वीरगंज | भारत पश्चिम बंगालको बिन्नादुरी शहर नजिकै केन्द्रविन्दू भएर गएको भूकम्पको धक्का नेपालको पूर्वी क्षेत्रसहित काठमाडौँ उपत्यकासम्म महसुस भएको छ ।
नेपाली समय अनुसार सोमबार राति ९ बजेर ४ मिनेट जाँदा पश्चिम बंगालको जलपाईगुरी जिल्लाको बिन्नादुरी क्षेत्र केन्द्रविन्दू भएर ५.८ म्याग्निच्युडको भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका भूकम्पविद लोकविजय अधिकारीका अनुसार भूकम्पको धक्का पूर्वी नेपालका भूभागमा बढि महसुस भएको हो । काठमाडौँमा पनि केही धक्का महसुस भए उनले बताए ।