वीरगन्ज । नेपाल पत्रकार महासंघ कोभिड एक्सन टिम पर्साको पहिलो बैठक सम्पन्न भएको छ । आवाज एफएममा आज बिहान बसेको बैठकले कोरोना महामारीमा पर्सेली पत्रकारहरुका हकहितका लागी विभिन्न निर्णय गरेको हो ।
बैठकले दोस्रो चरणको कोरोना महामारीमा संक्रमित हुने सन्चारकर्मीको उपचार तथा कोभिडका कारण हुने विभिन्न समस्यालाई ध्यानमा राखि राहत, उद्धार तथा सहयोग गर्न ,स्वास्थ्य समाग्री जुटाएर वितरण गर्न ,पत्रकारहरुलाई जोगीएर समाचार संकलन गर्ने निर्णय गरेको छ । यस्तै कोरोना महामारीमा कोभिड एक्सन टिममा आवश्यकता देखिएका विभिन्न पेशा र क्षेत्रबाट व्यतिmहरुलार्र्ई सल्लाहकारको रुपमा मनोनयन गरेको हो ।
नेपाल पत्रकार महासंघ पर्साका कोषाध्यक्ष एव नेपाल पत्रकार महासंघ कोभिड एक्सन टिमका संयोजक संजिव मिश्राको अध्यक्ष्तामा बसेको बैठकले उतm समितिमा पर्साका बरिष्ठ पत्रकार गोविन्द देवकोटा ,वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरिक्षक राजेशराज पुरी ,नारायणी अस्पतालका मेडिकल सुपरिडेन्ट डा.संजय ठाकुर,नारायणी वयोध्या अस्पतालमा कार्यरत डा.अशोक यादव ,स्वास्थ्य कार्यालय पर्साका स्वास्थ्य निरिक्षक जयमोद ठाकुर ,समाजिक कार्यकर्ता तबरेज अहमद ,बैध निरीक्षक धिरेन्द्र कुमार सिंह ,पत्रकारद्धय आरोहण साह र उर्मीला सापकोटालाई सल्लाहकारमा मनोनयन गरीएको हो ।
समितिमा मनोनयन भएकाहरुले कोरोना संक्रमणबाट पत्रकारहरुलाई हुने समस्यामा सहयोग , परामर्श र सल्लाह सुझाव दिने नेपाल पत्रकार महासंघ कोभिड एक्सन टिम पर्साले जनाएको छ । बैठकमा नेपाल पत्रकार महासंघ प्रदेश २ का महासचिव श्याम बन्जारा ,पर्सा शाखाका सचिव भूषण यादवको बिशेष उपस्थिति रहेको थियो ।