चार महिने प्रगति विवरण सार्वजनिक गर्दै दशैंमा चनाखो रहन पर्सा प्रहरीको सुझाव
वीरगंज संजाल
१४ आश्विन २०७६, मंगलवार ०९:४९
३६२७
वीरगञ्ज : सोमबार जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरिक्षक सोमेन्द्रसिंह राठौरले जिल्ला प्रहरी कार्यालय पर्साले चार महिनमा १२ जना प्रहरीलाई कारवाही गरेको जानकारी गराएको छ । प्रहरी आरचणविरुद्ध गतिविधि गरेकाले उनीहरुमाथि कार्वाही गरिएको बताइएको छ ।
कारवाही परेका एक जना सइसहित ३ जना असइ, ४ जना हवल्दार र ४ जना प्रहरी जवानमध्ये ६ जनालाई निलम्बमा परेका छन् । चार महिनाको अवधिमा हुण्डी, अवैध भारतीय र नेपाली रुपैयाँ ८१ लाख २६ हजार सहित १८ जनालाई पक्राउ गरी आवश्यक कारवाहीको प्रक्रिया अघि बढाएको छ ।
चार महिनामा प्रहरीले चलाएको कारवाहीमा ५० लाख ९७ हजारसहित ९ जना, श्रोत नखुलेको २० लाख ९९ हजार नेपाली रुपैयाँसहित ४ जना र अवैध भारतीय रुपैयाँ ९ लाख २९ हजार ५ सयसहित ५ जना गरी १८ जना पक्राउ परेको प्रहरीले जनाएको छ । त्यसै गरी, भारतीय नक्कली नोट १ लाख ९० हजारसहित २ जनालाई, भंसार चोरी पैठारी र निकासीतर्फ कारवाहीमा ३ करोड ६१ लाख ७ हजारको विभिन्न खाद्यन्न, लत्ताकपडा, मोटरपार्टस, विद्युतीय सामाग्री, चाँदी, सवारी साधनसहित १८ जनालाई पक्राउ गरी कारवाही गरिएको उनले जनाए को छ ।
प्रहरी उपरीक्षक राठौंरका अनुसार भन्सार चोरी, पैठारी तर्फ कारवाही, फरार प्रतिवादीबाट जरिवाना असुल, हुण्डी र नेपाली भारतीय रुपैया बरामद गरी कुल ५ करोड ४ लाख १७ हजार मूल्य बरामदको नगदसहित सरसमान नियन्त्रणमा लिई कारवाहीको प्रक्रिया अगाडि बढाइएको छ ।
विभिन्न मुद्दामा अदालतबाट सजाय फैसला भई फरार रहेका १५४ जना प्रतिवादीलाई पक्राउ गरी ६० लाख ८३ हजार रुपैया जरिवाना असुल उपर गराएको, लागु औषध नुर्फिन १०२० थान, डाईजीपाम १३२०, फेनारगन १०२०, गाँजा ३३६ केजी, चरेस ९ केजी, अफिम २५० ग्राम, नाईट्रोभेट ट्याबलेट १७७५ थान बरामद गरेको उनले बताए ।
अहिले जिल्लामा ३१७ वटा विभिन्न शिर्षकमा मुद्दा दर्ता गरेर कारवाहीको प्रकृया समेत अगाडी बढाएको छौ, प्रहरी उपरिक्षक राठौरले भने, कर्तव्य ज्यान मुद्दामा २ जना, जबरजस्ती करणीमा ८ जना, बाल यौन दुरुपयोगमा २ जना, लागूऔषधमा २९ जना, मानव वेचविखनमा १ जना, सवारी ज्यान मुद्दामा ८ जना, झुण्डी आत्म हत्या मुद्दामा १७ जना गरी ३१७ वटा विभिन्न शीर्षकका मुद्दा दर्ता गरेर कारवाहीको प्रकृयामा अगाडि बढाइएको छ ।
यसै गरी पर्सा प्रहरीले दशंैमा घर छोडेर हिंड्ने बेला घरको झ्याल, ढोका राम्रोसंग बन्द गरी नजिकको विश्वासिलो छिमेकी वा प्रहरीलाई समेत खबर गर्न, भाडामा बस्ने व्यक्ति तथा काम गर्नेको स्पष्ट नाम, थर र ठेगाना खुलाई अभिलेख राख्न, बहुमुल्य गर, गहना लगाएर मेलामा नजान, पर्व तथा भिडभाडमा नहिंडन, हिडदा चनाखो भएर रहन, यात्राको क्रममा अपरिचित मानिससँग धेरै घुलमिल भई व्यक्तिगत गोप्यता नखोल्न अनुरोध समेत गरेकाचे छ ।