• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अजय नागर उर्फ ‘क्यारीमिनाटी’

  • वीरगंज संजाल
  • १० माघ २०७७, शनिबार १९:१७
  • २४८५

    वीरगंज | करिब २ महिनाअघि भारतको चर्चित रियालिटी गेम सो ‘कौन बनेगा करोडपति’मा अभिनेता अमिताभ बच्चनले एक प्रश्न सोधका थिए, ‘कुन युट्युब स्टारको नाम अजय नागर हो?’

    जसको उत्तर हो क्यारीमिनाटी। भारतको हरियाणामा जन्मिएका अजय आफ्नो वास्तविक नामबाट भन्दा ‘क्यारीमिनाटी’को नामबाट परिचित छन्।

    भर्खर २२ वर्ष पुगेका उनले युट्युबको दुनियाँमा धेरै रेकर्डहरु तोडिसकेका छन्। उनै क्यारीमिनाटीले युट्युबका लागि गरेको संघर्षको कथा यहाँ प्रस्तुत गर्दछौं:

    दिल्ली पब्लिक स्कुलबाट पढाइ सुरु गरेका क्यारीमिनाटी पढाइमा खासै रुचि राख्दैनथे। उनी घण्टौं मोबाइलमा गेम खेल्न रुचाउँथे। मोबाइलमा गेम खेल्दाखेल्दै उनले युट्युबबारे थाहा पाए। सन् २०१० मा आफ्नो युट्युब च्यानल खोले। त्यो समयमा उनी मात्र ११ वर्षका थिए।

    उनका एक साथीले विनओर्ड ७ मा निकै रमाइला गेम खेल्न पाइन्छ भनेकाले उनले आफ्नो कम्प्युटरमा यसलाई राखेका थिए।

    बिडम्बना‚ विनओर्ड ७ मा त्यस्तो कुनै गेम फेला परेन। गेम नभए पनि यसको फिचरसँग उनी रमाए। क्यारीको पहिलो भिडियो यसैसँग सम्बन्धित छ।

    वस्तारै स्टिलदफिज नाम गरेको युट्युब च्यानलमा उनले गेमिङका भिडियो राख्न थाले। कहिलेकाहीँ फुटबलका रमाइला क्लिप पनि पोस्ट गर्थे।

    त्यो समयमा उनलाई कसैले वास्ता गरेनन्। उनका रमाइला फुटबल टिप्स, उनका दाइ एसले गीतार बजाइरहेको भिडियोहरुमा मुस्किलले सय भ्युज आउँथ्यो।

    भिडियो कसैले नहेरेपनि उनी निराश भएनन्। युट्युबमै केही गरिछाड्ने हुटहुटी उनमा बढ्दै गयो।

    उनले १५ वर्षको उमेरमा नयाँ युट्युब च्यानल खोले। च्यानलको नाम ‘एडिक्टेड ए १’ राखे। त्यसमा उनी काउन्टर स्ट्राइक नामको भिडियो गेम खेल्थे र गेमको कमेन्ट्री गर्थे। त्यो पनि चर्चित कलाकार सन्नी देवल र ऋतिक रोशनको आवाजमा। करिब २ वर्षमा क्यारीले १ सय ५० ओटा भिडियो यही गेमको कमेन्ट्री गरेर बनाए।

    त्यो समयमा भारतका निकै कम मानिसले मात्रै भिडियो गेममा चासो देखाउँथे। उनका २ सयजति सब्स्क्राइबर थिए‚ जो उनले खेलेको गेम हेर्नभन्दा उनको रमााइलो कमेन्ट्री सुन्न जम्मा भएका थिए।

    चतुर दिमागका क्यारीलाई उनका फन्नी कमेन्ट्रीले मान्छे तानेको थाहा नहुने कुरै भएन। १७ वर्षको उमेरमा उनले आफ्नो युट्युब च्यानलको नाम परिवर्तन गरेर ‘क्यारी देवल’ राखे।

    क्यारी देवलमा उनले गेमको कमेन्ट्री मात्रै होइन, साना कलाकारको रोस्टिङसमेत गर्न सुरु गरे। रोस्टिङ अर्थात् कसैको विषयलाई लिएर गरिने हाँसीमजाक। उनको यो तरिका अमेरिकन युट्युबर लिफिज हेयरसँग प्रभावित थियो। लिफिज पनि गेमसँगै अन्य कलाकारको रोस्टिङ गर्दथे।

    अन्य देशमा रोस्टिङ कल्चर भएपनि भारतका लागि भने यो बिल्कुलै नयाँ थियो। त्यसैले भारतमा रोस्टिङ सुरु गर्ने श्रेय उनै क्यारीलाई जान्छ। यसलाई मानिसले निकै मन पराए।

    चर्चा चल्न थालेपछि उनले सन् २०१६ मा क्यारी देवल नाम परिवर्तन गर्दै क्यारीमिनाटी राखे। अहिलेसम्म पनि यो नाम कायमै छ।

    क्यारीमिनाटी नाम राखेपछि उनले साना गायक‚ गायिका र डान्सरहरूको रोस्ट भिडियो बनाउन सुरु गरे।

    त्यो समयमा भारतमा अर्का युट्युबर भुवन बामको ‘बिबिकी भाइन्स’ निकै चर्चित थियो, सो च्यानल अहिले पनि छ। क्यारीले उनै भुवनलाई निशाना लगाए। बिबिकी भाइन्सको भिडियोमा रोस्ट गर्नेबित्तिकै च्यानलमा सब्स्क्राइबरको बाढी नै आयो।

    सुरुमा त बिबिका फ्यान उनको रोस्ट भिडियो देखेर साह्रै रिसाए। किनभने भारतमा कतिपय मानिलाई रोस्ट के हो थाहै थिएन। यो भिडियोलाई भुवन स्वयंले भने राम्रो माने।

    सुरुवाती २ वर्षमा बल्लतल्ल ५० हजार सब्स्क्राइबर बनाएका क्यारीको उक्त भिडियोपछि भारतको इतिहासमै सबैभन्दा छिट्टो धेरै सब्स्क्राइवर पाउनेवाला च्यानल बन्न गयो। उनले छोटो समयमै एक लाख सब्स्क्राइबर पाउने च्यानल क्यारिमिनाटी बन्यो।

    एक दिनमा तीन हजारका दरले सब्स्क्राइबर बढेको देखेर क्यारीले युट्युबमा के चल्छ भन्ने थाहा पाइहाले।

    क्यारीले बिबीको रोस्टिङ भिडियो बनाएकै महिना ‘प्रदेशी गर्ल’लगायत अन्य सात जनाको रोस्ट गरे। त्यसको सफलतापछि बल्ल उनले अनुहार देखाएर रोस्ट भिडियो बनाउन थाले। गेमको भिडियो बनाउन छाडे।

    यो सबै घटना घटिरहँदा उनको १२ कक्षाको परीक्षा नजिकिइरहेको थियो। भोलिपल्ट अर्थशास्त्रको परीक्षा दिनुथियो तर उनले पटक्कै किताब हेरेका थिएनन्।

    उनी आफ्ना बाबुका अगाडि गए र भने, ‘पापा‚ यो परीक्षा मबाट हुँदैन।’

    उनका बाबु मुस्कुराए र भने, ‘ल ठिक छ, तिमीलाई जे गर्न मन लाग्छ गर।’

    त्यसपछि उनी फूल टाइम युट्युबर बने।

    उनले रोजेको बाटो बाहिरबाट हेर्दा सजिलो थियो तर भित्र गाह्रो। एकैपटक युट्युबले तीनवटा भिडियोमा कपिराइटको मुद्दा लगाइदियो। यसले उनलाई झण्डै कालोसूचीमा पारेको थियो। यो कपिराइट मुद्दामा एक जना भने नेपाली गायक भीम निरौला पनि थिए।

    विस्तारै उनलाई धेरै मुद्दा मामिला आउन थाल्यो। कतिबाट त धम्की पनि सहनुपर्थ्यो। यस्ता कुराबाट हैरान भएपछि भने उनले पर्मिसन लिएरै रोस्ट भिडियो बनाउन सुरु गरे।

    उनले रोस्ट गरेका दजनौं व्यक्ति तिनै भिडियोका कारण आज पनि चर्चित छन्।

    केही समयअघि उनले युट्युबमार्फत् टिकटक भर्सेस युट्युबको लडाइँ सुरु गरे। जसलाई शान्त बनाउन टिकटकले आफ्ना केही नियम कानुनसमेत परिवर्तन गर्नुपर्‍यो।

    एक टिकटक प्रयोगकर्ताको रोस्ट भिडियो त युट्युबले हटाइदियो नै। यसले क्रुद्ध बनेका उनले यलगार बोलको गीत गाए। जसले हालसम्म सबैभन्दा छोटो समयमा धेरै लाइक पाउने भिडियोको रुपमा रेकर्ड राख्न सफल भयो।

    उनी भारतमा व्यक्तिगत युट्युब एकाउन्टमा सबैभन्दा धेरै सब्स्क्राइबर हुने पहिलो व्यक्ति हुन्। इन्स्टाग्राममा पनि फलोअर्स धेरै हुनेको दोस्रो नम्बरमा उनी छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ
  • पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा
  • इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    News

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    News

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑