• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    व्यक्तिगत ईमेलमा गैरकानूनी विज्ञापन गर्दै शेयर ब्रोकर

  • वीरगंज संजाल
  • २८ फाल्गुन २०७७, शुक्रबार १५:५२
  • ६९८१

    वीरगंज। पछिल्लो समय शेयर बजारमा लगानी गर्नेको संख्यामा उल्लेख्य रुपमा वृद्धि भएको छ । प्रविधिको विकाससँगै सुरु भएको अनलाइन शेयर आवेदन, अनलाइन कारोबार र अनलाइनकै फर्छ्यौट सुविधाले पनि शेयरमा लगानी गर्नेको संख्या बढ्दो छ ।

    शेयर बजारले नै देशको अर्थतन्त्र दर्शाउने भएकाले पनि यसमा लगानीकर्ताको सहभागीता बढ्नु राम्रै पनि हो । तर, जुन रुपमा प्रयोगकर्ता बढिरहेका छन्, जुन रुपमा प्रविधिको प्रयोग बढ्दो छ, सोही मात्रामा कारोबारको सुरक्षा र प्रयोगकर्ताको गोपनीयता अर्को महत्वपूर्ण पाटो हो ।

    जबसम्म अनलाइनबाट हुने कारोबार र प्रयोगकर्ताको गोपनीयता कायम गर्न सकिँदैन, तबसम्म यो सधैं चुनौतीपूर्ण रहन्छ । यसले भोलिका दिनमा ब्राजिलमा जस्तै सम्पूर्ण नागरिकको जानकारी चोरी हुने घटना नेपालमा पनि नहोला भन्न सकिन्न ।

    यस्तोमा यो विषयप्रति सम्बन्धित संस्था र निकाय नै सजग हुनुपर्ने हो । तर, यहाँ त सम्बन्धित संस्था नै अनधिकृ रुपमा व्यक्तिगत ईमेल संकलन गरी त्यसको दुरुपयोग गरिरहेको पाइएको छ ।

    शेयर कारोबारका लागि नेपाल धितोपत्र बोर्डबाटै अनुमति प्राप्त संस्था नासा सेक्युरिटिज् कम्पनी लिमिटेड (स्टक ब्रोकर नम्बर ५८) ले पछिल्लो केही समयबाट संस्थासँग असम्बन्धित व्यक्तिको ईमेलमा समेत आफ्नो संस्थाबाट खाता खोली कारोबार गर्न आग्रह गर्दै ईमले पठाइरहेको छ ।

    फेसबुकमा सुनिल नेपाल नासा सक्यूरिटिजबाट आफूलाई प्राप्त ईमेल आएपछि अनौठो मान्दै भन्छन्, ‘मलाई अचम्म लागेको छ । कसरी यी ब्रोकर कम्पनीले मेरो व्यक्तिगत ईमेल कहाँबाट प्राप्त गरिरहेका छन् ।

    म मात्रै होइन अन्य हजारौंलाई पनि यस्तै ईमेल गएको छ । यसमा डेटा प्राइभेसी र डेटा चोरी सबैभन्दा ठूलो समस्या हो । कसले यसरी यो ब्रोकर कम्पनीलाई यति ठूलो संख्यामा ईमेल उपलब्ध गरायो ?’

    उनको यो पोस्ट त एउटा उदाहरण मात्र हो । केही समययता सामाजिक सञ्जालमा यस्ता हजारौं पोष्ट भएका छन् । जसले नासा सक्युरिटिजको उक्त कदमको बिरोध गरिरहेका छन् ।

    कारण उही हो, उक्त कम्पनीले अनाधिकृत रुपमा व्यक्तिगत विवरण संकलन गरी त्यसको दुरुपयोग गरिरहेको छ । यसरी अनधिकृत रुपमा व्यक्तिगत विवरण संकलन गरी त्यसमा विज्ञापन गर्नु कत्तिको जायज हो ? यो विषयमा हामीले सुरुमा नेपाल स्टक एक्सचेन्जका सूचना अधिकारी मुराहरी पराजुलीसँग कुरा गर्‍यौं ।

    जवाफमा उनले भने, ‘धितोपत्र बोर्डले बनाएको व्यावसायिक आचार संहिताले कुनै पनि ब्रोकर कम्पनीले आफ्नो ब्रोकर कम्पनीको पर्वद्धनका लागि विज्ञापन गर्न नपाउने उल्लेख गरेको छ ।’

    पराजुलीको आशय यो विषय धितोपत्र बोर्डसँग बढी सम्बन्धित रहेको तर्फ इंगित देखिएपछि हामीले धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीलाई सम्पर्क गर्‍यौं । उनले भने, ‘यो विषय हिजोमात्रै मैले पनि थाँहा पाएको थिएँ ।’

    निर्देशक गिरीलाई एकजना साथीले धेरै जनाको फेसबुक स्टाटस संकलन गरी पठाएका रहेछन् । उक्त म्यासेज आएसँगै सम्बन्धित शाखालाई यो विषयमा बुझ्न निर्देशन दिइसकेको उनले बताए ।

    उनले भने, ‘उक्त ब्रोकरले कहाँबाट ईमेल एड्रेस संकलन गर्‍यो भन्ने विषयमा अध्ययन हुनेछ ।’ तर, यसरी संस्थासँग असम्बन्धित व्यक्तिलाई ईमेलमार्फत विज्ञापन गर्नु कत्तिको जायज हो त ?

    हामीले गरेको प्रश्नमा जवाफ दिँदै उनले भने, ‘ब्रोकर कम्पनीले हाम्रो कम्पनीबाट यति छूट दिन्छु, यो गर्छु भनेर विज्ञापन गर्न नपाउने भनेर तोकिएको छ ।’

    निर्देशक गिरीको यो भनाइले यतिसम्म स्पस्ट भयो कि ग्राहकलाई प्रलोभनमा पारेर विज्ञापन गर्नु धितोपत्र बोर्डको कानून विपरित हो । ठ्याक्कै उक्त कम्पनीले प्रलोभन गर्ने खालकै ईमेल नपठाएको भएतापनि विभिन्न व्यक्तिलाई ईमेल गरेर आफूसँग जोडिन आग्रह गर्नु पनि आफैंमा विज्ञापन नै हो ।

    त्यसपश्चात हामीले सम्बन्धित कम्पनी नासा सेक्युरिटिजका प्रबन्ध निर्देशक मदन पौडेलसँग कुरा गर्‍यौं । उनले सगर्व रुपमा पाठ पढाउँदै भने, ‘हाम्रो स्रोतबाट प्राप्त भएका ईमलेहरुमा हामीले ईमले पठाएका हौं । यसलाई ईमेल नोटिफिकेशन मात्रै मान्नुस् न !’

    ईमेल नोटिफिकेसन तपाईंको संस्थासँग असम्बन्धित व्यक्तिलाई पठाउने मिल्छ त ? हाम्रो अर्को प्रश्नको जवाफमा उनले अगाडि भने, ‘उदाहरणका लागि माईक्रोसफ्टबाट कुनै ईमेल आयो रे ! उक्त ईमेल तपाईंको लागि सम्बन्धित छ भने तपाईं राख्नुहुन्छ । नत्र डिलिट गर्न सक्नुहुन्छ ।

    हामीले पठाएको ईमेललाई पनि त्यस्तै सोच्नुस् न ! हामीले हाम्रा केही स्रोतबाट ईमले प्राप्त गर्‍यौं । त्यसैका आधारमा ती ईमेल पठायौं । अनावश्यक भए डिलिट गर्न सक्नुहुन्छ ।’

    उनको यो जवाफले प्रयोगकर्ताको गोपनीयताप्रति नासा कम्पनी कति उत्तरदायी छ भन्ने विषय छर्लंङ्ग हुन्छ । हामीले उनलाई उक्त ईमेल कम्पनीलाई कहाँबाट प्राप्त भएको हो खुलाई दिन भन्दै आग्रह गर्‍यौं । उनले सहजै जवाफ दिए, ‘ईमेल त जहाँबाट पनि पाइन्छ नि !’

    अनि ईमले प्राप्त भयो भन्दैमा तपाईंको संस्थासँग असम्बन्धित व्यक्तिलाई ईमेल पठाउन मिल्छ त ? कानूनले त यसो गर्न दिँदैन नि ?

    उनले यो विषलाई समेत सोझै नकार्दै भने, ‘हामीले पत्रपत्रिका, सामाजिक सञ्जालमा विज्ञापन गरेका त छैनौं क्यारे । धितोपत्र बोर्ड ऐनले लोभ्याउने खालको विज्ञापन गर्न नपाउने भनेको छ । यसरी ईमेलमार्फत जानकारी गराउनै नपाउने त भनेको छैन ।’

    उनले अगाडि बढ्दै भने, ‘यसरी ईमेलमार्फत व्यक्तिलाई जानकारी पठाउन नपाउने कानुन नै नेपालमा छैन । विदेशमा मात्रै हो । विदेशमा भए यस्ता ईमले पैसा तिरेर किन्न पाइन्छ ।’

    वास्तवमा विभिन्न देशमा भएका प्रावधानको गफ दिने उनलाई आफ्नै देश नेपालको कानुन बारे भने थाहा रहेनछ । नेपालको विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा १० मा कुनै पनि व्यक्तिको मन्जुरी नलिई ईमेल वा एसएमएसबाट विज्ञापन गर्न नपाउने व्यवस्था छ ।

    नेपालको विज्ञापन ऐन मै रहेको यो प्रावधानबारे हामीले प्रश्न गर्दा उनले पछि हट्दै भने, ‘हामी प्रविधिको क्षेत्रमा नयाँ छौं । गर्दै सिक्दै छौं । त्यही सिक्ने क्रममा यस्तो भएको हो । भोलिका दिनमा अध्ययन गर्दै अघि बढ्ने कुरा त छँदैछ ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑