वीरगञ्ज । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपती विद्यादेवी भण्डारीले गरेको संसद् विघटनको विरोधमा पर्सा जिल्लाको सदरमुकाम वीरगञ्जमा पनि प्रदर्शन भएको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्साका नेता तथा कार्यकर्ताहरुले वीरगञ्जको घण्टाघर चोकमा प्रधामन्त्री ओली र राष्ट्रिपती भण्डारी विरुद्ध नाराबाजी लगाउँदै प्रदर्शन गरेका हुन् । नेताहरुले संसद विघटनको निर्णय तत्काल फिर्ता गर्न माग गरेका थिए ।
प्रदर्शनको क्रममा प्रदर्शनकारीहरुले टायर बाल्न खोज्दा प्रहरीले हस्क्षेप गरेपछि केही बेर सामान्य झडप भई तनाव सृजना समेत भएको थियो । झडपको क्रममा नेकपा पर्साका नेता मनोज चौधरीलाई प्रहरीले केहि बेर हिरासतमा समेत राखेको थियो ।
बिरोध प्रदर्शनमा नेकपाका केन्द्रिय सदस्य दिनेश राई, प्रदेश सदस्य छोटेलाल यादव, बालगोपाल थापा, पर्सा जिल्ला सचिव बिजय महतो, युवा नेता मनोज चौधरी, अरुण यादव लगायतको सहभागिता रहेको थियो ।