बीरगन्ज । पर्सामा १६ गते बिहान ४ बजेबाट ७ दिनको लागि लकडाउनको घोषणा भएको छ । कोरोनाको दोस्रो भेरियन्टको हट स्पट बन्दै गएको पर्सा जिल्लामा एक हप्ता लकडाउनको घोषणा गरिएको छ ।
जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको मंगलबार बसेको बैठकले बैशाख १६ गते बिहान ४ बजेबाट लागु हुने गरी एक साताको लागि लकडाउनको घोषणा गरेको हो ।
जिल्ला प्रशासन कार्यालय पर्सामा प्रमुख जिल्ला अधिकारी पिताम्बर अधिकारीको अध्यक्षतामा बसेको डिसीएमसीको बैठकले यस्तो निर्णय गरेको हो ।