• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्सामा आफ्नै छोरीलाई आमा बुवाले जलाएर हत्या

  • वीरगंज संजाल
  • २७ पुष २०७७, सोमबार २३:५१
  • ६७२९

    वीरगञ्ज। पर्सामा आफ्नै छोरीलाई आमा बुवाले जलाएर हत्या गरेको घटना बाहिर आएको छ । सानो जातको केटासँग प्रेम गरेको भन्दै पर्साको बहुदरमाई नगरपालिकामा आमा बुवाले आफ्नै छोरीलाई आगोमा जलाएर मारेको बुझिएको छ ।बहदुरबामाई नगरपालिका वडा नम्बर ८ स्थ्ति रामनगरीमा आगलागीमा परेर मृत्यु भएको भनिएको युवतीलाई बुवाको सहमतीमा आमाले आगो लगाएर हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको हो ।

    प्रहरीका अनुसार गत कत्तिक २१ गते लक्ष्मीपूजाको दिन राति १० बजेतिर फुसको घरमा भएको आगलागीमा परि मनबोध साह तेलीकी १५ वर्षीया छोरी माना कुमारीको मृत्यु भएको थियो । सुरुमा मृत्युको कारण घरमा लागेको आगलागी देखिएपनि अहिले आएर प्रहरी अनुसन्धानमा आमा बुवाले छोरीलाई आफै जलाएर मारेको खुल्न आएको छ ।

    घटनापश्चात स्थानीय सञ्चारमाध्यम समेतले मानाको मृत्यु घरमा लागेको आगलागीका कारण भएको सूचना सम्प्रेषण गरेका थिए । तर अहिले सो घटना भवितव्य नभइ तल्लो जातको केटासँग लागेको भन्दै आमा बुवाले नै छोरीलाई घरभित्रै जलाएर हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।घटना भएको दिन मानाको परिवारका सदस्यले घरमा लागेको आगलागीका कारण उनको मृत्यु भएको प्रहरीलाई जानकारी दिएका थिए । मानाको आमा बुवा अनुसार उनि निदाएको कारण उनलाई बचाउँन सकिएको थिएन ।

    तर घटनास्थलमा अनुसन्धानका लागि पुगेका प्रहरी अधिकृतले शवको प्रकृति हेरेपछि शंका उत्पन्न भएको थियो । शंका लागेपछि प्रहरीले सुरु गरेको अनुसन्धानले घटनालाई नयाँ मोड दियो । प्रमाण र तथ्यलाई केलाउँदै जाँदा हत्या भएको पुष्टि भएको ईलाका प्रहरी कार्यालय पोखरियाका प्रमुख प्रहरी निरीक्षक दीपक थापाले बताए ।‘पहिला भित्र मानिस छ भनेर कसैले भनेन, आगो निभाउन मात्रै केन्द्रित भयौँ । पछि भित्र शव भेटियो भन्ने खबर आयो,’ उनले भने, ‘घटनास्थल पुगेर हेर्दा तल खाटमात्रै जलेको देखियो, खाँबाहरु हेर्दा माथिबाट आगो लागेको जस्तो देखिन्थ्यो । घटना शंकास्पद लागेपछि अनुसन्धान सुरु गर्‍यौं ।’

    छोरीसँगै सुत्ने गरेकी आमा लालमती देवी सकुशल थिइन् । छोरीको उद्धारका लागि कसैले प्रयास नगरेको बुझेपछि प्रहरीको आशंकामा बल पुग्यो । प्रहरीले अनुसन्धान गर्दै जाँदा तल्लो जातको केटासँग लागेको भनेर हत्या गरेको रहस्य खुल्यो ।मृतककी भाउजु २२ वर्षीया मनिषा देवीले नन्दलाई सासु लालमतीले आगोमा जलाई फुसको छानामा समेत आगो लगाएको कुरा एक महिनापछि प्रहरीलाई बताएकी थिइन् । लालमती देवीलाई पक्राउ गरी थप अनुसन्धान गर्दै जाँदा तल्लो जातको केटासँग लागेकाले श्रीमान मनबोधसँगको सल्लाहमै छोरीको हत्या गरेको स्वीकार गरिन् ।

    लालमतीका श्रीमान मनाबोध फरार छन् । उनको नाममा पर्सा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरिसकेको छ । लालमती देवीविरुद्ध पुष २२ गते पर्सा जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । उनी पुर्पक्षका लागि कारागारमा छिन् ।

    यसरी गरिन हत्या

    साँझ ६ बजे घरपरिवारका सबै सदस्यले लक्ष्मीपूजा गरेर खाना खाएर ८ बजेतिर सुत्न ओछ्यानतिर लागे । छोरी सुतिन् । आमा लालमती र बुवा मनबोधले भने छोरीले इज्जत गुमाएर समाजमा मुख देख्न नसक्ने अवस्था आउनसक्ने निष्कर्ष निकाले र आगो लगाएर मारिदिनुपर्छ भनेर सल्लाह गरे ।त्यसपछि आमा पनि छोरीसँगै सुत्न गइन् । छोरी निदाइसकेपछि कपडामा मट्टीतेल छर्किएर आगो लगाइदिइन् । घरमा आगो लागेकोजस्तो देखाउन फुसको छानामा समेत आगो झोसिन् । त्यसपछि आफूहरु बाहिर निस्किएर बाहिरबाट ढोका बन्द गरिदिएको लालमतीले प्रहरीसँगको बयानमा बताएकी छन् ।

    बुहारी मनिषादेवीले आगो निभाउन खोज्दा छोरालाई लिएर भागिहाल् भनेर गाली गरेको र नगिना साह आएर आगो निभाउन खोज्दा बाँसको भाटाले टाउकोमा हानेर आगो निभाउन नदिएको लालमतीले बताएकी छन् । पछि छिमेकीअरु जम्मा भएर आगो निभाएका थिए ।पहिला विष खुवाएर मारेको हो वा सीधै जलाएको हो भन्नेबारे प्रहरी अनुसन्धानले स्पष्ट पार्न सकेको छैन । पोष्टमार्टम गर्दा भिसेरा निकालेर परीक्षण गर्नुपर्नेमा चिकित्सकले त्यसो नगरेका कारण अनुसन्धान कमजोर बनेको प्रहरी स्रोतले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑