• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    चिकित्सकको लापरवाहीले जनकपुर अञ्चल अस्पतालमा १ युवकको मृत्यु

  • वीरगंज संजाल
  • Aug 18, 2019, 5:21 pm
  • ४००५

    जनकपुरधाम : चिकित्सकको लापरवाहीका कारण जनकपुर अञ्चल अस्पतालमा एक युवकको ज्यान गएको छ।

    शनिबार सामान्य ज्वरो र पेट दुखेपछि उपचारका लागि आएका महोत्तरीको पिपरा गाउँपालिका बनौली बस्ने छविकान्तका २१ वर्षीय छोरा कुन्दन झाको चिकित्सकको लापरवाहीको कारण आइतबार मृत्यु भएको परिवारजनले आरोप लगाएका छन्।

    भर्ना भएको बेला आकस्मिक कक्षका चिकित्सकले समयमा चेकजाँच तथा उपचार नगरेको र पछि ड्युटीमा रहेका ल्याबका कर्मचारी र डा.आनन्दकुमार झाको लापरवाहीले कुन्दनको ज्यान गएको पीडित परिवारको भनाई छ।

    मृतक कुन्दनका भिनाजु आसुतोष झाका अनुसार आइतबार बिहान पौने ५ बजे डा.आनन्दकुमार झाले बिरामीको अवस्था सिकिस्त रहेकोले आईसीयुमा भर्ना गर्नुपर्ने भन्दै बाहिरको निजी अस्पतालमा लान सुझाव दिएका थिए। तर, आफूहरुले जनकपुर अञ्चल अस्पतालमै आईसीयु रहेको  र त्यसमै भर्ना गरिदिन आग्रह गर्दा यहाँ खाली नरहेको भनी भर्ना गर्न नमानेको उनीहरूले बताए।

    त्यसपछि बाहिर लान एम्बुलेन्सको खोजी गर्दागर्दै कुन्दनको ज्यान गएको थियो। जनकपुर अञ्चल अस्पतालमा आईसीयुको तीनवटा बेड खाली हुँदाहुँदै डाक्टरले कमीशनको चक्करमा त्यसमा भर्ना नगरेको र आईसीयुकै बहानामा उपचार राम्ररी नगरेकोले कुन्दनको मृत्युु हुन गएको परिवारको आरोप छ। उनले अस्पतालका चिकित्सक र ल्याबका कर्मचारीको चरम लापरवाहीले ज्यान गएको भन्दै घटनाको न्यायीक छानविनसहित दोषीमाथि कारवाहीको माग गरेको छ।

    घटनापश्चात अस्पतालको अवस्था तनावग्रस्त बनेको थियो। मृतकका आफन्तजनले दोषीमाथि कारवाहीको माग गर्दै नाराजुलुस समेत गरेका थिए। यता उपचारमा संलग्न चिकित्सक डा.आनन्दकुमार झाले सुरुमा बिरामीको अवस्था समान्य भए पनि ल्याबको रिपोर्ट ढिलो आएको कारण बिरामीलाई बचाउन नसकिएको बताए।

    उनले भने, ‘ज्वरो र पेट दुखाई भए पनि सुरुमा बिरामीको अवस्था समान्य थियो। तर, रगत र पिसाव परीक्षणको रिपोर्ट ल्याबले ४ घण्टा ढिलो दिएका कारण सुगरले बिरामीको अवस्था गम्भीर हुन गयो र समयमै आईसीयुमा भर्ना नगर्दा बिरामीको मृत्यु भयो।’

    यसैबीच अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.नागेन्द्र यादवले बाहिर आएको कुरा अनुसार उपचारमा संलग्न चिकित्सक र ल्याबका कर्मचारीमाथि छानविन गरी लापरवाही गरेको भए कारवाही गर्ने प्रतिबद्धता जनाएका छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • रक्सौलमा तीनदिने धर्म संसद सम्पन्न, हिन्दु राष्ट्र घोषणा र गौमातालाई ‘राष्ट्रमाता’को मान्यता दिन माग
  • यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
  • गणेश यादवका परिवारसँग आठबुँदे सहमति भयोः गृहमन्त्री गुरुङ
  • शिल्पा शेट्टीले गरिन् पशुपतिनाथको दर्शन (तस्बिरहरू)
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रक्सौलमा तीनदिने धर्म संसद सम्पन्न, हिन्दु राष्ट्र घोषणा र गौमातालाई ‘राष्ट्रमाता’को मान्यता दिन माग

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    गणेश यादवका परिवारसँग आठबुँदे सहमति भयोः गृहमन्त्री गुरुङ

    शिल्पा शेट्टीले गरिन् पशुपतिनाथको दर्शन (तस्बिरहरू)

    कुटपिट गर्ने युवक पक्राउ, भ्रामक हल्लाको पछि नलाग्न पर्सा प्रहरीको अपिल

    धनुषामा कर्फ्यू हट्यो, निषेधाज्ञा जारी

    विश्वव्यापी पत्रकारिता सहकार्यका लागि अन्तरमहादेशीय पत्रकार सञ्जाल र सार्क पत्रकार मञ्चबीच तीन वर्षे समझदारी

    अभिभावकहरूलाई मधेस सरकारको अपीलः अत्यावश्यक कामबाहेक आफ्ना छोराछोरीलाई घरबाहिर नपठाउनुहोस्

    नेपाल भारत सीमामा सादा पोशाकमा ‘बीआईटी’: तेस्रो देशका नागरिकहरूको सम्भावित घुसपैठ नियन्त्रण पनि उद्देश्य

    घटनाको भोलिपल्टै सुनसरीमा सरकार पुगेको भए यो तनाव अन्य जिल्लामा फैलिने थिएन: अध्यक्ष अन्सारी

    रक्सौलमा तीनदिने धर्म संसद सम्पन्न, हिन्दु राष्ट्र घोषणा र गौमातालाई ‘राष्ट्रमाता’को मान्यता दिन माग

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    गणेश यादवका परिवारसँग आठबुँदे सहमति भयोः गृहमन्त्री गुरुङ

    शिल्पा शेट्टीले गरिन् पशुपतिनाथको दर्शन (तस्बिरहरू)

    कुटपिट गर्ने युवक पक्राउ, भ्रामक हल्लाको पछि नलाग्न पर्सा प्रहरीको अपिल

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    रक्सौलमा तीनदिने धर्म संसद सम्पन्न, हिन्दु राष्ट्र घोषणा र गौमातालाई ‘राष्ट्रमाता’को मान्यता दिन माग

    News

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    News

    गणेश यादवका परिवारसँग आठबुँदे सहमति भयोः गृहमन्त्री गुरुङ

    News

    शिल्पा शेट्टीले गरिन् पशुपतिनाथको दर्शन (तस्बिरहरू)

    News

    कुटपिट गर्ने युवक पक्राउ, भ्रामक हल्लाको पछि नलाग्न पर्सा प्रहरीको अपिल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑