काठमाडौं । सोमबार पनि सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलाको ८ सय रुपैयाँले घटेर छापावाल सुनको भाउ तोलाको ९२ हजार २०० रुपैयाँ कायम गरेको छ ।
गत शुक्रबारको तुलनामा आइतबार एकैदिन तोलामा २ हजार ३०० रुपैयाँले घटेर ९३ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजाबी सुनको भाउ पनि तोलामा ८०० ले घटेर तोलाको ९१ हजार ७०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । हिजो तोलाको ९२ हजार ५०० कायम भएको थियो । यस्तै, चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले झरेर १२ सय ३० रुपैयाँमा आइपुगेको छ । हिजो १२ सय ७० मा कारोबार भएको थियो ।