• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ‘कसैले मलाई हटाओस्, २० महिनापछि दुईतिहाइ ल्याएर मूल ढोकाबाट सिंहदरबार पस्छौं’

  • वीरगंज संजाल
  • २९ फाल्गुन २०७७, शनिबार २२:१०
  • ४०२९

    वीरगंज।प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई हटाएर टालाटुली जोडेर सरकार बनाउने प्रयास शुरू भएको बताएका छन् ।अहिले जालझेल गरेर आफूलाई हटाए २० महिनापछि फेरि दुईतिहाइ भोटसहित मूलढोकाबाट सिंहरबार पस्ने उनले बताए ।अखिल नेपाल महिला संघले शनिवार काठमाडौंमा आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले दुईतिहाइको सरकार ढालेर विभिन्न टालाटुली जोडेको ‘टाले सरकार’ बनाउन लागिए पनि आफूलाई प्रतिपक्षमा बस्न गाह्रो नहुने बताए ।

    ‘कसैलाई प्रतिपक्षमा बस्न गाह्रो हुन्छ, मलाई २०७३ सालमा प्रधानमन्त्रीबाट हटाइयो । १९ महिनापछि झण्डै दुईतिहाइसहित सिंहदरबार फर्कियौं । अहिले कसैले जालझेल गरोस्, मलाई हटाओस्, २० महिनापछि सूर्य चिह्नधारी नेकपा एमाले नामको पार्टी सिंहदरबारको मूल गेटबाट फेरि पस्छ,’ ओलीले भने, ‘हामीलाई प्रतिपक्षमा बस्न गाह्रो छैन, सरकारमा भए देश बनाउँछौं, प्रतिपक्षमा भए देश बनाउने तयारी गर्छाैं ।’

    ओलीले आफूलाई हटाउन रचिएका जालझेल फेरि पनि सफल नहुने दाबी गरे । ‘धेरै उकालीओराली भोगेर आएका छौं । माकुराको जालोमा भैसी पर्दैन । अहिले पनि माकुराले थुप्रै जालो थापे । जालो चुडिएपछि माकुरा कराउन थाल्छन् । तिनीहरूको जालो थाहै नपाइ चुडिन्छ त म के गरौं ? हाम्रा उद्देश्यमा अगाडि बढौं चिन्ता गर्नुपर्दैन,’ ओलीले भने ।

    नेकपा माओवादी केन्द्रले सरकार बनाउन कांग्रेससँग आग्रह गरिरहेकोतर्फ संकेत गर्दै ओलीले भने, ‘केपी ओलीलाई हटाउनुपर्‍यो, विकास नगर्ने सरकार बनाऔं । तपाईंले प्रधानमन्त्री बन्नुपर्‍यो भन्दै निवेदन हाल्दै हिँडेको देखेका छौं । हामी कसैकोमा निवेदन हाल्न जाँदैनौं,’ ओलीले भने ।

    प्रधानमन्त्री ओलीले २० महिनापछि देश चुनावमा जानैपर्ने बाध्यता रहेको बताए । ‘चुनाव भयो भने संविधान मासिन्छ, संविधान च्यातिन्छ रे ! डेढ वर्षपछि त चुनाव हुन्छ । लोकतन्त्रको आयु डेढ–दुई वर्ष हो त ? चुनावमा जाँदा संविधान च्यातिन्छ ? नक्कली लोकतन्त्रवादीहरू । यो देश अगाडि बढ्यो चुनावमा गयो भने यिनीहरूले धुलो चाट्छन्, चुनावमा जाने आँट छैन,’ ओलीले भने ।

    ओलीले माधवकुमार नेपाल समूहलाई पार्टी बैठकमा आउन आह्वान गरेका छन् । आगामी चैत ७ गते पार्टी केन्द्रीय कमिटीको बैठक भएकाले सूचना पाएन नभन्न सुझाव दिएका छन् ।

    उनले पेरिसडाँडाबाट बिदावारी भएर आएका नेताहरू अर्याल होटलमा बाँस बसेकाले पार्टी बैठकमा आइनपुगेका व्यंग्य गरे । उनले शुक्रवार भएको केन्द्रीय कमिटीको बैठकमा पार्टीका काम चलाउन केही नेतालाई जिम्मेवारी दिएकोले त्यसमा छलफल गर्न सकिने बताए । ‘किन उफ्रिने ? बैठकमा आए भैगो नि ! छलफल गरौंला,’ ओलीले भने, ‘मलाई त अध्यक्ष र साधारण सदस्यबाटै निकालेका थिए, हामीले कसैलाई निकालेका छैनौं ।’

    कतिपय नेताको वक्तव्यबाजीमा केपी ओलीलाई ठेगान लगाउन एमालेमा फर्किएको सुनिएको बताउँदै ओलीले भने, ‘केपी ओलीलाई ठेगाना लगाउन आउनुभयो भने तपाईंका खुट्टामा बाटोमै ठेस लाग्छ, पार्टी बनाउन आउनुस् ।’

    प्रधानमन्त्री ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालको नाम नलिई देशमा विकासको लहर चल्दा कतिपयलाई छटपटी भएको टिप्पणी गरे ।

    ओलीले नेता माधवकुमार नेपालमाथि व्यंग्य गर्दै एक जना अध्यक्षका लागि हिरिक्कहिरिक्क गरिराखेका बताए । उनले भने, एक जना अध्यक्षका लागि हिरिक्कहिरिक्क गरिराख्या छन्, अध्यक्ष भए अरे !’

    सर्वाेच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले लड्डु बाँडेकोप्रति व्यंग्य गर्दै ओलीले भने, ‘सानो कुरा केही भयो भने अबीर जात्रा, लड्डु ! केको जात्रा हो ? केका लागि लड्डु खाएका हुन् ? के पाउँछन् ? हेर्दै जाउँला ।’

    यस्तो तरिकाले आन्दोलन र देशलाई बर्बाद गर्ने ओलीले बताए । ‘यो तरिका आन्दोलनलाई बर्बाद गर्ने तरिका हो, देशलाई बर्बाद गर्ने तरिका हो । यसलाई चिर्दै आएका छौं, चिरेर छाड्नै छौं,’ उनले भने, ‘हामी आफ्नो निम्ति होइन, देश र जनताका निम्ति काम गरिरहेका छौं । सुशासन र समृद्ध नेपाल सुखी नेपालीको आकांक्षाका लागि काम गरिरहेका छौं ।’

    नेताहरूले नयाँ प्रधानमन्त्री छान्न छलफल गरिरहेकोप्रति समेत ओलीले व्यंग्य गरे । ‘प्रधानमन्त्री तपाईंले खाइदिनुपर्‍यो भनेर निवेदन हाल्न जान्छन् । हामी निवेदन हाल्न जाँदैनौं । हामीबाहेक देशलाई सही नेतृत्व दिने न पार्टी छ, न कुनै नेता छ । कुनै नेताको भाषणमा विकासको कुरा सुन्नुभएको छ ? केपी ओलीलाई धारे हात मात्रै लाउँछन्,’ उनले भने, ‘झगडियाहरूको ताल कस्तो हुँदो रहेछ । दिनैपिच्छे सिग्नेचर अभियान चलेको छ । पार्टीका बैठकमा आउनु पर्दैन ? पार्टीमा बैठकमा नआउने, कार्की ब्याङ्केटमा भोज खान जो जो आयो, त्यसको हस्ताक्षर गरेर निर्वाचन आयोग जाने ।’

    ओलीले विगत ३ वर्षमा सरकारले गरेका धेरै कामहरू एकछिनमा भन्न नसकिने बताए । ओलीले भने, सरकारले ३ वर्षमा गरेका काम, यतिधेरै कामहरू सरकारले गरेको छ, एकछिनमा भन्न सकिँदैन ।’

    प्रधानमन्त्री ओलीले सरकार जनताप्रति बफादार रहेको बताए । ‘यस्तो जनताको सरकार, देशप्रति बफादार सरकार, देशभक्त सरकार, विकासको अभिभारा बोकेको सरकार । यसका निम्ति काम गरिरहेको सरकार,’ ओलीले भने, ‘शिक्षा, स्वास्थ्य, सामाजिक न्याय र समानताका क्षेत्रमा, ज्येष्ठ नागरिक, एकल महिला, बालबालिकाको सन्दर्भमा यसले गरेका कामहरू । अथवा समाजमा सरकारको तर्फबाट जनतालाई पुर्‍याउनुपर्ने सेवा र सुविधा पुर्‍याउने कामहरू । बाटाघाट, झोलुङ्गेपुल, राजमार्ग, पर्यटनलाई अगाडि बढाउने कुरा । यी सबै कुरा । कृषिको आधुनिकीकरणको सन्दर्भमा गरिएका कामहरू । युगान्तकारी कामहरू यस ३ वर्षमा भएका छन् ।’

    पार्टी र सरकारमा बाधा हुँदा पनि सरकारले थुप्रै काम गरेको बताए । ‘पार्टीमा भोग्नुपरेका बाधा, सरकारमा भोग्नुपरेका बाधा । देशलाई अन्धकारतिर धकेल्ने कुचेष्टा । मैले त्यतातिर जानु पर्दैन । यहाँहरू जानकार हुनुहुन्छ । खुट्टा तान्ने, घेराबन्दी गर्नेले हाम्रो विकासको गतिलाई रोक्न सकेनन्,’ ओलीले भने ।
    सरकारले सही उद्देश्य लिएर कार्यान्वयन गरिरहेको उनले बताए । ‘हामीले समृद्ध नेपाल सुखी नेपालीको आकांक्षा तोकेका छौं, त्यो उद्देश्य साकार पार्न सही नीति, सही कार्यक्रम, सही योजना र उपयुक्त कार्यान्वयन साथ अघि बढिरहेका छौं । नेपाल अगाडि बढ्ने नै भयो,’ उनले भने, ‘हाम्रो विकासको गतिलाई कोभिडले पनि रोक्न सकेन, खुट्टा तान्ने, घेराबन्दी गर्नेले हाम्रो विकासको गतिलाई रोक्न सकेनन् ।’

    ओलीले केही दिनमा मेलम्चीको पानी काठमाडौंका धाराधारामा आउने बताए । ‘मेलम्चीको पानी काठमाडौं खसाल्यौं, बागमतीमा बगिरहेको छ, केही दिनमा धाराधारामा पानी बाँड्दैछौं,’ उनले भने, ‘नौबिसे २६ किलोमिटर थियो, अब ४ किलोमिटर हुँदैछ, सुरुङ मार्ग बन्दैछ ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार
  • पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु
  • सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड
  • सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    News

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    News

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    News

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    News

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑