आज:
  • होमपेज / Breaking News

    च्याउ खानाले मुटुदेखि क्यान्सरको जोखिम समेत घटाउँछ, यस्ता छन् च्याउको फाइदाहरु

  • वीरगंज संजाल
  • २० माघ २०७७, मंगलवार १२:०१
  • ३१६१

    वीरगञ्ज । च्याउ एक यस्तो तरकारी हो । जुन बच्चाहरूले सजिलै खाँदैनन् र यो तरकारी प्रायः मानिसहरुको रोजाइमा यो पर्दैन । यद्यपि, च्याउ मन पराउने व्यक्तिहरु पनि छन् । पोषकहरूको सम्बन्धमा भन्ने हो भने च्याउलाई धेरै पौष्टिक मानिन्छ। च्याउमा एमिनो एसिडको उच्च मात्रा हुन्छ जसलाई लाइसिन भनिन्छ, जबकि गहुँ, चामल आदि अन्नहरुमा यसको मात्रा निकै कम हुन्छ ।

    च्याउको फाइदा

    च्याउमा पर्याप्त भिटामिन बि हुन्छ र यसले क्यान्सरजस्तो प्राणघातक रोगका सेलहरुसँग जुध्ने काम गर्छ । त्यसमाथि रक्तप्रवाहसम्बन्धी विभिन्न रोग र विभिन्न रोगको संक्रमणमा समेत यो उत्तिकै प्रभावकारी छ ।

    च्याउ क्यान्सरका कोषसँग लड्छ र च्याउमा भएको लेन्टिनान तत्वले क्यान्सरको उपचारका क्रममा कमजोर भएका क्रोमोजमलाई ठिक पार्ने काम गर्दछ । यसकारण च्याउलाई क्यान्सरको बढी प्रभावकारी प्राकृतिक उपचारका रूपमा समेत लिन सकिन्छ ।

    यो एमिनो एसिड मानवको सन्तुलित आहारको लागि आवश्यक छ। च्याउमा उपस्थित एन्टी ऑक्सीडन्टले हामीलाई फ्रि रेडिकलबाट बचाउँछ। यो एक प्राकृतिक एन्टिबायोटिक हो जसले माइक्रोबियल र अन्य फंगलको संक्रमणलाई निको पार्छ।

    यसले रक्तचाप नियन्त्रण गर्न मद्दत गर्दछ। जो उच्च रत्तचापको समस्याबाट ग्रसित छन्, उनीहरुलाई च्याउ सेवन गर्नु फाइदाजनक हुन्छ ।

    पर्याप्त कार्बोहाइड्रेट भएको कारणले, यसले कब्जियत, अपच, हाइपर एसिडोसिसलगायत पेटका विभिन्न विकारहरू हटाउँछ, साथसाथै शरीरमा कोलेस्ट्रोल र चिनीको अवशोषण कम गर्दछ।

    च्याउले मधुमेहका बिरामीलाई पनि फाइदा पुर्याउँदछ । यसमा भिटामिन, खनिज र फाइबर पाइन्छ । यसमा मधुमेहका विरामीका लागि ज्यान लिने जोखिमपूर्ण मानिने फ्याट, कार्बोहाइड्रेट र चिनी पनि हुँदैन, यसले शरीरमा इन्सुलिन उत्पन्न गर्दछ।

    यसमा लीन प्रोटिन हुन्छ, जुन वजन घटाउनमा निकै प्रभावकारी हुन्छ। मोटापन कम गर्नेहरूका लागि च्याउ निकै राम्रो मानिन्छ । कोलेस्ट्रॉल, फ्याट र सोडियम नुन मुटु रोगीहरुको लागि सबैभन्दा हानिकारक पदार्थ हुन्।

    च्याउमा आइरनको मात्रा थोरै मात्रामा पाइन्छ, तर उपस्थित भएर, रगतमा हेमोग्लोबिनको स्तर कायम गर्दछ। च्याउ स्वादिलो भएको कारण मानिसहरु यसलाई मासुजस्तै मान्दछन् ।

    ब्याक्टेरिया र भाइरस र फङगसहरुसम्बन्धी आक्रमणमा समेत यो च्याउ उत्तिकै प्रभावकारी हुन्छ । रक्तसंचार नियन्त्रण र दुखाईसम्बन्धी रोग घटाउन समेत भूमिका खेल्ने गर्दछ ।

    यसमा बहुमूल्य फोलिक एसिडको उपलब्धता छ, जुन केवल मांसाहारी खानाबाट मात्र प्राप्त हुन्छ। प्राय सबै च्याउले रोग प्रतिरोधात्मक क्षमता बढाउने गर्छन् र भिटामिन, खनिज र पाचन रस उत्पादन गर्छन् ।

    यसमा सोडियम नुन पाइदैन जसकारण मोटोपन, किड्नी र मुटु रोगीहरूको लागि एक उपयुक्त आहार हो। मटु र सहज रक्तप्रवाहका लागि पनि च्याउ फाइदाजनक हुन्छ । यसमा भएको स्टेरोल यौगिकले कलेजोमा उत्पादन हुने कोलेस्ट्रोल उत्पादनमा बाधा पुर्याउँछ । उच्च रक्तचाप नियन्त्रणमा समेत यो सहयोगी हुन्छ ।

    च्याउले अन्य सहयोगी कोषहरुलाई हानि नपुर्याई मुखको स्वास्थ्यसँग सम्बन्धित किटाणुहरुलाई आक्रमण गर्ने गर्दछ ।

    च्याउमा अत्यन्त धेरै भिटामिन बि पाइने हुनाले यसले खानमा पाइने पोषणलाई सहज रूपमा प्रयोग गर्न सकिने शक्तिमा रूपान्तरण गर्दछ । यसले हर्मोनलाई सन्तुलित पार्न सहयोग पुर्याउँछ जसका कारण दिमागलाई तेजिलो बनाउँछ ।

    यद्यपि भिटामिन डिको राम्रो स्रोत घाम नै हो, यस च्याउमा उचित भिटामिन डी उपलब्ध गराउँछ । भिटामिन डी हाडको स्वास्थ्यका लागि आवश्यक छ । त्यसका साथै मुटुरोग, डायबिटिज र कतिपय क्यान्सरविरुछ पनि भिटामिन डीले सहयोगी भूमिका खेल्छ ।

    शरीरमा मुसा, बिबिरा जस्ता समस्याहरु भएकाहरुको लागि पनि च्याउ खानुनिकै फाइदाजनक रहेको छ । यसमा भएको जिंक तत्वले छालासम्बन्धी विभिन्न रोगहरुमा हितकारी हुन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कांग्रेसले बोलायो संसदीय दलको बैठक
  • गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन
  • घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?
  • करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन

    घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    युवा सहभागितासहित Gen Z Youth Force Parsa को बैठक सम्पन्न

    यी हुन् काज फिर्ता भएका १४ जना विशेषज्ञ डाक्टर

    सुनचाँदीको मूल्यमा आज भारी वृद्धि

    दार्चुलामा जीप दुर्घटना : सब–इन्जिनियरसहित दुईको मृत्यु, चार जना घाइते

    राजनीति संसद् सचिवालयले बोलायो प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन

    घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    News

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन

    News

    घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

    News

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    News

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑