काठमाडौं : बडा दशैंको अवसर पारेर पूर्वराजा ज्ञानेन्द्र शाहले देशवासीका नाममा भन्दै सन्देश जारी गरी वर्तमान व्यवस्था र राजनीतिक दलहरुप्रति तिखो प्रहार गर्ने तयारी गरेका छन् । यसका निम्ति उनले आफ्ना सचिवालयका अधिकारी र विस्वासपात्रसँग छलफल गरिरहेको बताईन्छ ।
त्यस्तै दशैंको मुखमा पूर्वराजा ज्ञानेन्द्र शाहले काठमाडौ उपत्यकाको १० वटा शक्तिपीठको दर्शन गर्ने भएका छन् । उनले बडादशैंको अवसरमा महाअष्टमीको दिन उपत्यकाका रहेका शक्ति पीठहरूको दर्शन गर्ने भएका हुन् ।
पूर्वराजा शाहले महाअष्टमीको दिन अपरान्ह उपत्यकाका १० वटा शक्ति पीठहरुमा दर्शन गर्ने कार्यक्रम रहेको उनी निक श्रोतले बताएको छ ।
महाअष्टमीको दिन उनले नक्साल भगवती, गुह्यश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, संकटा, नरदेवी, रक्तकाली, शोभा भगवती र ईन्द्रायणीको दर्शन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
यसपालीको दशै टिकाको शुभसाईत १०ः२३ मा रहेको छ । सबैभन्दा पहिला शाहले आमा रत्नको हातबाट टिका लगाउनेछन् । आफन्तजनहरुलाई टिका लगाईदिएपछि शाहले विजयादशमीको दिन अपरान्हपछि दशैको टीका लगाइदिने कार्यक्रम रहेको जनाइएको छ । उनले सर्वसाधारणलाई पनि टिका लगाउने कार्यक्रम रहेको छ ।