• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कोरोना खोपको परीक्षण नेपालमा गरेको ‘झूटो’ दाबी

  • वीरगंज संजाल
  • २३ पुष २०७७, बिहीबार ०७:३६
  • ४००१

    नयाँदिल्ली | भारतको खोप उत्पादक कम्पनी भारत बायोटेकले नेपालमा पनि कोरोना खोप ‘कोभ्याक्सिन’ क्लिनिकल ट्रायल चलिरहेको झूटो दाबी गरेको पाइएको छ ।कम्पनीका प्रबन्ध निर्देशक कृष्ण एम ऐल्लाले अघिल्लो सोमबार कम्पनीद्वारा उत्पादित कोभ्याक्सिनको तेस्रो चरणको क्लिनकल ट्रायल नेपाललगायत विभिन्न १२ मुलुकमा चलिरहेको दाबी गरेको थिए । तर, कम्पनीले नेपालमा कोरोना खोपका क्लिनिकल ट्रायलका लागि हालसम्म अनुमति नलिएको पाइएको छ ।

    नेपालको कानुनका अनुसार कुनै पनि खोपको परीक्षण गर्नुअघि अनिवार्य रूपमा पूर्वस्वीकृति लिनुपर्छ । अनुमति नलिएको हुँदा नेपालको स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार भारत बायोटेक मात्र नभएर अन्य कुनै पनि कम्पनीले क्लिनिकल परीक्षणका लागि अनुमति लिएका छैनन् । ‘नेपाल सरकारबाट कसैले पनि क्लिनिकल ट्रायलका लागि अनुमति लिएका छैनन्, अब अवैध रूपमा गरेको भए बेग्लै कुरा हो,’ मन्त्रालय स्रोतको भनाइ छ ।

    नयाँदिल्लीस्थित नेपाली राजदूतावासले पनि क्लिनिकल ट्रायलका अनुमति नलिएको प्रस्ट पारेको छ । भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले क्लिनिकल ट्रायलका सम्बन्धमा कुनै जानकारी नरहेको र त्यससम्बन्धी समाचारमा सत्यता नभएको बताए । ‘नेपाल सरकारको अनुमति बेगर क्लिनिकल ट्रायल गर्न पाइँदैन र अहिलेसम्म दूतावासमा कसैले त्यसका लागि अनुरोध पनि गरेको छैन । त्यसैले समाचारमा आएको कुरा सत्य होइन,’ राजदूत आचार्यले भने ।

    गत आइतबार मात्र भारत सरकारको बायोटेकद्वारा उत्पादित कोरोना खोप कोभ्याक्सिनलाई आपत्कालीन प्रयोगका लागि अनुमति पाएको थियो । उक्त खोपको विकास बायोटेक र भारतको स्वास्थ्य अनुसन्धान परिषद्को सहकार्यमा गरिएको हो । कोभ्याक्सिनसँगै अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनेकाले विकास गरेको एवं सेरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई) द्वारा उत्पादित कोभिसिल्डले पनि भारत सरकारको नियामक निकायबाट आपत्कालीन प्रयोगको अनुमति पाइसकेको छ ।

    यद्यपि दुवै खोपको प्रभावकारितालाई लिएर सुरुदेखि नै विवाद सुरु भएको थियो । विशेषगरी सरकारले यी खोपले अनुमति प्राप्त गर्नका लागि पेस गरेका क्लिनिकल ट्रायलको डाटा सार्वजनिक नगरेका कारण पनि आशंका प्रकट गरिएको छ । भारत सरकारले अनुमति दिएका दुवै खोपको क्लिनिकल ट्रायलसम्बन्धी तथ्यांकलाई सार्वजनिक गरेको छैन । तर, उसले आफ्नो निर्णयको बचाउ गर्दै दुवै खोप पूर्णरूपमा सुरक्षित रहेको दाबी गरेको छ ।

    सेरमद्वारा उत्पादित कोभिसिल्डको हकमा विदेशमा गरिएको क्लिनिकल ट्रायलको तथ्यांक पेस गरिएको थियो भने भारत बायोटेक र आईसीएमआरद्वारा विकसित कोभ्याक्सिन खोपको त अझै तेस्रो चरणको क्लिनिकल ट्रायल जारी रहेको र केही दिनपछि त्यसको तथ्यांक पेस गर्ने प्रतिबद्धता जनाएको थियो । त्यही प्रतिबद्धतालाई आधार बनाएर बायोटेकद्वारा उत्पादित कोभ्याक्सिनलाई आपत्कालीन प्रयोगको अनुमति दिइएको बुझिएको छ । यस कारण पनि कोभ्याक्सिन खोपको अनुमतिलाई लिएर सुरुदेखि नै बढी विवाद भएको हो । तर, कम्पनीले भने अनुमति पाएको भोलिपल्ट नै भर्चुअल पत्रकार सम्मेलन गर्दै त्यसको प्रतिवाद गरेको थियो ।

    कम्पनीका प्रबन्ध निर्देशक ऐल्लाले त्यही पत्रकार सम्मेलनमा आफ्नो कम्पनी खोप उत्पादनमा निकै अनुभवी भएको र खोपको प्रभावकारितालाई लिएर अनावश्यक रूपमा प्रश्न उठाइएको दाबी गर्दै नेपाललगायतका विभिन्न १२ मुलुकमा तेस्रो चरणको क्लिनिकल ट्रायल जारी रहेको खुलासा गरेका थिए । तर, भारतमै पनि खोपको प्रभावकारितालाई लिएर प्रश्न उठिरहेका बेला नेपालमा क्लिनिकल ट्रायल गरेको भन्ने कम्पनीको झूटो दाबीले उसको उत्पादनको विश्वसनीयतामाथि प्रश्न उठ्ने मात्र नभएर सबै खोपहरूका सम्बन्धमा आममानिसमा भ्रम सिर्जना हुने विशेषज्ञहरूको भनाइ छ । नेपालले भारतसँग औपचारिक रूपमै खोप उपलब्ध गराउन आग्रह गरिसकेको छ । भारत सरकारले पनि नेपाललगायत छिमेकी देशलाई भारतभित्र उत्पादित खोपमा प्राथमिकता दिने बताउँदै आएको छ ।

    संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदीले बायोटेकको यस किसिमको दाबीले थप शंका जगाउने मात्र नभएर खोपकै सम्बन्ध भ्रम पनि सिर्जना गर्ने बताए । ‘म पनि तेस्रो चरणको क्लिनिल ट्रायलको रिपोर्ट राम्रो आओस् भन्ने चाहन्छु तर, खोपप्रति विश्वसनियता जगाउनुपर्ने बेलामा नभएको कुरा दाबी गर्नु ठीक होइन,’ उनले भने ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम
  • भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    News

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    News

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑