वीरगन्ज । पछिल्लो २४ घण्टामा थप १ सय ४५ जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा तीन हजार ९६३ मा पीसीआर गर्दा १ सय ४५ जनामा कोरोना पुष्टि भएको हो ।
नेपालमा अहिलेसम्म कोरोना संक्रमितको सङ्ख्या दुई लाख ७६ हजार ३ सय ८९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या ९० रहेको छ ।
योसँगै निको हुनेको सङ्ख्या दुई लाख ७२ हजार १ सय ८७ पुगेको मन्त्रालयले जनाएको छ ।
कोरोनाबाट निको हुनेको दर ९८.५ प्रतिशत रहेको छ ।