वीरगञ्ज । काठमाण्डौको बौद्धबाट साढे दुई किलो युरेनियमसहित चार जना पक्राउ परेका छन् ।बहुमूल्य धातु युरेनियमसहित पक्राउ पर्नेहरूमा रामेछापको लिखु तामाकोशी गाउँपालिकाका नारायणसिंह तामाङ र जानुका तामाङ, रामेछापको बाघजोर नगरपालिकाका प्रकाश चौहान र सिन्धुलीको सुनकोशी गाउँपालिकाका मनोज न्यौपाने रहेका छन् ।
बौद्धबाट पक्राउ परेका उनीहरूलाई प्रहरीले शुक्रवार सार्वजनिक गरेको हो । फेला परेको युरेनियम प्रशोधन नभएको अर्थात् कच्चा हो । प्रहरीका अनुसार १० ग्राम प्रशोधित युरेनियमको मूल्य १८ करोड रुपैयाँ पर्छ ।
नेपालमा युरेनियमसहित कसैलाई पक्राउ गरिएकाे यो पहिलो घटना हो । पक्राउ परेकाहरूलाई विस्फोटक पदार्थसम्बन्धी ऐनअनुसार कारबाही हुने प्रहरीले जनाएको छ ।