• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कोरोना भाइरसका कारण यसवर्ष निर्यातमा १२ अर्ब घाटा, भटमासको तेलको निर्यात बढ्‍यो

  • वीरगंज संजाल
  • २१ पुष २०७७, मंगलवार ०७:०१
  • ३७४९

    वीरगंज | कोरोना भाइरसका कारण यसवर्ष १२ अर्ब रुपैयाँको निर्यातमा घाटा भएको छ। नेपाल निर्यात परिषद्ले सोमबार पत्रकार सम्मेलन गर्दै कोरोना भाइरसले स्वदेशी वस्तुहरुको उत्पादन बन्द भएपछि निकासी घटेको परिषद्का अध्ययक्ष हरि कार्कीले बताए।उनले भने, ‘निकासी हुने पस्मिना सल, हस्तकला लगायतका वस्तुहरु ठमेलमा प्रया बन्छन्। ठमेल पर्यटकीय स्थल पनि हो। जहाँ धेरै पर्यटकको जमघट हुने हो। तर कोरोनाका कारणले पर्यटन क्षेत्र नै ठप्प भएपछि निर्यात पनि रोकियो। यसले नेपाली स्वदेशीको वस्तुको निर्यात कम भयो।’

    उनका अनुसार चालु आर्थिक वर्ष २०७७-०७८ (साउन–कार्तिक) मा ४० अर्ब २० करोड ६४ हजार रुपैयाँको निकासी भएको छ भने ४ खर्ब २ अर्ब ४९ करोड १ लाख ७८ हजार रुपैयाँको आयात भएको छ।२०७५-०७६ मा ९७ अर्ब १० करोड ८८ लाख १३ हजार रुपैयाँ निकासी भएको र सोही वर्ष आयातफर्त १४ खर्ब १८ अर्ब ५५ करोड ९४ लाख ३१ हजार भएको परिषद्ले जनाएको छ।

    यस्तै कोरोनाका समयमा सुकमेल, अलैची लगायतका वस्तुहरु निर्यात भएको उनले बताए। उनले लकडाउनपछि न्यून रुपमा निर्यात बढे पनि निर्यातको अवस्था सन्तोषजनक नरहेको बताए। ‘लकडाउनपछि न्यून रुपमा निर्यात बढ्यो। त्यो कसरी बढ्यो भन्दा लकडाउनका समयमा आयात पनि रोकियो’ उनले भने, ‘मानिसहरु स्वदेशमा नै उत्पादनका सामानप्रति आर्कषित भए जसका कारणले केही निर्यात बढेको देखियो।’

    यस्तै उनले चर्को हवाई भाडा, दक्ष जनशक्तिको कमी, चर्को बैंकिङ ब्याजदर, नगद प्रोत्साहन गर्न प्रक्रियागत झन्झट, बजार प्रवद्र्धदमा कमी, विदेशबाट कच्चा पर्दाथ ल्याउनुपर्दा दुवानी खर्चले गर्दा लागत महंगो भएको, बजार विविधिकरणको कमी, कर प्रणालीमा असमानता, छिमेकी मुलुकभन्दा २५–३५ प्रतिशतसम्म नेपाली उत्पादन र कोभिडका कारण प्रभावित व्यवसायीहरुलाई सहुलियतको व्यवस्था नहुनाले निर्यात वृद्धिमा समस्या भएको बताए।

    निर्यातको अवस्था अझै सुधार भई नसकेका र अझै सुधार गर्न सरकारलाई त्यसतर्फ ध्यान दिन उनको आग्रह छ।

    सरकारले निर्यात बढाउनका लागि नगद प्रोत्साहन प्राप्त गर्न प्रक्रियागत झन्झटको अन्त्य गर्नुपर्ने, निर्यात योग्य वस्तुको भन्सार प्रणालीमा सहज गर्नका लागि अनलाईन प्रणालीको व्यवस्था गर्नुपर्ने, सहुलियत दरमा कर्जा प्रवाह गर्नुपर्ने, निर्यात एम्बुलेन्सको व्यवस्वस्था गर्नुपर्ने, नेपाली वस्तुहरुलाई छिमेकी मुलुकहरुसँग प्रतिस्पर्धी बनाउन निर्यात मुलक उद्योग व्यवसायको लागि कम्तिमा १० वर्षसम्म विभिन्न प्रकारका छुट सुविधा उपलब्ध गराउनु पर्ने, अन्तराष्ट्रिय मान्यता भएको ल्याबको व्यवस्था, र निर्यात कर्ताहरुलाई विनिमय दरमा कम्तिमा पनि १० रुपैयाँ बढाएर दिने लगायतका कार्य गर्नुपर्ने परिषद्ले जनाएको छ।

    नेपालले भटमासको तेल, यार्न, गलैंचा, अलैची, जुट तथा जुटका उत्पादन, तयारी पोशाक, चिया, फेल्ट, जुस, कपडा, पश्मिना शल, फलाम, चाऊचाऊ, जडिबुटी, मञ्जन, जुत्ता, सारतेल, खोटो, हातेकागज, अदुवा, हस्तकलाका सामान, तामाका उत्पादन, मसुरो, सुतिका झोला, चाँदीका गहना, छाला र पामतेल वस्तुहरु निर्यात गर्छ।

    पाँच महिनाको निर्यातको अवस्था कस्तो रह्यो ?
    गत आर्थिक ०७६-०७७ वर्षको पाँच महिनामा ३.०९ प्रतिशत निर्यात भएको भटमासको तेल चालु आर्थिक वर्षको सोही अवधिमा १०.४२ प्रतिशतले बढेर १३.५१ प्रतिशत निर्यात भएको परिषदको तथ्यांकमा उल्लेख छ।

    ०७६-०७७ को पाँच महिनामा १.८६ प्रतिशत निर्यात भएको अलैची चालु आर्थिक वर्षको सोही अवधिमा १.२१ प्रतिशत बढेर ३.०७ प्रतिशत निर्यात भएको छ।यस्तै सोही अवधिमा २.४२ प्रतिशत निर्यात भएको जुट तथा जुटका उत्पादन चालु आर्थिक वर्षको सोही अवधिमा ०.४ प्रतिशतले वृद्धि भएर २.८२ प्रतिशत निर्यात भएको छ।सोही अवधिमा १.४५ प्रतिशत चिया निर्यात गरेकामा चालु आर्थिक वर्षको साही अवधिमा १.११ प्रतिशतले वृद्धि भई २.५६ प्रतिशत निर्यात भएको परिषदले तथ्यांक सार्वजनिक गरको छ।

    यसैगरी सोही अवधिमा १.२ प्रतिशत निर्यात भएको फेल्ट चालु आर्थिक वर्षको सोही अवधिमा ०.७३ प्रतिशतले वृद्धि भई १.९६ प्रतिशत निर्यात भएको छ।पश्मिना सल चालु आर्थिक वर्षको साही अवधिमा ०.२ प्रतिशतले बढेर १.२६ प्रतिशत, चाऊचाऊ चालु आर्थिक वर्षमा ०.३२ प्रतिशत, जडिबुटी चालु आर्थिक वर्षको ०.६४ प्रतिशत, सार तेल ०.३८ प्रतिशत, हातेकागज ०.२७ प्रतिशत,अदुवा ०.२७ प्रतिशत निर्यात भएको छ।

    यस्तै चाँदीको गहना ०.११ प्रतिशत निर्यात भएको छ भने यार्न चालु आर्थिक वर्षको सोही अवधिमा ०.४३ प्रतिशतले घटेर ३.२ प्रतिशत निर्यात भएको छ।यस्तै गलैचा ३.११ प्रतिशत निर्यात घटेको छ भने तयारी पोशाक २.६७ प्रतिशत, जुस १.५१ प्रतिशत, कपडा १.२९ प्रतिशत, फलाम १.३४ प्रतिशत,मञ्जन ०.५ प्रतिशत,जुत्ता ०.४ प्रतिशत मात्रै निर्यात भएको छ।

    त्यस्तै सोही अवधिमा ०.३५ प्रतिशत निर्यात भएको खोटो चालु आर्थिक वर्षको सोही अवधिमा ०.०४ प्रतिशत घटेर ०.३१ प्रतिशत मात्रै निर्यात भएको छ भने हस्तकला सामान ०.३९ प्रतिशत, मसुरो ०.१९ प्रतिशत, छाला ०.०५ निर्यात भएको छ।यस्तै सोही अवधिमा ११.५२ प्रतिशत निर्यात भएको पामतेल चालु आर्थिक वर्षमा निर्यात नभएको परिषद्ले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम
  • भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    News

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    News

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑