• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    विश्व बैंकको प्रक्षेपण : चालू आवमा सरकारी अनुमानभन्दा ४.३% बिन्दु कम आर्थिक वृद्धिदर

  • वीरगंज संजाल
  • १९ चैत्र २०७७, बिहीबार ०६:४६
  • २४३३

    । चालू आर्थिक वर्ष (आव) २०७७/७८ मा सरकारले अनुमान गरेको भन्दा ४ दशमलव ३ प्रतिशत बिन्दु कम आर्थिक वृद्धिदर प्राप्त हुने प्रक्षेपण विश्व बैंकले गरेको छ ।साउथ एशिया इकोनोमिक फोकस : साउथ एशिया भ्याक्सिनेट्स रिपोर्ट सार्वजनिक गर्दै विश्व बैंकले उक्त प्रक्षेपण गरेको हो ।

    सरकारले चालू आवमा ७ प्रतिशत हाराहारीमा आर्थिक वृद्धि हुने दाबी गरे पनि विश्व बैंकको नयाँ रिपोर्टले चालू वर्षमा २ दशमलव ७ प्रतिशत मात्र हुने प्रक्षेपण गरेको छ । २०२१ को जनवरी र २०२० को अक्टोबरको प्रक्षेपणमा विश्व बैंकले अहिले संशोधन गरेर सार्वजनिक गरेको प्रतिवेदनमा आगामी आवमा २०७८/७९ मा भने ३ दशमलव ९ प्रतिशतले आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ ।

    कोरोनाले प्रभावित अर्थतन्त्र पुनरुत्थान हुँदा सन् २०७९/८० सम्म ५ दशमलव १ प्रतिशतले आर्थिक वृद्धि प्राप्त हुने विश्व बैंकको पूर्वानुमान छ ।नेपालको आर्थिक वृद्धिदर सकारात्मक अवस्थामा रहनुमा विदेशबाट नेपालीहरूले पठाउने विप्रेषण मुख्य कारण मानिएको छ ।

    विश्वभर महामारी तीव्र रूपमा फैलिरहेको समयमा पनि नेपालमा विप्रेषण भित्रिने क्रम रोकिएको थिएन । यसबीचमा खोप अभियानसमेत नेपालमा प्रभावकारी रूपमा अगाडि बढेको विश्व बैंकको ठहर छ । यसले समेत आर्थिक गतिविधिमा वृद्धि देखिएको प्रतिवेदनमा उल्लेख छ । नेपालसहित बंगलादेश, पाकिस्तान लगायतको आर्थिक वृद्धिदर बैंकले यसअघि गरेको प्रक्षेपणभन्दा बढी हुने संशोधित अनुमानबाट देखिन्छ ।

    नेपालको आर्थिक वृद्धिदर सुधार हुने संकेत देखिए पनि चुनौती भने अझै कायमै रहेको प्रतिवेदनमा उल्लेख छ ।

    आर्थिक गतिविधिहरू पूर्णरूपमा सञ्चालनमा आउन नसक्नु, कोभिडका कारण ठूलो संख्यामा रोजगारी गुम्नु, सेवा क्षेत्रमा अहिले पनि अन्योल र अवरोध कायम रहनुजस्ता कारणले अनुमान गरिएको वृद्धिदर पहिल्याउन चुनौती देखिएको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, कोभिडले पर्यटन क्षेत्रलाई नराम्रोसँग असर गरेको आकलन गर्दै विश्व बैंकले पर्यटनमा आधारित अर्थतन्त्र भएका मुलुकको जोखिम कायमै रहने बताएको छ ।

    विश्व बैंकले गत जनवरीमा चालू वर्षमा २ दशमलव १ प्रतिशत आर्थिक वृद्धिदर प्राप्त हुने पूर्वानुमान गरेको थियो । त्यसअघि सन् २०२० को अक्टोबरमा पनि बैंकले १ दशमलव ४ प्रतिशत नै आर्थिक वृद्धिदर प्राप्त हुने बताएको थियो ।

    दक्षिण एशियामा सन् २०२१ मा आर्थिक वृद्धिदर ७ दशमलव २ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण छ । त्यस्तै सन् २०२२ मा ४.४ प्रतिशत वृद्धि प्राप्त हुने उसले बताएको छ । सन् २०२० मा यस क्षेत्रको आर्थिक वृद्धिदर ऐतिहासिक रूपमा न्यून विन्दुमा पुगे पनि अहिले भने अर्थतन्त्रहरू चलायमान हुन थालेको विश्व बैंकले बताएको छ । यस क्षेत्रको अर्थतन्त्र चलायमान हुनुमा विद्युत् उपभोग बढ्नु र यातायात क्षेत्रले काम गरेको उल्लेख गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम
  • भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    News

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    News

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑