• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नेपाल–भारत सीमा नाकामा आवातजावतलाई व्यवस्थति गरेर कडाई

  • वीरगंज संजाल
  • १० बैशाख २०७८, शुक्रबार १९:२९
  • ४०६५

    बीरगन्ज | भारतमा कोरोनाको दोस्रो लहर शुरु भएसँगै नै नेपाल–भारत सीमा नाकामा आवातजावतलाई व्यवस्थति गरेर कडाई गर्नुपर्ने हो । तर अहिले भारतमा दैनिक लाखौंलाई सङ्क्रमित हुन थालेपछि बल्लतल्ल जागेको प्रशासनले सिमावर्ती भारतीय शहर रक्सौलसँग र अन्य सीमा नाकाहरुमा कडाई गरेको दाबी त गर्छ तर अवस्था यसको ठिक विपरीत छ । अहिले पनि दुवै देशमा मानिसहरु सरसामान किन्नदेखि लिएर अत्यावश्यक काम बाहेर अन्य कामका लागि पनि मुख्य नाका नै भएर आवातजावत गरिरहेका छन् । बाँकी चोरबाटो र सहायक नाकाहरुमा झन् मानिसहरु ह्वार्ह्वार्ती आवतजावत गरिरहेका छन् । 

    पर्सा जिल्ला र विशेषगरी बीरगन्ज महानगरमा कोरोना सङ्क्रमितहरुको संख्या ह्वातै बढ्न थालेपछि प्रशासनले सीमा नाकाहरुमा कडाई गरेको भन्छ । भारतबाट नेपाल आउनेहरूलाई अत्यावश्यक कामबाहेक भित्रिन नदिइएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले दाबी गरे ।सक्रिय सङ्क्रमितको संख्या दिनप्रतिदिन बढ्न थालेपछि नाकामा कडाइ गरिएको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । ‘खुला र अनियन्त्रित आवागमनले कोरोना संक्रमण अझ फैलिने जोखिम बढायो । नाकाबाट हुने आउजाउलाई निरुत्साहित गरिएको छ,’ उनले भने । पर्सामा अहिले कोरोनाका सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी पुगिसकेको जानकारी पौडेलले दिए ।

    तर अहिले रक्सौलबाट बीरगन्ज र बीरगन्जबाट रक्सौल हुने आवागमनमा सामान्य अवस्थामा जस्तै छ । अत्यावश्यक काम नपरी नेपालबाट भारततर्फ पनि नजान प्रशासनले आग्रह गरेको छ । तर आग्रहलाई लत्याउदैं काम गर्नदेखि लिएर विवाहमा जन्ती जाने र सरसामान किन्नेसम्म जानको लर्को सीमा नाका देखिन्छ ।भारतमा संक्रमण तीव्र गतिमा फैलिएकाले खुला सिमानाबाट निर्बाध आवतजावत गर्दा संक्रमणको जोखिम बढेको बढ्यै छ । यस्तो अवस्थामा मुख्य नाका वीरगञ्जमा दुईओटा हेल्थ डेस्क राखिनु बाहेक केही गरिएको छ । यहाँसम्म कि भारतबाट नेपाल भित्रिने मानिसहरुको रेर्कड राख्ने काम समेत व्यवस्थित रुपमा प्रशासनले गर्न सकेको छैन ।

    भारतबाट आउनेहरूको तापक्रम र कोरोनाको एन्टिजेन परीक्षण भइरहेको जिल्ला प्रशासन कार्यालय पर्साका सूचना अधिकारीसमेत रहेका पौडेलले बताए । एन्टिजेन परीक्षणमा संक्रमण पुष्टि भएकाहरूलाई आइसोलेसनमा पठाउने गरिएको जानकारी पनि उनले दिए । तर ह्वार्ह्वार्ती भिडभाडका लर्को लागेर आउने मानिसहरुको न त तापक्रम जाँच्ने काम राम्रोसँग हुन सकेको छ, उनीहरुलाई आइसोलेसनमा पठाउने काम त परै जाओस् ।

    यसैबीच, बिहीवार स्थानीय कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले पर्साका प्रत्येक पालिकाहरूमा आइसोलेसन बनाउने निर्णय गरेको छ । पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेको संयोजनमा पर्साका १४ ओटा पालिका प्रमुखहरूको बैठकले कोरोना महामारीको दोस्रो लहर फैलिन नदिन आइसोलेसन र उपचारका अन्य पूर्वाधार तयारी राख्ने निर्णय गरेको पौडेलले बताए ।प्रशासनको तर्फबाट नयाँ–नयाँ निर्णय गर्नमा कुनै कमी आएको छैन । निर्णय कार्यन्वयनमा भने प्रशासन चुकेको छ । निर्णय मात्र गर्ने होइन, त्यसको कार्यन्वयन र अनुगमनमा स्थानीय प्रशासनले ध्यान दिनुपर्ने जोड सरोकारवालाको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन
  • दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन
  • आज आइतबारको राशिफल
  • जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    News

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    News

    आज आइतबारको राशिफल

    News

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    News

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑