• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    ६६ लाख ग्रामीण बासिन्दाको पहुँचमा छैन आयोडिनयुक्त नुन

  • वीरगंज संजाल
  • Feb 20, 2021, 7:08 am
  • ३७७३

    वीरगंज । स्वास्थ्यका दृष्टिकोणले खानामा आयोडिनयुक्त नुन प्रयोग गर्नुपर्ने भए पनि नेपालमा ग्रामीण भेगका ६६ लाख मानिसले अझै ढिके नुन प्रयोग गर्दै आएको पाइएको छ ।

    ढिके नुनको प्रयोगले मानिसको स्वास्थ्यमा गम्भीर असरहरू देखापर्ने गर्छ । तर आयोडिनयुक्त नुनभन्दा ढिके नुुन सस्तो पर्ने भएकाले ग्रामीण भेगका मानिसले ढिके नुनकै प्रयोग गरिरहेको स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा अन्तर्गत पोषण शाखाका प्रमुख केदार पराजुली बताउँछन् ।

    त्यसो त, आयोडिनयुक्त नुन पनि अधिव सेवनले शरीरलाई नोक्सान नै गर्दछ । तर आयोडिनयुक्त नुन प्रयोग गर्नेहरुले पनि स्वास्थ्यको मापदण्ड ख्याल नगरी बढी प्रयोग गरिरहेको पाइएको छ ।

    स्वास्थ्य मापदण्डअनुसार एकजनाले दैनिक ५ ग्रामभन्दा कम नुन प्रयोग गर्नुपर्छ । तर, नेपालको सन्दर्भमा प्रतिदिन औसतमा ९.१ ग्राम नुन प्रयोग गर्दै आएको पाइएको छ । हालै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नसर्ने रोगको जोखिम कारक हेर्ने ‘स्टेप सर्भेक्षण २०१९’ मा यो तथ्य प्रकाशमा आएको हो ।

    एकजनाले दैनिक ५ ग्रामभन्दा बढी नुन सेवन गर्दा नसर्ने रोगको जोखिम बढ्ने पोषण शाखाका प्रमुख केदार पराजुलीले बताए ।

    विश्व स्वास्थ्य संगठनकाअनुसार, ५ देखि ५९ महिनाका बालबालिकालाई ९० माइक्रोग्राम, ६ देखि १२ वर्षसम्मका बालबालिकालाई १३० माइक्रोग्राम, वयस्कहरूलाई १५० माइक्रोग्राम र सामान्य अवस्थाका गर्भवती तथा सुत्केरीले २५० माइक्रोग्राम आयोडिन नुन दैनिक रूपमा सेवन गर्नुपर्छ ।

    सरकारले नेपाल साल्ट ट्रेडिङ कर्पोरेशनद्वारा उत्पादित ‘दुई बालबालिका चिह्न अंकित आयो नुन’ दैनिक रुपमा सेवन गर्न अनुरोध गर्दै आएको छ । तर, विभागले ढिके नुनको आयात बन्द गर्न साल्ट ट्रेडिङ कर्पोरेसनलाई पत्राचार गरे पनि ढिके नुनको आयात र प्रयोगलाई प्रतिवन्ध लगाउन सकेको छैन ।

    नेपाल साल्ट ट्रेडिङ कर्पोरेशनका महाप्रवन्धक कुमार राजभण्डारीले अझै ढिके नुनको आयातमा प्रतिबन्ध लगाउन नसकिएको बताए ।

    ‘ढिके नुन नेपालमा प्रतिवन्ध लगाएकै अवस्थामा पनि नेपाल–भारत खुला सीमा भएकाले सजिलै भारतबाट ल्याएर प्रयोग गर्न सक्ने अवस्था छ,’ उनले भने ।

    उनका अनुसार, नेपालमा साल्ट ट्रेडिङको ‘आयो नुन’ वार्षिक दुई लाख टन खपत हुन्छ । नुनको कुल मागमा यो ७५ प्रतिशत हो । मागको २५ प्रतिशत भने ढिके नुन खपत हुने गर्छ ।

    खपत भएको आयोडिनयुक्त नुनमध्ये कति प्रतिशत व्यावसायिक क्षेत्र वा उद्योग, कलकारखानाबाट उत्पादन हुने खाद्यवस्तुमा प्रयोग गरिन्छ र कति प्रतिशत आयोडिनयुक्त नुन घरघरमा सेवन गरिन्छ भन्ने तथ्यांक महाशाखासँग छैन ।

    मानिसलाई दैनिक रूपमा कम मात्रामा चाहिने तर, नभइ नहुने पोषक तत्व हो आयोडिन । यसका लागि आयोडिनयुक्त नुन प्रयोग गरिन्छ ।

    ढिके नुनमा आयोडिनको मात्रा न्यून हुने र यसलाई पखालेरमात्र प्रयोग गर्नुपर्नाले थोरै मात्रामा रहेको आयोडिन पनि पखालिने पोषण शाखाका प्रमुख पराजुली बताउँछन् ।

    सन् १९१९ मा गरिएको एक अध्ययनले नेपालमा आयोडिनको कमीले बालबालिकाहरू शारीरिक र मानसिक रूपमा कमजोर भएको पाइए पनि वर्तमान समयमा आयोडिनयुक्त नुनको प्रयोगले ती समस्या कम हुँदै गएको उनको भनाइ छ ।

    यस्तै आयोडिनको कमीले गर्भमा रहेको बच्चा खेर जाने, जन्मिएका शिशु पनि शारीरिक र मानसिक रूपमा पूर्ण रूपले विकास नहुने पाइएको प्रमुख पराजुली बताउँछन् ।

    आयोडिनको कमीले गलगाँड, शारीरिक र मानसिक रूपमा अशक्त हुने जस्ता समस्या निम्त्याउँछ । आयोडिनको कमीबाट हुने स्वास्थ्य समस्याको उपचार नरहेको भन्दै उनले आयोडिनयुक्त नुनमात्रै खान सबैलाई आग्रह गरे ।

    नेपालले आयोडिनको कमीले हुने शारीरिक विकृति नियन्त्रण गर्न सन् १९७३ देखि लिइएका नीति तथा रणनीतिहरुको परिणामस्वरुप हाल त्यस्ता शारीरिक विकृतिको स्थितिमा निकै सुधार आएको छ । सन् २०१६ मा गरिएको नेपाल नेशनल माइक्रोन्युट्रिन्ट स्टाटस सर्भेक्षणका अनुसार यो कार्यक्रमको सफलताले गर्दा नेपालका ९० प्रतिशतभन्दा बढी घरपरिवारले आयोडिनयुक्त नुन खाइरहेका छन् ।

    विद्यालय जाने ६ देखि ९ वर्ष उमेर समूहका बालबालिकाहरू, १५ देखि ४९ वर्षका महिलाहरू तथा १५ देखि ४९ वर्षका गर्भवती महिलाहरूको पिसाबमा निष्काशन हुने आयोडिनको मात्रा कमशः ३१४ माइक्रोग्राम प्रतिलिटर, २८६ माइक्रोग्राम प्रतिलिटर र २४१ माइक्रोग्राम प्रतिलिटर देखिनुले पनि यी उमेर समूहका मानिसहरूमा आयोडिनको कमी नभएको देखाएको छ । विश्व स्वास्थ्य संगठनले कुनै पनि देशमा आयोडिनको कमीको समस्या छैन भन्नका लागि त्यस देशका जनताको पिशाबमा निष्काशन हुने आयोडिनको मात्राको निर्धारित विन्दु १०० माइक्रोग्राम प्रतिलिटरभन्दा बढी हुनपर्ने तोकेको छ ।

    कम्तीमा ९० प्रतिशत घरपरिवारले उपयुक्त मात्रामा आयोडिन भएको नुन आयोडिनको मात्रा १५ पिपिएमभन्दा बढी भएको वा खाएको हुनुपर्ने भनेको छ । यी दुवै सूचकमा नेपालले प्रगति गरेको छ ।

    अधिक मात्रामा नुन सेवन गर्दा यस्ता समस्या देखिन्छन्

    — प्र्रशोधित खानेकुरामा राखिने नुनले पेटमा क्यान्सरसमेत हुन सक्छ ।

    — मापदण्डभन्दा बढी नुन सेवन गर्दा मुटुरोग, मस्तिष्कमा समेत असर पु¥याउँछ ।

    — धेरै नुन सेवनले शरीरका रसायनहरुमा असन्तुलन भइ मृत्युसमेत हुनसक्छ ।

    —आवश्यकताभन्दा बढी नुनको सेवन गर्नेहरूमा पक्षघात, हृदयाघात, मधुमेह जस्ता रोगको खतरा बढ्छ ।

    — बढी नुन सेवनले मिर्गौलामा क्याल्सियमको मात्रा बढ्छ भने यसले पत्थरीको समस्या निकाल्न सक्छ ।

    — नुनको अत्याधिक सेवनले हात, खुट्टा, अनुहार सुन्निन पनि सक्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लायन्स क्लब अफ बिरगंज मेट्रो सिटीद्धारा भोटेकोशी-त्रिशुली बाढीका मृतकप्रति श्रद्धाञ्जली सभा सम्पन्न ।
  • सीएमए संघको २३औं वार्षिकोत्सवमा रक्तदान, १ महिला सहित २८ जनाले गरे रक्तदान
  • प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत
  • बाढी–पहिरो अपडेट
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लायन्स क्लब अफ बिरगंज मेट्रो सिटीद्धारा भोटेकोशी-त्रिशुली बाढीका मृतकप्रति श्रद्धाञ्जली सभा सम्पन्न ।

    सीएमए संघको २३औं वार्षिकोत्सवमा रक्तदान, १ महिला सहित २८ जनाले गरे रक्तदान

    प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत

    बाढी–पहिरो अपडेट

    उद्योगमन्त्रीमा दीपक कुमार साहको नाम सिफारिस

    मधेश प्रदेश : ६ वर्षमा २८ हजार ८३ भवन निर्माण

    ३ वर्षीया बालिका बलात्कारपछि हत्या प्रकरण : दुई नाबालक बाल सुधार गृह पठाइए

    वीरगञ्जको होटलबाट १०० ग्रामभन्दा बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ

    क्यासिनो छापा प्रकरणमा नयाँ ट्विस्ट : यादवसँगै जिराभवानी अध्यक्ष चौधरी पनि जुवा खेलिरहेको भिडियो सार्वजनिक

    पोखरिया अस्पतालमा दरबन्दीभन्दा बढी कर्मचारी, तर एक्सरे र ल्याब सेवा प्रभावित; बिरामी निजी संस्थामा महँगो शुल्क तिर्न बाध्य

    सीएमए संघको २३औं वार्षिकोत्सवमा रक्तदान, १ महिला सहित २८ जनाले गरे रक्तदान

    प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत

    बाढी–पहिरो अपडेट

    उद्योगमन्त्रीमा दीपक कुमार साहको नाम सिफारिस

    मधेश प्रदेश : ६ वर्षमा २८ हजार ८३ भवन निर्माण

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    लायन्स क्लब अफ बिरगंज मेट्रो सिटीद्धारा भोटेकोशी-त्रिशुली बाढीका मृतकप्रति श्रद्धाञ्जली सभा सम्पन्न ।

    News

    सीएमए संघको २३औं वार्षिकोत्सवमा रक्तदान, १ महिला सहित २८ जनाले गरे रक्तदान

    News

    प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत

    News

    बाढी–पहिरो अपडेट

    News

    उद्योगमन्त्रीमा दीपक कुमार साहको नाम सिफारिस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑