• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगञ्ज आयातनिर्यात र व्यापारको मात्र नभएर आर्थिक विकासकै प्रवेशद्वार

  • वीरगंज संजाल
  • २५ चैत्र २०७७, बुधबार ०६:२१
  • २७७७

    वीरगञ्ज । वीरगञ्ज आयातनिर्यात र व्यापारको मात्र नभएर आर्थिक विकासकै प्रवेशद्वार मानिएको क्षेत्र हो । यो क्षेत्र कुनै रणनीतिक योजनाका कारण अघि बढेको होइन, यसको भौगोलिक अवस्थितिले नै मुख्य नाका र औद्योगिक केन्द्र बनाएको हो । तर, सम्भाव्यता उपयोगमा सरोकारका पक्ष उदासीन देखिएका छन् ।

    भौगोलिक विशिष्टता र सम्भावनाहरूले नै यो क्षेत्रलाई आर्थिक गतिविधिको आधारका रूपमा स्थापित गरेको वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोधकुमार गुप्ता बताउँछन् । ‘औद्योगिक कच्चा पदार्थको सहज आपूर्ति, उत्पादनको आन्तरिक ढुवानीदेखि निकासीसम्म यहाँबाट सहज भएपछि वीरगञ्ज क्षेत्र औद्योगिक र व्यापारिक केन्द्र बन्न पुगेको हो,’ गुप्ताको भनाइ छ ।

    आर्थिक कारोबार र आपूर्तिमा अग्रस्थानमा रहेको वीरगञ्ज क्षेत्र पछिल्लो समयमा राजनीतिक दाउपेच र आन्तरिक/बाह्य रुचिको चेपुवामा परेको संघका पूर्वअध्यक्ष एवम् प्रदेश २ का प्रदेशसभा सदस्य ओमप्रकाश शर्माको बुझाइ छ ।

    वीरगञ्ज क्षेत्रको सम्भाव्यता उपयोगका लागि केही वर्षअघि संघले ‘ग्रेटर वीरगञ्ज’को अवधारणालाई अघि सारेको थियो । पर्साको वीरगञ्ज र बाराका केही स्थानलाई समेटेर ल्याइएको अवधारणालाई सरकारी पक्षले खुबै प्रशंसा गरे पनि कार्यान्वयनमा चासो नदेखाएको नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश २ का यातायात तथा पारवहन समितिका अध्यक्ष अशोककुमार टेमानी बताउँछन् । टेमानी संघको अध्यक्ष हुँदा यो अवधारणा अघि आएको थियो । सबैभन्दा ठूलो नाका, रेलमार्गसित जोडिएको सुक्खा बन्दरगाह र एकीकृत जाँच चौकी यहाँ सञ्चालनमा छन् ।

    वीरगञ्ज नाकाबाट हुने वैदेशिक व्यापारको परिमाणलाई व्यवस्थापनकै लागि यी पूर्वाधार बनाइएका हुन् । यस्ता संरचनाको प्रभावकारी उपयोग, क्षमता विस्तार र सरोकारका अन्य योजनाहरूको पूर्णतामा सरकार उदासीन देखिएको शर्मा बताउँछन् । ‘बाराको निजगढमा बनाउने भनिएको निजगढ अन्तरराष्टिय विमानस्थल, निजगढबाटै संघीय राजधानीलाई जोड्ने द्रुतमार्ग र अन्य वैकल्पिक सडक निर्माणलाई पछि धकेल्ने काम भइरहेको छ,’ शर्माले भने ।

    वीरगञ्ज–पथलैया व्यापारिक मार्ग विस्तारमा पनि अनपेक्षित ढिलाइ भइरहेको उनले बताए । विगतमा द्रुतमार्ग निर्माणमा भइरहेको ढिलाइको विरोधमा स्थानीय बासिन्दाले प्रदर्शन नै गरेका थिए । द्रुतमार्ग र विमानस्थलको शीघ्र निर्माणका लागि दबाब दिन संघर्ष समिति नै बनाइएको थियो । लगानीको प्रतिफलका दृष्टिले द्रुतमार्ग र विमानस्थललाई एकअर्काका पूरक योजनाको रूपमा हेर्ने गरिएको छ । सरकारले द्रुतमार्ग निर्माणको जिम्मा नेपाली सेनालाई दिए पनि प्रगति भने सुस्त देखिएको छ । राष्ट्रिय गौरवमा राखिएका यी आयोजनाले पूर्णता पाएमा वीरगञ्ज क्षेत्रको आर्थिक सम्भाव्यता अझ वृद्धि हुने शर्मा बताउँछन् । ‘द्रुतमार्ग निर्माण भए निजगढबाट काठमाडौंको दूरी ७६ किलोमीटर हुन्छ । अहिले मालवस्तुको ढुवानीमा बढी चलनचल्तीमा रहेको नारायणगढ–मुग्लिङ–काठमाडौं मार्ग वीरगञ्जबाट करीब साढे २ सय किलोमीटर छ । यसबाट ढुवानी लागत जोगाउन सकिन्छ,’ उनले भने ।

    निर्यातजन्य उद्योगलाई बढावा दिने भन्दै बाराकै सिमरामा निर्माण योजना राखिएको विशेष आर्थिक क्षेत्र (सेज) अलमलको अर्को उदाहरण बनेको छ । सिमरामा रहेको वीरगञ्ज चिनी कारखानाको ८ सय ३२ बिगाह जग्गा यसका लागि छनोट भएको थियो । स्थानीयको अतिक्रमणले यो अहिले ६ सय बिगाहमा खुम्चिएको छ । सरकारले यसैमा गार्मेन्ट प्रासेसिङ जोन बनाए पनि उद्योग नै नआएपछि खारेज भइसकेको छ । यो जग्गालाई उपयोग गरिनुपर्ने उद्योगी राजेश क्यालको सुझाव छ । बारा–पर्सा औद्योगिक कोरिडोरमा नयाँ उद्योगका लागि जग्गाको प्राप्ति असहज भएको अहिलेको अवस्थामा यो जग्गामा उद्योग स्थापना गर्न दिइनुपर्ने क्यालको भनाइ छ । वीरगञ्ज क्षेत्रका औद्योगिक र व्यावसायिक महत्त्वका पूर्वाधारहरूको पूर्णता र उपयोगमा देखिएको विरोधाभासले नयाँ लगानी आउन हच्किएको उद्योगी प्रदीप केडिया बताउँछन् । वीरगञ्ज क्षेत्रमा हुने लगानी र यो नाकाबाट हुने वैदेशिक व्यापार अहिले अन्यत्र जान थालेको दाबी पनि केडियाको छ ।ओमप्रकाश खनाल

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑