वीरगंज | ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा पुनः सञ्चालन आएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणका कारण विसं २०७६ चैतदेखि नेपाल सरकारले गरेको बन्दाबन्दीसँगै स्थगित भएको सेवा आजदेखि पुनः सञ्चालनमा आएको हो ।
विसं २०७३ असारदेखि मिर्गौला प्रत्यारोपण सेवा शुरु गरेको ग्राण्डीले हालसम्म ५६ जनाको सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरिसकेको अस्पतालका प्रशासक हरि खड्काले बताए। ग्राण्डीले अस्पतालभित्र हुने शल्यक्रियालाई आवश्यक पर्ने रगतका लागि आफ्नै ‘रक्तसञ्चार केन्द्र’ समेत स्थापना गरेर सेवा प्रदान गर्दै आइरहेको छ ।