वीरगंज | अहिले नेपालमा ६५ वर्षभन्दा माथिको उमेर समूहका लागि दोस्रो चरणको खोप अभियान जारी छ। तर कस्ता व्यक्तिले खोप लगाउन हुने, कस्ताले नहुने भन्नेमा अन्यौल धेरैमा छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोलाले आफ्नो फेसबुकमा खोप लगाउन आउनु भएका बुवाआमा र परिवारका सदस्यको जिज्ञासा र आफ्नो जवाफ २२ बूँदामा लेखेका छन्।
१. एसप्रिन वा/र क्लोपिलेट खानेले खोप लगाउन हुन्छ कि हुन्न?
– ढुक्क भएर लगाउन मिल्छ
२. रगत पातलो बनाउने औषधि वारफारिन खानेले लगाउन मिल्छ?
– आईएनआर माथिल्लो लिमिटभन्दा कम भएकाले लगाउन मिल्छ । खोप लगाई सकेपछि केही मिनेट खोप लगाएको ठाउँलाई थिचेर राख्न जरुरी हुन्छ ।
३. पेनिसिलिन एलर्जी भएकाले लगाउन मिल्छ कि मिल्दैन?
– लगाउन मिल्छ ।
४. मैले प्रेसरको दबाई खाइरहेको छु, के खोप लगाउन सकिन्छ?
– सकिन्छ ।
५. मैले मधुमेहको मुखबाट खाने दबाई र इन्सुलिन लिइरहेको छु, के मैले खोप लगाउन मिल्छ ?
– मिल्छ ।
६. मैले केही वर्ष पहिला स्तन क्यान्सरको अप्रेसन गरेको थिएँ, के खोप लगाउन मिल्छ?
– मिल्छ ।
७. मेरो केही समय पहिला एपेनडिक्सको अप्रेसन भएको थियो, मैले खोप लगाउन मिल्छ?
– मिल्छ ।
८. मैले क्यान्सरको केमो सकेको ३ महिना भयो, मैले खोप लगाउन मिल्छ?
– मिल्छ ।
९. मेरो बुवा ९३ वर्षको हुनुहुन्छ के गरौं?
– निर्धक्क खोप लगाउने ।
१०. म एचआईभी संक्रमित हुँ, एआरटी खाएको १२ वर्ष भयो, सबै ठिक छ । खोप लगाऊँ कि नलगाऊँ?
– लगाउने ।
११. मेरो मामाको पेटमा एनुरिजम छ, लगाउन मिल्छ ?
– मिल्छ ।
१२. मलाई रुघाखोकी लाग्या छ, खोप लगाउन मिल्छ ?
– कोभिड टेस्ट गराउनु पहिला, अनि सल्लाह गरौं ।
१३. मेरो बुवा मानसिक रोगको दबाइ खाँदै हुनुहुन्छ, खोप लगाउन हुन्छ ?
– लगाउन जरुरी छ ।
१४. मैले बाथको दबाई खाइरहेको छु के गरौं?
– खोप लगाउने ।
१५. मलाई कोभिड पोजिटिभ भएको १ महिना भयो, खोप लगाउनुपर्छ अब?
– लगाउनुपर्छ ।
१६. मैले प्रोस्टेट सम्बन्धी दबाई खाँदै छु, के गर्ने ?
– खोप लगाउने ।
१७. र मेरो स्पाइनल सम्बन्धी समस्या छ, दबाई खाँदै छु, के गर्ने ?
– खोप लगाउने ।
१८. मलाई किड्नी सम्बन्धी समस्या छ, दबाई खाँदै छु, खोप लगाउन मिल्छ?
– मिल्छ ।
१९. मैले डायलाइस गर्दै छु, के गरौं?
– खोप लगाउने ।
२०. मिर्गौला प्रत्यारोपण गरेको छु, के गर्ने ?
– लगाउने ।
२१. मलाई रक्त क्यान्सर देखिएको छ, उपचार गराउँदै छु, खोप लगाउनु कि नलगाउनु?
– आफ्नो उपचार विधि, अवस्था र रगतको जाँच गरेको रिपोर्ट देखाएपछि सरसल्लाहा मा ।
२२. मैले चिल्लो कम गर्ने दबाईको सेवन गर्दैछु, लगाउन मिल्छ ?
– लगाउन मिल्छ ।