• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नागरिक एपमा विशेष आकर्षण, २४ घण्टामै कट्यो १ लाख १० हजार डाउनलोड

  • वीरगंज संजाल
  • ४ माघ २०७७, आईतवार १६:२४
  • ३००९

    वीरगञ्ज । सरकारले ल्याएको नागरिक एपप्रति प्रयोगकर्ताको विशेष आकर्षण देखिएको छ । सार्वजनिक भएको २४ घण्टामै एन्ड्रोइडमा एपको डाउनलोड संख्या एक लाख १० हजार नाघेको हो ।

    शुक्रबार दिउँसो सार्वजनिक भएको एपको डाउनलोड संख्या शनिबार बिहान मात्र १० हजार कटेको थियो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत रहेको एप डेभलपर टोलीले शनिबार बेलुका एपको डाउनलोड संख्या एक लाख १० हजार पुरा भएको जानकारी दिएको छ ।

    यससँगै २४ घण्टामै सबैभन्दा धेरै डाउनलोड हुने नेपाली एपहरुमा नागरिक एप पहिलो बनेको छ । टप फ्री एपमध्ये नेपालमा याे एप शीर्ष स्थानमा छ । डेभलपर टोलीका अनुसार एक लाख १० हजारले डाउनलोड गरेको भए पनि एपमा सफलतापुर्वक खाता खोल्नेको संख्या भने ३२ हजार मात्रै रहेको छ ।

    एप डाउनलोड गर्ने मध्ये ८८ हजार प्रयोगकर्ताले मोबाइलमा ओटीपी कोड भेरिफाई सफलतापूर्वक गराउन सकेका छन् । त्यसमध्ये ५६ हजार प्रयोगकर्ताको विवरण प्रमाणीकरण हुन बाँकी देखिएको छ ।

    नागरिकता, राहदानी वा मतदाता परिचयपत्रमा रहेको विवरण सम्बन्धित निकायको सिस्टममा रहेको विवरणसँग मेल नखाएको तथा अर्कैको नाममा रहेको सिमकार्ड प्रयोग गरेका कारण धेरैजसोको विवरण प्रमाणीकरण सफल नभएको बताइएको छ ।

    परीक्षणको क्रममा रहेको एपमा उक्त संख्यामा रजिस्टर हुनु आफैमा ठूलो विषय भएको बताइएको छ । सम्भव भएसम्मका सबै सरकारी सेवा एउटै एपमार्फत उपलब्ध गराउने उद्देश्यका साथ सरकारले नागरिक एप ल्याएको हो ।

    हाल यो एपमा स्थायी लेखा नम्बर (प्यान) लिन सकिने सुविधा मात्र उपलब्ध छ । अन्य सेवा क्रमशः थप गर्दै लैजाने योजना रहेको सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले उल्लेख गरिसकेका छन् ।

    एपमा खाता खोल्न प्रयोगकर्तासँग आफ्नै नाममा दर्ता भएको मोबाइल नम्बर अनिवार्य गरिएको छ । एपमा राखेको मोबाइल नम्बरमा प्राप्त हुने ओटीपी कोड राखेर प्रमाणीकरण गराइसकेपछि नागरिकता, राहदानी वा मतदाता परिचयपत्रको विवरण एपमा राख्नुपर्ने हुन्छ ।

    सम्बन्धित सरकारी निकायमा रहेको विवरण र प्रयोगकर्ताले राखेको विवरण जस्ताको त्यस्तै रुपमा मिलेको खण्डमा मात्र यो एपमा विवरण सफलतापूर्वक प्रमाणीकरण हुने गर्छ ।

    यस्तोमा यदि सरकारी निकायमा रहेको विवरण र प्रयोगकर्ताको परिचयपत्र (नागरिकता, राहदानी वा मतदाता परिचयपत्र) मा रहेको विवरण केही गरी फरक परेको खण्डमा प्रमाणीकरण सफल हुन सक्दैन ।

    अर्कोतर्फ विभिन्न सरकारी निकायका छुट्टा छुट्टै सिस्टममा रियल टाइम (तत्कालकै समयमा) सोझै पहुँच बनाएर यो एपले काम गर्दछ । यस्तोमा कसैगरी कुनै अर्को सरकारी निकायको सर्भर तथा सिस्टमले काम गर्न नसकेको खण्डमा समेत एपमा उपलब्ध सेवा प्रभावित हुन सक्ने बताइएको छ ।

    यो एपमा टु फ्याक्टर अथेन्टिकेसन समेत राखिएका कारण प्रयोग गर्न समेत सुरक्षित रहेको सरकारको भनाई छ । एप डाउनलोड गर्न एन्ड्रोइडका लागि यहाँ क्लिक गर्नुहोस् र आईओएसका लागि यहाँ क्लिक गर्नुहोस् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन
  • दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन
  • आज आइतबारको राशिफल
  • जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    News

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    News

    आज आइतबारको राशिफल

    News

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    News

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑