावश्यक सेवामा कार्यालयहरु बाहेक अन्य सम्पूर्ण कार्यालय बन्द गर्न भनिएको छ भने मालपोत कार्यालयमा जग्गा रोक्का र फुकुवा गर्ने कार्य स्वास्थ्यका मापमण्ड पालना गरी गर्न सकिने आदेशमा उल्लेख छ । सम्पूर्ण निजी र सार्वजनिक सवारी साधन सन्चालनमा रोक लगाइएको छ ।