• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    चार वर्षसम्म फर्केन चिलगाडी

  • वीरगंज संजाल
  • ६ फाल्गुन २०७७, बिहीबार १६:१६
  • ३५२१

    कालिकोट ।  जिल्लाको नरहरीनाथ गाँउपालिका–१ मा रहेको सुनथराली विमानस्थल कालोपत्रे हुन थालेको छ । विश्वभरी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको त्रासका कारण लामो समय लकडाउन हुँदा काम अवरुद्ध भएको विमानस्थल अहिले कालोपत्रे सुरु भएको हो । 

    चालु आर्थिक वर्षभित्रै नियमित उडान गर्ने गरी तयारीका साथ विमानस्थल कालोपत्रे भइरहेको छ । झण्डै ३८ वर्षदेखि निर्माणा भइरहेको रहेको उक्त विमानस्थल बल्ल संचालनको तयारी अवस्थामा पुगेको हो । 

    झन्डै चार दशकदेखि निर्माणाधिन अवस्थामा रहेको विमानस्थलबाट २०७३ सालमा तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाहीको सक्रियतामा परीक्षण उडान गरिएको थियो । 

    परीक्षण उडानपछि ठप्प बनेको विमानस्थलको कालोपत्रे गर्न सुरु भएपछि यहाँका नागरिक खुसी भएका छन् । निर्माण सुरु भएको चार दशकसम्म परीक्षण उडानमै सिमित यो विमानस्थल गौचरनको रुपमा परिणत भएको थियो ।

    विमानस्थल निर्माण आयोजनाका प्रमुख निर्माण व्यवसायी पदमबहादुर खड्काका अनुसार विमानस्थलको घेरबार र धावनमार्ग निर्माण गर्ने काम सकिसकेको छ । पिच गर्ने काम सुरु गरेका छौँ । निर्माणमा अवरोध नभएमा आउने वैशाखसम्म विमानस्थलको काम पुरा गरेर हस्तान्त्रण गर्ने तयारी छ । गौरी पार्वती श्याम एण्ड शंकर जेबीले विमानस्थललाई कालोपत्रे गर्ने जिम्मा पाएको छ ।  १२ करोड ३५ लाखको लागतमा १८ महिना भित्र काम सम्पन्न गर्ने गरी गत साउनमा ठेक्का सम्झौता गरेको थियो । 

    २०७३ माघ २९ गते परीक्षण उडान भएको विमानस्थलमा अहिलेसम्म नियमित उडान हुन नसकेको भन्दै स्थानीय दुःखी छन् । विमानस्थलको कालोपत्रे गर्न कार्य भइरहेकाले नियमित उडानका लागि अब धेरै समय कुर्ने नपर्ने आयोजना प्रमुख खड्काले बताए । 

    ‘वैशाख महिनासम्म निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम गरिरहेका छौँँ’, प्रमुख खड्काले भने, ‘स्थानीयले निर्माणमा केही अवरोध गरेका छन् । गाउँपालिकाले सहयोग गरिरहेको छ ।’ 

    विमानस्थलको काम हालसम्म जम्मा ६५ प्रतिशत सम्पन्न भइसकेकोे दाबी उनको छ । समयमै निर्माण सम्पन्न गर्नमा गाउँपालिकाको तर्फबाट भरपुर सहयोग भइरहेको नरहरीनाथ गाउँपालिका अध्यक्ष धीरबहादुर विष्टले बताए ।

    विमानस्थलस्थित टावर रहेको भवन स्थानीय केटाकेटीको शौच गर्ने ठाँउमा परिणत भएको थियो  । ‘२०७३ सालमा आएको चिलगाडी फेरि फर्किएन । २०७३ सालमा पहिलो पटक गाउँमा चिलगाडी आउँदा आफूहरुले जहाज चड्ने सपना देखेका थियौँ’, स्थानीय नेत्र विष्टले भने, ‘जिल्लाको कान्छो पलाँता भनेर चिनिएको हाम्रो गाँउपालिकाका स्थानीय नागरिकले राहत पाउने आशा थियो । तर त्यो सपना अझै पुरा भएको छैन् ।’ 

    लामो समयदेखि बन्द भएको विमानस्थल निर्माणको काम पुन सुरु भएर कालेपत्रे हुन थालेपछि मनमा खुसी फर्किएको उनले बताए । ‘जुन दिन सुनथरालीमा चिलगाडी आउँछ । त्यसपछि हाम्रो सपना पनि पुरा हुनेछ’, उनले थपे ।  
      
    विमानस्थल निर्माणका क्रममा तत्कालीन नेकपा माओवादी र राज्यपक्ष बीचको दश वर्षे सशस्त्र द्वन्द्वका बेला २०५८ सालमा स्थानीय र धादिङ जोगीमाराका ३५ जना कामदारको मृत्यु भएको थियो । त्यसपछि विमानस्थलको काम बन्द भयो । 

    २०६३ सालमा मुलुकमा शान्ति भएपछि पुन निर्माणको कार्य सुरु भए पनि कछुवाको गतिमा काम भयो । २०४२ सालबाट निर्माण कार्य थालिएको उक्त विमानस्थल परीक्षण उडानमा मात्रै सीमित छ । निर्माण सुरु भएको ३८ वर्षसम्म जम्मा ६५ प्रतिशत मात्र काम सम्पन्न भएको हो । अझै उक्त विमानस्थलको ३५ प्रतिशत काम बाँकी छ । यो विमानस्थल निर्माणमा यसअघि करिब ३४ करोड बजेट खर्च भइसकेको आयोजनाले जनाएको छ ।  

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन
  • दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन
  • आज आइतबारको राशिफल
  • जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    News

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    News

    आज आइतबारको राशिफल

    News

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    News

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑