वीरगंज | सरकारले बुधबारदेखि कोरोनाभाइरसविरुद्धको खोप अभियान शुभारम्भ गर्दै छ। बुधबार टेकु अस्पतालमा एक समारोहका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले खोप अभियानको शुभारम्भ गर्न लागेका हुन् ।
सरकारले भारतबाट अनुदानमा पाएको १० लाख खोप फ्रन्टलाइनमा खटिनेहरुलाई प्राथमिकता दिएर लगाउँदैछ । खोप अभियानको शुभारम्भ हुँदै गर्दा कतिपयमा खोप लगाउने कि नलगाउने र यसबारे अनेकन जिज्ञासाहरु आउने गरेको छ ।
यसै जिज्ञासालाई सम्बोधन गर्नेगरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोसँग सम्बन्धी १५ प्रश्न र त्यसका जवाफ सार्वजनिक गरेको छ, जुन यसप्रकार रहेको छ ।