काठमाडौं | जनता समाजवादी पार्टी जसपाका नेताहरुले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने भएका छन्।
आज बसेको जसपा कार्यकारी समितिको बैठकपछि साँझ दलका शीर्ष ५ नेता प्रधानमन्त्रीलाई भेट्न बालुवाटार जाने भएका हुन्।
पछिल्लो पटक विकसित राजनीतिक घटनाक्रममा पार्टीको भूमिकाबारे प्रधानमन्त्री ओलीलाई स्पष्ट पार्न साँझ भेट हुन लागेको हो।
जसपाको आजको बैठकले भोलि संसदीय दलको बैठक बसेर नेता छान्ने निर्णय पनि गरेको नेता केशव झाले जानकारी दिए।
संसदीय दलको बैठक भोलि दिउँसो १ बजेका लागि बोलाइएको छ।