• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कोभ्याक्सभन्दा अगाडि नै खोप खरिद गर्ने सरकारको तयारी, कुन खोप प्राथमिकतामा ?

  • वीरगंज संजाल
  • १४ पुष २०७७, मंगलवार ०७:१७
  • २५९७

    वीरगंज। सरकारले कोरोनाविरुद्धको खोप ल्याउनका लागि विभिन्न मुलुकहरुसँग समन्वय गरिरहेको छ ।नेपालमा खोप भित्र्याउन मुख्यतः चारवटा प्रक्रियाबाट काम अगाडि बढाइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

    विश्व स्वास्थ्य संगठनले प्रदान गर्ने भनिएको कोभ्याक्स्अन्तर्गतको खोपलाई पहिलो प्राथमिकतामा राखिएको छ । त्यस्तै, जीटूजी प्रक्रिया अर्थात् सम्बन्धित देशको सरकारसँग प्रत्यक्ष पहल, सरकारद्वारा निजी क्षेत्रसँगको पहल र निजी क्षेत्रलाई समेत खोप आयातका लागि बाटो खुला गरिएको छ ।

    तर, कोभ्याक्सभन्दा अगाडि नै नेपालको पूर्वाधार सुहाउँदो खोप विश्वबजारमा आए सरकार खरिद गर्न तयारी अवस्थामा रहेको खोप विभाग प्रमुख डा. झलक शर्मा गौतमको दाबी छ ।

    कुन देशको खोप प्राथमिकतामा ? 

    कुन देश वा कम्पनीले उत्पादन गरेको खोप ल्याउने भन्ने प्राथमिकता नेपालको आर्थिक र भण्डारण क्षमताका आधारमा निर्धारण गरिएको छ । नेपालमा हाल दुईदेखि आठ डिग्री सेल्सियस चिस्यान क्षमता भएको खोप भण्डारणकक्ष आठवटा छन् । माइनस १५ देखि माइनस २५ सम्म भण्डारण गर्नसक्ने कक्ष एउटामात्रै छ । यसर्थ, नेपालको पहिलो प्राथमिकतामा दुईदेखि आठ डिग्रीसम्मको खोप रहेको छ ।

    खोपको प्राविधिक पक्षका बारेमा मन्त्रालयको कोभिड भ्याक्सिन सल्लाहकार समितिले निर्णय गर्नेछ । समितिका विज्ञ सल्लाहकार डा. खेम कार्कीका अनुसार नेपालको पूर्वाधार सुहाउँदो र आर्थिकरुपमा सस्तो खोपलाई प्राथमिकतामा राखिएको छ ।

    अलिहेसम्मको अवस्थामा चीनको सिनोभ्याक बायोटेक लिमिटेड कम्पनीको सिनोभ्याक, भारतको शेरम इन्सिटच्युट अफ इन्डियाको अक्सफोर्ड युनिअष्ट्रजेनिका, रसियाको स्पुतानिक भी र अमेरिकाको मोर्डना बायोटेकको एमआरएनए खोपहरु नेपालको प्राथमिकतामा छन् ।

    माथि उल्लेखित तीनवटै खोपहरु सबै नेपालको पूर्वाधारमैत्री छन् । यी खोपहरु रेगुलर फ्रिज टेम्प्रेचर अर्थात् दुईदेखि माइनस २० डिग्री सेल्सियसम्म भण्डारण गर्न सकिन्छ । सबै खोपको मात्रा दुई भाइल रहेको छ । यीमध्ये कुनै पनि खोप नेपालमा आए चार–चार हप्ताको फरकमा दुई चरणमा लगाउनुपर्ने हुन्छ ।

    चीनले उत्पादन गरेको सिनोभ्याक खोप विश्वबजारमा वितरण गर्ने उद्देश्यले उत्पादन गरिएकाले यसको भण्डारण क्षमता नेपालसँग समेत मिल्दोजुल्दो छ । जुन अहिले परीक्षणको अन्तिम चरणमा रहेको छ ।

    त्यस्तै, भारत र अष्ट्रेलियाको संयुक्त प्रयासमा उत्पादन गरिएको अक्सफोर्ड अष्ट्रजेनिका पनि विश्वबजारलाई नै लक्षित गरेर विकास गरिएको खोप हो । जसको बजार मूल्य चार डलर तोकिएको छ । स्पुतानिक भी भने ड्राइ फर्ममा उपलब्ध हुनेछ । यो कोरोनाविरुद्धको खोपमा विश्मै पहिलो नम्बरमा दर्ता भएको खोप पनि हो । जसको बजार मूल्य १० डलर तोकिएको छ । मोर्डनाको एमआरएनए खोपको भण्डारणका लागि भने माइनस २० डिग्री सेल्सियस चिस्यान क्षमताको भण्डारणकक्ष चाहिन्छ । यसको बजार मूल्यसमेत अरु तीनवटाको तुलनामा महँगो छ । विश्वबजारमा यो खोपको मूल्य ३३ डलर राखिएको उत्पादक कम्पनी मोर्डना बायोटेक, अमेरिकाको वेबसाइटमा उल्लेख छ ।

    नेपालले भौगोलिक सहजताका हिसाबले समेत भारत र चीनमा उत्पादित खोप ल्याउनका लागि पहल गरिरहेको डा. कार्कीको भनाइ छ । उनका अनुसार भारत सरकारलाई जीटूजी प्रक्रियामार्फत् सुलभ मूल्यमा खोप ल्याउन सहकार्यका लागि पठाएको कूटनीतिक पत्रलाई भारतले सकारात्मकरुपमा लिएको छ । यद्यपि, भारत सरकारको आधिकारिक स्वीकृति भने अहिलेसम्म आएको छैन ।

    निजी कम्पनीलाई समेत खोप ल्याउने बाटो खुला गरिँदै 

    खोप ल्याउनका लागि नेपालले निजी औषधि आयात कम्पनीहरुलाई समेत बाटो खुला गर्ने भएको छ । नेपाल औषधि उत्पादक संघका महासचिव विप्लव अधिकारीका अनुसार मन्त्रालयले निजी कम्पनीसँग आयातका लागि निरन्तर छलफल अघि बढाइरहेको छ ।

    खोप आयातका लागि योग्यता पुगेका कम्पनीलाई औषधि व्यवस्था विभागमा आपत्कालीन आयात अनुमतिका लागि सूचीकृत हुन छिट्टै आह्वान गरिने मन्त्रालय स्रोतले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर
  • ५० लाख बराबरको चिनी खाल्डोमा पुरियो
  • सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी
  • अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    ५० लाख बराबरको चिनी खाल्डोमा पुरियो

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पारित

    चालीस लाखभन्दा बढीको चिनी नष्ट

    वीरगन्जबाट हुण्डीको २८ लाख रकमसहित तीन जना पक्राउ

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    ५० लाख बराबरको चिनी खाल्डोमा पुरियो

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    News

    ५० लाख बराबरको चिनी खाल्डोमा पुरियो

    News

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    News

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    News

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑