• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पत्याउन गाह्रो छ तर मर्दै गइरहेको छ यो आकाशगंगा

  • वीरगंज संजाल
  • १२ माघ २०७७, सोमबार ०८:५२
  • ३८९७

    वीरगंज | डर नलाग्ने मानिस शायद नै कोही  होला।  तर के हामीले कहिल्यै विचार गरेका  छौ अंततः डरको सम्बन्ध केसंग छ ? ल यसैबारे सोची हेर्नुस।  ‘शर्ट वे’, ‘लॉन्ग वे’ जताबाट विचारयात्रा प्रारम्भ गरे पनि पुग्ने ‘डेस्टिनेशन’ भने एउटै हुन्छ र त्यो हो मृत्यु।  डरको प्रत्यक्ष /अप्रत्यक्ष सम्बन्ध मृत्युसँग नै गाँसिएको छ।

    चाहे आफूलाई मन परेको फिल्मी डायलॉग सम्झिनुस् अथवा पुस्तकका पंक्ति ! मृत्यु नै अन्तिम सत्य र निष्पत्ति परिभाषित भएको पढ्नु नै भएको होला। मृत्यु  अर्थात अवस्था अथवा स्वरुप परिवर्तन, यो प्रकृतिमा रहेका सबै प्राणी मात्र होइन, वस्तुसँग पनि घटित हुने प्रक्रिया हो।

    अहिलेको कोरोनाभाइरसलाई नै  हेरौ ! यसलाई जीवित र जड़, प्राणी अथवा वस्तु दुबै भन्न मिल्छ। ‘होस्ट’ कोशिकामा पुगेपछि यसले प्राणी झैं, जीवित झैं आचरण गर्छ तर ‘होस्ट’ कोशिका नभेटेसम्म यो फगत प्रोटिन हो, न्यूक्लिक एसिड हो अर्थात जड़ हो, वस्तु हो । जड़ र चेतनको बीचको एउटा कड़ी हो भाइरसभन्दा फरक पर्दैन। पृथ्वीमा सबै किसिमका जीवनको प्रारम्भ  नै आरएनए–डीएनएबाट भएको हो। अब तपाईंलाई भनी राख्नु परेन मृत्यु त कोरोनाभाइरसको पनि हुन्छ, एक वर्षदेखि साबुन पानीले हात धुने, स्यानिटाइज़र, इम्यून सिस्टम, एन्टीबड़ी, प्लाज्मा अदिबारे सुनेर तपाईंलाई कोरोना ‘डिसइन्टीग्रेड’ हुन्छ भन्ने विदित नै छ।

    कोरोना मर्छ, हामी पनि मर्छौं अर्थात सानोदेखि ठूलो सबैको मृत्यु हुन्छ। विज्ञान लेखनले मलाई कता कता लेख्ने क्रममा पाठकसंग संवाद गर्दै लेख्ने बानी लागेको छ।  यसलाई तपाईंहरुले कुन रूपमा लिनु हुन्छ अहिलेसम्म थाहा छैन। के तपाईंलाई थाहा छ ब्रह्माण्डमा  सबैभन्दा सानो र ठूलो वस्तु के हो ? सोच्दै गर्नुस म प्रसंग अगाडि बढाउछु।

    भर्खरै पृथ्वीका वैज्ञानिकले ९ अर्ब प्रकाशवर्ष टाढा हेर्दा, त्यहाँ पनि मृत्यु घटित भइरहेको  जानकारी प्राप्त भएको छ। ताराहरुको मृत्यु हुनेबारे रातोपाटीका पाठकलाई विदित नै छ। मानिस जस्तै तारा पनि मर्छन्। कुनै दिन हाम्रो सूर्य पनि मर्छ।  यसै  तथ्यलाई आत्मसात गर्न सके  हामी आफ्नो सम्भावित मृत्युको भय, आतंक, त्रास, डर, चिन्ता, प्रकोपबाट केही मात्रामा भए पनि निर्धक्क हुन सक्छौं।

    वैज्ञानिकहरुले ९ अर्ब प्रकाश वर्ष टाढा रहेको एउटा आकाशगंगा मर्दै गइरहेको पत्ता लाएका छन्। आजसम्म अर्थात यसभन्दा पहिला मरिरहेको आकाशगंगाको अवलोकन गर्ने सफलता पाइएको थिएन। यस्तो सफलता पहिलो पटक पाइएको हो।

    https://simple.wikipedia.org

    अटाकामा लार्ज मिलीमीटर /सब मिलीमीटर टेलिस्कोप ( Atacama Large Millimeter/submillimeter Array – ALMA) बाट यो जानकारी हात  लागेको हो।  चिलीको अटाकामा मरुभूमि क्षेत्रको ५ हजार मीटर अग्लो पठारमा रहेको ६६  वटा टेलिस्कोपको समूह ‘भेरी लार्ज एरे’ ( VLA )  इलेक्ट्रोम्यागनेटिक रेडिएसनलाई सबमिलीमीटर स्केलमा अध्ययन गर्न सक्ने रेडियो इन्टरफेरोमीटर प्रविधिको संजाल हो। २०११ मा स्थापित यस टेलिस्कोपले अति सूक्ष्म स्तरमा अध्ययन /अवलोकन गर्न सक्छ। यस टेलिस्कोपबाट ९ अर्ब प्रकाश वर्ष  टाढाको Id2299  नामक आकाशगंगाभित्र रहेको  इन्धन समाप्त हुँदै गई रहेको र विस्तारै यो आकाशगंगा मृत्युतिर धकेलिदै गई रहेको ज्ञात हुन आएको छ।

    अनुसन्धानमा यस आकाशगंगाले आफूभित्र रहेको ४६ प्रतिशत ग्यास गुमाइसकेको थाहा भएको छ। यसले प्रतिवर्ष १० हजार तारा बन्ने सामग्रीलाई चिसो ग्याँसका रूपमा उत्सर्जन गरिरहेको छ। जब कुनै आकाशगंगामा नयाँ तारा बन्ने क्रम रोकिन्छ र त्यहाँबाट तारा बन्ने सामग्री चिसो ग्याँसका रूपमा बहिर्गमन हुन थाल्छ, वैज्ञानिकहरु यसलाई नै  आकाशगंगाको मृत्यु प्रक्रिया भन्छन्।

    हुन त अहिले पनि यस आकाशगंगामा नया तारा बनिरहेका छन तर तिनको संख्या न्यून छ।  नया तारा निर्माणभन्दा पुराना ताराको मृत्यु प्रतिशत बढी छ।  यी  नयाँ बन्ने ताराले भने यस आकाशगंगाको मृत्यु झन नजिक ल्याइरहेका छन्।  कारण नयाँ तारा बन्ने प्रक्रियामा आकाशगंगामा रहेको इन्धन झन छिट्टै कम हुँदै जान्छ र यस्तो परिस्थिति  हुँदा त्यहाँ रहेका इन्धन र अन्य सामग्रीको झनै तीव्र प्रयोग हुन्छ, साथै चिसो ग्यासका रूपमा आकाशगंगा बाहिर उत्सर्जन हुन्छ। यसले गर्दा यस आकाशगंगाको मृत्यु झन झन निकट आउँदै जान्छ।

    इङ्गल्याण्डको डरहम  विश्वविद्यालय तथा फ्रान्सको सेश्ले न्यूक्लियर रिसर्च सेन्टरका वैज्ञानिक एनाग्राजिया पुग्लिसीका अनुसार पृथ्वीका वैज्ञानिकले पहिलो पटक सुदूर अन्तरिक्षमा  कुनै विशाल आकाशगंगालाई मृत्यु नजिक पुगेको देखेका छौं।

    आकाशगंगा प्रकृतिको सबैभन्दा ठूलो संरचना हो।  एउटा आकाशगंगामा अर्बौ तारा हुन्छन्। ती ताराका सौर्य परिवारमा अनेकौं ग्रह, उपग्रह,  क्षुद्रग्रह, उल्कापिण्ड, पुछ्रे तारा (कमेट) हुन्छन्।  हामी ‘मिल्कीवे’ नामक आकाशगंगाका निवासी हौं।  यस आकाशगंगामा २००- ४०० अर्ब तारा छन्।  तीमध्येको एउटा ताराको सूर्य परिवारको एउटा ग्रह पृथ्वीका बासिन्दा हौं हामी।

    के प्रारम्भमा मैले सोधेको प्रश्न ब्रह्माण्डको सबैभन्दा ठूलो वस्तुको जवाफमा तपाईंले आकाशगंगा सम्झिनु भएको थियो ? मलाई विश्वास छ अधिकांश पाठकले आकाशगंगा नै सोचेका थिए। र, सानो वस्तुबारे ? पक्कै तपाईंहरुले ‘सबएटमिक पार्टिकल’ नै सम्झिनु भएको हुनुपर्छ।

    आकाशगंगाको पनि मृत्यु हुन्छ,  ब्रह्माण्डमा रहेको एउटा आकाशगंगा मृत्यु उन्मुख हुँदै गई रहेको सुनेर तपाईंलाई आनन्द फिल्ममा आनन्द बनेका राजेश खन्नाको  आफ्ना मित्र डाक्टर बनेका अमिताभ बच्चनलाई भनेको त्यो डायलॉग याद आएन – ”बाबू मोशाय ! बाबू मोशाय जिंदगी और मौत ऊपर वाले के हात में है जहाँपनाह ! उसे न आप बदल सकते हैं और न मैं।  हम सब तो रंगमंच की कठपुतलिया हैं जिनकी डोर ऊपर वाले की उंगलियों में बधी हैं कब कौन कैसे उठेगा यह कोई नहीं बता सकता हैं  हाहाहाहा …”

    Title image: https://i1.wp.com/

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बढ्यो पेट्रोलियम पदार्थको मूल्य
  • ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति
  • ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम
  • पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    श्रीमतीलाई बलात्कार गरेको कसूरमा श्रीमानलाई ६ महिना कैद

    रौतहटमा चट्याङ लाग्दा एक वृद्धको मृत्यु

    मोतिहारीमा B2B मिटिङ सम्पन्न, सीमाञ्चलमा संयुक्त सहकार्यको प्रतिबद्धता

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    News

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    News

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    News

    पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट

    News

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑