वीरगंज | नेपाली कांग्रेस,पर्सा द्धारा नेपाल र भारत सिमा वीच अवस्थीत रहेको वीरगंजको प्रमुख सिमा नाका खोल्न दबाव दिनका लागि जिल्ला प्रशासन कार्यालय,पर्सा मार्फत नेपाल सरकारमा ज्ञापन पत्र बुझाएको छ।
नेपाल सरकारले कोभिद १९ काे महामारी अवस्थामा बन्द रहेका सीमा नाकाहरुलाई खोली सहज रुपमा आवत जावतलाई व्यस्तित गर्ने निर्णय गरिसकेका भयता पनि वीरगन्ज – रक्सौल (भारत) लगायत यस जिल्लमा अन्य सीमा नाकाहरु हाल सम्म पनि सहज सवारी साधन सञ्चालन नभएको हुँदा यस भेगका उद्योगी – व्यवसायी , पर्यटक एवंम् सर्वसाधारण जनताको समेत दिनानु दिनको काम काज एवंम् आवत जावत गर्न असहज स्तिथि व्यहेर्नु परेको प्रति
नेपाली काँग्रेस पर्सा काे गम्भीर ध्यनाकर्षण भयेको छ
नेपाल भारत सीमा काे प्रमूख नाका रूपमा रहेको
औद्योगिक नगरी वीरगन्ज र यस भेगका आम जनताको मित्र राष्ट्र भारत संग रोटी बेटीको सम्बन्ध देखि उद्योग, व्यवसाय, शिक्षा ,स्वास्थ्य, पर्यटन लगायत दैनिक काम काजको लागि समेत सीमा नाका बात सवारी साधन आवत जावत सहज हुनु अति नै आश्यक रहेको प्रति नेपाल सरकार गृह मन्त्रालय काे ध्यानाकर्षण गराउँदै हाम्रो माग अविलम्ब सम्बोधन होस् भनी नेपाल काँग्रेस पर्सा
यो ज्ञापन पत्र मार्फत अनुराेध गर्दछौं
प्र.जि.अ आसमान तामाङलाई नेपाली कांगरेस पर्सा का अध्यक्ष अजय कुमारद्विवेदी ले बुझाउनु भएको थियो सो कार्यक्रममा उप-सभापति दीना प्रसाद गुप्ता सचिव श्याम पटेल बीरगंज महानगरपालिका का उप मेयर शांति कार्की ,पर्सा गढ़ीका मेयर लोक नारायण यादव नेता नरेंद्र साह, बिजय उपाध्याय, अरबिंद गुप्ता,रबी चौरसिया,मनोहर कुमार साह,बद्री नारायण तिवारी,बिजय पौडेल,महिला संधकी अध्यक्ष बिद्या श्रेष्ठ,उत्तमा पोखरेल,रूपा देबि श्रेष्ठ,किरण सरकार मिंटू देबि सिंह,मीकू सिंह लगायत नेता कार्यकर्ताहरू को उलेखनीय उपस्थिति रहेको थियो।