वीरगंज। कृष्णा कुशवाहा। सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट पर्साको प्रसौनीमा आज उदघाटन भएको छ। पर्साको बिन्दबासिनी गाउँपालिका वाड न.५ प्रसौनीमा आज सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोष्ट(बिओपी) स्थापना गरि एक कार्यक्रम विच उदघाटन कार्यक्रम समपन भएको छ।
यस अघि पर्सामा १६ ओटा बिओपी रहेकोमा प्रसौनीमा सशस्त्र प्रहरीको १७ औं बिओपी स्थापना भएको हो।
बिओपी उद्घाटन गर्दै सशस्त्र छिन्नमस्ता बाहिनी महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक (डिआइजी) चन्द्र प्रकाश गौतमले सीमा क्षेत्रमा हुने लागुपदार्थ ओसारपसार , चेलीबेटी बेचबिखन , अवैध चोरीपैठारी नियन्त्रण गरेर शान्ति सुरक्षा स्थापना गर्न बिओपी स्थापनाले सहयोग पुर्याउने बताए।उनले सशस्त्र प्रहरीले जनताको दैनिक समस्यालाई व्यावहारिक हिसाबले हेर्ने बताउदै सशस्त्र प्रहरीलाई शान्ति सुरक्षामा सघाउन स्थानीयसंग अनुरोध गरे।
स्थानीय जनतालाई दुख नदिन र नागरिक हितलाई प्राथमिकतामा राखेर काम गर्न पनि मातहतका सशस्त्र प्रहरीलाई निर्देशन दिए। सशस्त्र प्रहरी जनता को सेवक को रुपमा काम गर्छ । खुल्ला सीमानाको कारण अवैध चोरी तस्करी, वन पैदावारको तस्करी, हातहतियार ओसारपसार, लुटपाट, सीमा अतिक्रमण सीमा अपराध तथा सीमा विवाद जस्ता गहन समस्याहरू देखिएका कारण बिओपी स्थापना गर्नुपरेको उनको भनाई थियो।
बिओपी उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले सुरक्षा राज्यको सबैभन्दा महत्त्वपूर्ण पक्ष भएको बताउदै बिओपी स्थापनाले सिमावर्ती सिमा क्षेत्र र शान्ति सुरक्षाको अवस्था मजबुत हुने विश्वास व्यक्त गरे।
कार्यक्रमका विशिष्ठ अतिथिको रूपमा बोलेदै बिन्दबासिनी गाउँपालिका प्रमुख श्रीलाल शाहले सशस्त्र प्रहरी जनताको हितको लागि भएको उल्लेख गर्दै बिओपी स्थापनाले सिमावर्ती क्षेत्रका स्थानीयलाई सास्ती हुने भ्रम नप्रन आग्रह गरे। सशस्त्र प्रहरी को बिओपी उदघाटनले जनता खुशी भएका छन बाढीपिडित क्षेत्रमा सशस्त्र प्रहरी को सहयोग र उधार कर्यमा सराहनिय रहेको अधयक्ष गुप्ता ले बताए । सिमावर्ती क्षेत्रको अपराध नियन्त्रणमा सशस्त्र प्रहरीको भुमिका महत्त्वपूर्ण हुने बताउदै नागरिकका व्यवहारिक पक्षलाई पनि ध्यान दिन प्रहरीसंग अनुरोध गरे।
प्रसौनीमा स्थापना भएको बिओपीले बिन्दबासिनी गापा वडा ३ र ४ मा पर्ने करीब ४ किलोमिटर लम्बाईको सिमा क्षेत्रमा रेखदेख गर्ने सशस्त्र प्रहरीले जानकारी दिएको छ।उक्त कार्यक्रममा पर्साका सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खडका, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक बेल बहादुर पाण्डे, वीरगंज भन्सार कार्यालय पर्साका प्रमुख महेश आचार्य,बिन्दबासिनी गाउँपालिकाकी उपप्रमुख किरण गुप्ता, सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट अमरपतिका सशस्त्र प्रहरी निरिक्षक निरन्जन कार्की,मिर्जापुरका सशस्त्र प्रहरी निरिक्षक भिम रावल, भिस्वाका सशस्त्र प्रहरी निरिक्षक संजिब बानिया, स्थानीय संघसंस्थाका प्रतिनिधिहरु तथा पत्रकार हरुको पनि उपस्थिति रहेको थियो ।