• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • विश्व
    • बिशेष
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • प्रदेश
        • प्रदेश नं.१
        • मधेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदूरपश्चिम
    • दैनिक पत्रिका
    होमपेज / देश

    मोटोपनले सतायो ? यसरी घटाउनुहोस् तौल (टिप्ससहित)

  • वीरगंज संजाल
  • १२ माघ २०७७, सोमबार २१:३९
  • २७१७

    वीरगंज | पछिल्लो समय धेरैलाई सताएको साझा समस्या हो – मोटोपना । एक वर्षदेखि विश्वलाई सताएको कोरोना भाइरसका कारण मानिसहरु अझ मोटोपनाको शिकार भए । एकैठाउँको बसाई, शारीरिक अभ्यास नगर्नु, धेरै खाना, कम काम, प्रविधीसँग बढी नजिक हुनु, शरीरलाई चाहिनेभनदा बढी आराम जस्ता कारणले यो अवधीमा अधिकांशले ‘वेट गेन’ अर्थात् तौल बढाएका छन् । कोरोनाको त्रासकै बिचमा दैनिकी सामान्य बन्न थालेको यो अवस्थामा कसरी तौल नियन्त्रणमा ल्याउने भन्ने चिन्ता सबैमा हुन थालेको छ ।

    अब चिन्ता नलिनुहोस् । लोकपथ डटकमले केहि महत्वपूर्ण टिप्सहरु प्रस्तुत गरेको छ ।एक महिनामा राम्रो तौल घटाउन तपाईले २ खाले ‘एक्सरसाइज’ गर्नसक्नुहुन्छ । तर, तपाईलाई यदी कुरा ध्यानमा राख्नुपर्छ कि ‘फ्याट फ्रि’ खाना खानु आवश्यक रहेको छ ।

    रातमा खान खाएपछि १० मिनेट पछि एउटा शान्त स्थानमा जानुहोस् । १० मिनेट एउटै ठाउँमा रहेर जगिंग गर्नुहोस् । जगिंगका दौरान स्पीड कम–ज्यादा गर्नुहोस् ।

    १० मिनेट पश्चात कम्मरको भरमा जमीनमा बस्नुहोस् र घुडाँको भरमा विस्तारै बिस्तारै छातीको नजिक ल्याउने प्रयास गर्नुहोस् । यस एक्सरसाइजलाई ५ मिनेटसम्म गर्नुहोस् ।महिनासम्म १५ मिनेट लगातार एक्सरसाइज गर्नुहोस् । यसपश्चात तपाईले समय पनि बढाउन सक्नुहुन्छ ।

    मोटोपन कम गर्ने बेला प्रशस्त मात्रामा खान हुने खाद्यपदार्थ

    हरियो तरकारी, सलाद गाँजर, मुला, काँक्रो, टमाटर
    ताजा फलफूल (केरा आँप कम मात्रै )
    माछा

    अन्य केहि उपयोगी टिप्स : 

    नियमित व्यायाम गर्ने ।
    एकसाथ धेरै खानेकुरा सेवन नगर्ने ।
    राती अबेरसम्म बसेर खाने बानी नगर्ने ।
    बोसोयुक्त, मसलेदार, तारेको, भुटेको खानेकुरा नखाने ।
    पैदल हिँड्ने बानी बसाल्ने ।
    राती चाँडै सुत्ने र बिहान चाँडै उठ्ने अभ्यास गर्ने ।

    भुलेर पनि नखाऔँ यि चिजहरु

    गुलियो बिस्कुट, केक लगायतका बेकरी आईटम
    आइसक्रिम, चिनी, चकलेट, मिठाई, जाम
    घ्यू, तेलमा तारेका खानेकुरा
    धुम्रपान तथा मद्यपान

    यी टिप्ससहित पनि फलो गर्ने की ?
    १. गुलिया र चिल्लो खानेकुराले मोटोपन अस्वाभाविक रूपमा बढाउँछन् । त्यसैले, चिनी र चिनीबाट बनेका परिकारमा लोभ नगर्नुहोस् । घ्यु, बटर, बोसो सेवनमा नियन्त्रण गर्नुहोस् । तरकारी तथा परिकार बनाउँदा पनि तेल तथा चिल्लोपदार्थ सकेसम्म कम हाल्नुपर्छ ।

    २. बढी खानु पनि मोटोपन बढ्ने कारण हो । जति शरीर मोटो हुन्छ, खाना उति नै खाऊँ खाऊँ लाग्छ । कार्बोहाइड्रेटयुक्त खाना धेरै खाएपछि मोटोपन झन् बढ्छ । त्यसैले, खाना खानुअघि एक कचौरा हरियो सलाद खानु राम्रो हुन्छ । पहिले सलाद खाएपछि भात कम रुच्छ

    ३. बिहान भात खाएपछि बेलुकाको खानामा कार्बोहाइड्रेट कम भएको रोज्नुहोस् । मोटोपन घटाउने भए बेलुकाको खानामा भात नखानु नै उत्तम हुन्छ । दुई पिस रोटी, एक कचौरा दाल, हरियो सागसब्जी र सलाद खाए पर्याप्त हुन्छ

    ४. आजकल व्यक्ति अस्वाभाविक मोटाउनुको एउटा कारण हो कसरत नपुग्नु । बिहान–बेलुका कसरत नगर्ने र दिनभर पनि कुर्सीमा बसेर काम गर्ने जागिरमा व्यस्त हुनाले मोटोपन बढ्न भूमिका खेल्छ । त्यसैले, बिहान या बेलुका आधा घन्टा भए पनि कसरत गर्नैपर्छ । तर, व्यायाम शरीरले थेग्न सक्ने मात्रै गर्नुपर्छ । पर्याप्त व्यायाम गर्नुको मतलब शरीरलाई पीडा दिनु होइन । दैनिक एक घन्टा हिँड्ने, खेतबारीमा काम गर्ने, पौडी खेल्ने, खेलकुदमा भाग लिने गर्न सकिन्छ । तर, अप्राकृतिक तरिकाले केही दिनमै ह्वात्तै तौल घटाउन खोजियो भने स्वास्थ्यमा नकारात्मक असर पुग्न सक्छ ।

    ५ .कुनैपनि बेला भोकलाग्दा फलफूलमा जोड गर्नु राम्रो हुन्छ । तर, मोटा व्यक्तिले केरा भने नखानु ठीक हुन्छ । अन्य खानाभन्दा फलफूलले पेट भर्ने, तागत दिने, तर मोटोपन बढ्न नदिने गर्छ ।

    ६. स्वस्थ जीवन जिउन पर्याप्त पानी पिउनुपर्छ । बिहान उठ्नेबित्तिकै दुई गिलास मनतातो पानी पिउनु उत्तम हुन्छ । दिनभरमा कम्तीमा तीन लिटर पानी पिउनुपर्छ । पानीको मात्रा शरीरमा राम्रो हुँदा पनि मोटोपन नियन्त्रणमा रहन्छ ।

    ७. अनावश्यक कुरामा तनाव लिने तथा राति पर्याप्त ननिदाउने व्यक्तिलाई पनि मोटोपनको समस्या हुन्छ । त्यसैले, तनावमुक्त जीवन जिउने प्रयास गर्नुपर्छ । दैनिक ६ देखि ८ घन्टा सुत्नुपर्छ ।

    ८. योग, ध्यान, प्राणायाम गरेर तनावमुक्त हुन सकिन्छ।

    ९. धूमपान र मद्यपानले मोटो व्यक्तिलाई झन् बढी असर गर्छ । रक्सी, चुरोट, खैनी, पान, सुर्ती, बिँडी सेवनले मोटोपन बढाउँछ भने रोग प्रतिरोधात्मक क्षमता पनि कमजोर गराउँछ ।

    १०. प्रविधीको अत्याधिक प्रयोग

    ११. सकारात्मक सोँच राख्ने

    केराको बोक्रा मोटोपन र क्यान्सरको अचुक औषधि !
    हामी केरा खान्छौ, तर तपाईहरुलाई थाहा नहुन सक्छ की त्यही केराको बोक्राले मानिसमा लाभदायक कार्य गर्दछ । केराको बोक्रामा ‘भिटामिन ए’ प्रचुर मात्रमा हुन्छ । जसले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।

    जसमा लुटेनिन नामक एक तत्व हुन्छ, जुन आँखालाई स्वस्थ राख्न मद्दत गर्छ तथा जसमा भरिपूर्ण मात्रामा फाइबर हुन्छ । जसले शरीरमा कोलेस्ट्रोल नियन्त्रित गर्नुको साथै वजन कम गर्न पनि मद्दत गर्छ ।

    केराको बोक्राले स्वास्थ्यमा पर्ने प्रभावलाई लिएर जापानी साइन्टिफिक रिसर्चमा यो भनिएको छ कि पहेँलो रंगको केराको बोक्रा क्यान्सरप्रतिरोधी गुणले भरिपूर्ण हुन्छ ।

    यसले शरीरमा ‘व्हाइट ब्लड’ सेल्सको निर्माणमा मद्दत गर्छ । एक अध्ययनको अनुसार, केराको हरियो बोक्रामा ट्रिप्टोफन नामक एमिनो एसिड हुन्छ, जसले राती राम्रो निन्द्रा ल्याउन मद्दत गर्छ ।

    केराको बोक्रोमा पाईने सेरोटोनिन तनाव कम गर्नमा तथा डोपामिन मुटुको धड्कनलाई दुरुस्त गर्न तथा किड्नीलाई प्रयाप्त मात्रामा रगत आपूर्ति गर्नका लागि मद्दतगार हुन्छ । केरा एउटा यस्तो फल हो जस्ले मानिसको पौष्टीक तत्वमात्र नभई यसले मानिसलाई स्वास्थ्य रहन मद्धत गर्दछ । यसमा भिटामिन बी ६, बी १२, पोटाशियम र म्याग्नेशियम जस्ता आवश्यक पोषक तत्व पाईन्छ । बिशेष गरि केरा मसल्स र तौल बढाउनको लागि उपयोगी हुन्छ ।

    सुत्नु अगाडि नगरौँ यस्ता गल्ती, नत्र बढ्छ मोटोपन

    विशेष गरेर राती सुत्नुअघि त्यस्ता केही गल्ती गरिन्छ जसले तौल बढाउन सहयोग गर्दछ ।

     के के हुन् त ति कुरा ? 

    ढिला खाना खानु

    डिनरमा ओभरडाइटिङ

    रातमा पाचन क्रिया सुस्त हुन्छ । यसले क्यालोरी बर्न हुन पाउँदैन । यसले गर्दा शरीरमा बोसो जम्मा हुन्छ । र तपाईमा मोटोपन बढाउँछ । त्यसैले टिभी हेर्दै डिनर नगरौँ । प्रोटिन र सागसब्जी बढी सेवन गरौँ ।

    डिनर (खाना ) नगर्नु

    मोटोपन एवं तौल घटाउनकै लागि कतिले रातीको खाना खाँदैनन् । यसले पनि राम्रो नतिजा दिँदैन ।

    किनभने राती खाना नखाएपछि मेटाबोलिज्म सुस्त हुन्छ । बिहान उठेपछि धेरै भोक लाग्छ र धेरै खानेकुरा खाइन्छ ।

    यदि राती धेरै भोक लाग्दैन वा खानामा अरुचि भए सलाद, फलफूलको सेवन गर्ने गनुपर्दछ ।

    डिनरमा भुटेको र तारेको खानेकुरा

    राती स्वादिलो खाने निहुँमा भुटेको, तारेको खानेकुरा खाइन्छ । यसमा धेरै क्यालोरी हुन्छ । रातको समयमा शरीरले उक्त क्यालोरी बर्न गर्न सक्दैन । त्यसैले रातको खाना सकेसम्म सुपाच्य र हल्का हुनुपर्छ ।

    डिनरमा कार्बोहाइड्रेटयुक्त खाना

    पिज्जा, पास्ताजस्ता कार्बोहाइड्रेटयुक्त खानामा क्यालोरी धेरै हुन्छ । राती यस्तो खानेकुरा सेवन गर्दा फ्याट बढ्ने समस्याले सताउँछ ।

    डिनरपछि ‘स्न्याक्स’ खानु

    कतिपयको बानी हुन्छ, डिनरपछि पनि स्न्याक्स खाने । यसले ओभरडाइटिङ हुन्छ । यसले स्वतः तौल बढाउँछ ।

    आइसक्रिम वा मिठाई

    रातको खानापछि आइसक्रिम, मिठाई खाने बानी पनि सही होइन । यसमा क्यालोरी धेरै हुन्छ ।

    राती अबेरसम्म नसुत्ने

    राती धेरै समय नसुत्ने बानीले पनि तौल बढाउँछ । जब निन्द्रा पूरा हुदैन मेटाबोलिज्म स्लो हुन्छ, फ्याट बर्न हुँदैन । त्यसैले भोक बढी लाग्छ । दैनिक ७ घण्टा नियमित सुत्ने गर्नुपर्दछ। शहरी जीवनशैलीमा मोटोपना आम समस्याको रूपमा देखा परिरहेको देख्न सकिन्छ । मोटाउनु आफैँमा रोगलाई निमन्त्रणा गर्नु हो । त्यसैले नै मोटो हुनबाट जोगिनका लागि लागि व्यायाम गर्ने, खानपानमा नियन्त्रण गर्ने गरिन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • आज शुक्रबारको राशिफल
  • चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने
  • जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत
  • झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आज शुक्रबारको राशिफल

    चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने

    जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    आज विश्व स्मृति एवं मेलमिलाप दिवस

    भारत-पाकिस्तान तनाव : हवाई आक्रमणपछि अहिलेसम्म के-के भयो?

    प्रिसा मृत्यु प्रकरण: किट भारत सरकारको उच्च निगरानीमा

    सवारी शुल्क ५० देखि पाँच सय रुपैयाँसम्म

    कैदी छुटाइदिने भन्ने अदालतका कम्प्युटर अपरेटर घुस सहित पक्राउ

    आज शुक्रबारको राशिफल

    चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    आज विश्व स्मृति एवं मेलमिलाप दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    आज शुक्रबारको राशिफल

    News

    चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने

    News

    जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत

    News

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    News

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑