पार्टीको विधान विपरीत गतिविधि गरेको भन्दै स्पष्टिकरण सोध्ने निर्णय भएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। कारवाहीमा पर्नेमा नेपालसँगै उपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र केन्द्रीय कमिटी सदस्य रामकुमारी झाक्री रहेका छन्।
यी सबैलाई स्पष्टिकरण सोध्ने निर्णय भएको हो। बालुवाटारमा आजै बसेको संसदीय दलको बैठकले पनि गुटगत गितिविधि गर्ने नेतामाथि कारवाही गर्न सिफारिस गर्ने निर्णय गरेको ओली समूहका सांसद यज्ञ बोगटीले जानकारी दिए।