वीरगन्ज । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
पूर्वराजा भारतको हरिद्वारमा कुम्भ मेलामा सहभागी भएर आइतबार मात्रै स्वदेश फर्केका थिए।
शनिबार दिल्लीमा गरिएकाे पीसीआर परीक्षणमा नेगेटिभ रिपाेर्ट आएपछि शाह दम्पती आइतबार स्वदेश फर्केका थिए।
तर काठमाडाैँ पुगेपछि साेमबार पुन: गरिएकाे परीक्षणमा उनीहरुलाई काेराेना संक्रमण पुष्टि भएको हो।