काठमाडौं | प्रतिनिधिसभा पुनस्र्थापनाको खुसीयालीमा एकले अर्कोलाई लड्डु खुवाएर नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले खुशी साटेका छन् ।
पुस ५ गते प्रधानमन्त्री केपी ओलीले विघटन गरेको प्रतिनिधिसभालाई मंगलबार सर्वोच्च अदालतले पुनस्र्थापना गरेपछि प्रचण्ड र नेपालले खुशीयाली मनाएका हुन् । चितवनमा रहेका प्रचण्ड र नेपालले सबैलाई खुशीयाली मनाउन अपीलसमेत गरेका छन् ।
प्रतिनिधिसभा पुनस्र्थापना गर्दै सर्वोच्चले १३ दिनभित्र संसद बैठक बोलाउनसमेत आदेश जारी गरेको छ । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित भएको थियो ।
सत्तापक्षको नेतृत्व ओलीले गरेका थिए भने प्रतिनिधिसभा पुनस्र्थापना हुनुपर्ने माग राख्दै प्रचण्ड र नेपालले नेतृत्व गरेको समूह सडक संघर्षमा थियो ।