• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    बजेट अभाव हुँदा सिमसारको संरक्षण र व्यवस्थापनमा चुनौती

  • वीरगंज संजाल
  • २१ माघ २०७७, बुधबार १२:०१
  • २८४१

    बिरगंज। पर्याप्त बजेट अभाव हुँदा सिमसारको दिगो उपयोग, यसको प्रयोजन र व्यवस्थापन चुनौती बन्दै गएको छ। बजेटकै कारण कृषि, सिँचाइ, वातावरण, ग्रामीण पर्यटन, जैविक विविधता र जनावर स्थानीय जनताका लागि आयआर्जनको माध्यम भए पनि यसको उचित व्यवस्थापन गर्न नसकिएको हो।

    त्यस्तै भावी पुस्तालाई सुन्दर पृथ्वी हस्तान्तरण गर्न सिमसार क्षेत्रको पहिचान, अस्तित्व र महत्वलाई सबैले बुझ्न जरुरी छ तर त्यतातर्फ ध्यान गएको देखिँदैन। विश्वका करिब आधा जनसङ्ख्या हाल शहरी क्षेत्रमा बसोबास गर्दछन्। मानिसको बसाइ, रोजगारी र राम्रो अवसरका लागि शहरतिर जाने क्रम सन् २०५० सम्म बढ्ने देखिन्छ।

    विकास क्रमको एक महत्वपूर्ण मानक शहरीकरण नै हो। हाल एक करोडभन्दा बढी जनसङ्ख्या भएका शहरको सङ्ख्या सन् २०३० सम्ममा ३१ बाट बढेर ४१ वटा पुग्ने आँकलन गरिएको छ।

    यसरी द्रूत गतिमा बढ्दो शहरी जनसङ्ख्याले शहरी योजनाकार तथा व्यवस्थापकरूका लागि थप चुनौती बन्दै गएको छ। शहरी व्यवस्थापनले बसोबास, यातायात, पानी र अत्यावश्यक भौतिक सुविधाको अतिरिक्त तिनको सुरक्षा, बासयोग्यता र वातावरणमैत्री सूचकलाई सुनिश्चत गर्नुपर्दछ। यसरी बढ्दो शहरीकरणसँगै बढ्दै गइरहेको उद्योग कलकारखाना र वन विनाशले जलवायु परिवर्तन दिनानुदिन बढ्दै गइरहेको छ।

    सिमसार के हो ?

    पूर्ण रुपमा पानीले भिजेको क्षेत्र प्राकृतिक रुपले बनेको तथा कृत्रिम रुपले बनाइएको, स्थायी वा अस्थायी रुपले जमेको पानी, जमीन मुनिको पानी वा वर्षाले जमेको अथवा बगेको पानीको क्षेत्रलाई सिमसार भन्ने गरिन्छ।

    सिमसारले पानीको भण्डारण र सफाई, जैविक विविधताको आश्रयस्थल, खाद्यान्न औषधि र जडिबुटी, दैनिक उपभोग्य चिज वस्तु, सांस्कृतिक धार्मिक र ऐतिहासिक पर्यटकीयस्थल, आदिको उपयोगिता प्रदान गरेको हुन्छ।

    विश्व सिमसार दिवस

    मानव र यो विश्वकै लागि सिमसारको महत्वबारे विश्वव्यापी सचेतना जगाउन प्रत्येक वर्ष फेब्रुवरी–२ मा ‘विश्व सिमसार दिवस’ मनाउने गरिन्छ। गत वर्ष ‘हामी जलवायु परिवर्तन विरुद्ध शक्तिहीन छैनौँ’ भन्ने नारा दिएको थियो भने यसवर्ष ‘सिमसार र पानी’ नारा दिइएको छ। नाराले मानव जीवन र जलवायु परिवर्तनमा सिमसारको महत्वबारे उजागर गर्न खोजेको छ।

    जनसङ्ख्या वृद्धि, शहरीकरण, बढ्दो औद्योगिकीकरणका कारण अधिक जलवायु परिवर्तन गराउने ग्यास उत्पादन हुँदा अतिवृष्टि, अनावृष्टि र अल्पवृष्टिको शिकार हुन थालेको छ। विभिन्न किसिमका नयाँ रोग देखिन थालेको छ।

    सिमसारमा हुने बिरुवा र वनस्पतिले घरायसी तथा औद्योगिक फोहर छान्ने फिल्टरको काम गरी पानीको गुणस्तर सफा राख्न मद्दत गर्दछ। हाम्रो वरपरको पर्यावरणलाई अझ वातावरणमैत्री बनाइ बस्न योग्य बनाउँदछ र हराभरा स्थान दिएर सिमसारले मनोरञ्जन प्रदान गरेको हुन्छ।

    यसबाहेक विभिन्न पंक्षी, उभयचर, किरा, माछा र जनावरको बासस्थान प्रदान गरेर सिमसारले जैविक विविधता संरक्षणमा पनि ठूलो मद्दत गरेको छ।

    मानव बसोबासको विकास सिमसारको संरक्षण र बौद्धिक उपयोगमा निर्भर छ। जनसङ्ख्या वृद्धिसँगै जलवायु परिवर्तनले सिमसारमाथि अतिक्रमण पनि बढिरहेको छ। कतिपय अवस्थामा सिमसारलाई फोहेर वस्तु र पानी विसर्जनस्थल, गौचरण, खेर गएको र अन्य उपयोगको जग्गाको रुपमा लिने गरिएको छ।

    उपयुक्त मर्मत सम्भार र संरक्षण गरिएमा सिमसारले जलवायु परिवर्तनलाई निरुत्साहित गर्ने भए पनि त्यतातर्फ मानिसको ध्यान गएको देखिँदैन। बसोबास क्षेत्रलाई बहुउपयोगी आर्थिक, सामाजिक, सांस्कृतिक, मनोरञ्जनात्मक, शैक्षिक, अनुसन्धानात्मक, लाभ दिइरहने यस्ता क्षेत्रलाई संरक्षण गर्नुको विकल्प छैन।

    जलवायु परिवर्तन र यसबाट हुने जोखिमबारे बुझ्न जरुरी छ र जलवायु परिवर्तन न्यूनीकरण हुने खालका नीति र क्रियाकलाप अबलम्वन गर्न सङ्घीय सरकार, स्थानीय तह र प्रदेश सरकारको ध्यान जानुपर्ने देखिएको छ।

    सिमसार संरक्षणमा नेपाल

    सिमसार संरक्षणमा प्रतिबद्धता जनाउँदै नेपाल सरकारले विश्वका सिमसार संरक्षण गर्नेसम्बन्धी इरानको रामसार भन्ने स्थानमा सन् १९७१ मा सम्पन्न विश्व सम्मेलनबाट पारित ‘रामसार महासन्धि’ सन् १९८८ मा अनुमोदन गरेको थियो। यस महासन्धिका १६९ वटा पक्ष राष्ट्र छन् र यसमा दुई हजार २९३ वटा सिमसार सूचीकृत छन्।

    हाल विश्वको जमीनको चारदेखि छ प्रतिशत भूभाग सिमसारले ढाकेको छ। नेपालमा जम्मा जमीनको करिब पाँच प्रतिशत क्षेत्र सिमसारले ढाकेको छ। नेपालका १० वटा महत्वका ताल, पोखरी र सिमसार क्षेत्र हालसम्म रामसार सूचीमा सूचीकृत छन् भने त्यसमध्ये तीन वटा प्रदेश–१ मा तीन वटा सोलुखुम्बुको गुक्यो ताल, इलामको माइपोखरी र सुनसरीको कोशी टप्पु छन्।

    सन् २०१४ मा राष्ट्रिय सिमसार नीति २०६९ जारी भएपछि नेपालमै पनि सिमसार क्षेत्रबाट पानी संरक्षण, वनस्पति, माछा, उभयचर अन्य जनावरको बासस्थान, परम्परागत जनजातिका लागि खाद्यान्न, दैनिक जीविकोपार्जनका लागि आम्दानी, रोजगारी, सांस्कृतिक र धार्मिक महत्व, पर्यटन प्रवद्र्धन, कार्बन संचिती करणलगायत महत्वपूर्ण लाभ प्राप्त गर्न राज्यस्तरबाट यस क्षेत्रमा काम भइरहेको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम
  • भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    News

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    News

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑