एही मिति २०७६।०६।०८ गते भंसार छली गैरकानुनी तवरले विभिन्न सामानहरु भारतबाट खरिद गरी नेपालतर्फ तथा नेपालबाट भारततर्फ ओसार पसार कार्य नियन्त्रण गर्न पर्साबाट
खटिएको प्रहरी गस्ती टोलीले खटिएका गस्ती गर्दै जाने क्रममा जिल्ला पर्सा वीरगंज महानगरपालिका वडा नं.३ छप्कैयाबाट लत्ताकपडा, खाधान्न, ईलेक्ट्रोनिक सर-सामान अ.रु.५,३९,५१५ मुल्य बरावरको सर-सामान नियन्त्रणमा लिई छ ! भनि जिल्ला प्रहरी कार्यालय, पर्साबाट जनाईऐको छ |
यसरि नै
मिति २०७६।०६।१० गते भंसार छली गैरकानुनी तवरले विभिन्न सामानहरु भारतबाट खरिद गरी नेपालतर्फ तथा नेपालबाट भारततर्फ ओसार पसार कार्य नियन्त्रण गर्न यस कार्यालय खटिएका प्रहरी गस्ती टोलीले गस्ती गर्दै जाने क्रममा जिल्ला पर्सा वीरगंज
महानगरपालिका वडा नं.८ माईस्थान पछाडीबाट धाराको टुटी ५० काटुन, फिल्टर २३ थान, चपरा ३ बोरा १ पोका, मरिच १७ किलो, सुर्ती २५ किलो र केराउ ५० किलो गरी अ.मुल्य रु.५,१५,०००।–बराबरको सर-सामान नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय पर्साबाट जनाईऐको छ !